Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कोरोनाबाट बीपी प्रतिष्ठानमा थप १ जनाको मृत्यु

कोरोनाबाट बीपी प्रतिष्ठानमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ५  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको गडी–४ की ५५ वर्षीया महिलाको गतराति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो । मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।...
ब्राजिलद्धारा कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने निर्णय

ब्राजिलद्धारा कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने निर्णय

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ५ ब्राजिलले कोरोनाविरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको जनाईएको छ । ब्राजिलमा सन् २०२१ को जनवरीसम्ममा खोप कार्यक्रम सुरु हुनेछ । ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुकमध्येको एक हो । अहिलेसम्म ब्राजिलमा ५३ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । साथै मृत्यु हुनेको संख्या पनि एक लाख ५५ हजारको आसपास पुगेको छ । ब्राजिलको स्वास्थ्य नियामकले स्वीकृति दिएको खण्डमा यो ब्राजिलको कोरोनाविरुद्धको खोप अभियानमा प्रयोग हुने दुईमध्ये एक खोप बन्नेछ । ब्राजिलले बेलाय...
वाग्मती र गण्डकी प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

वाग्मती र गण्डकी प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

समाचार
पूर्णपुष्टि, कात्तिक ५ वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने भएको छ । गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको जनाएको छ । अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै बेहोर्दै आएको र यो सेवा निरन्तर रहने जनाईएको छ । त्यस्तै वाग्मती प्रदेश सरकारको माततमा रहेका सवै अस्पतालमा कोभिड १९ को निःशुल्क  उपचार भईरहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको जनाई...
स्थानीय तहमा कर्मचारी अभाव

स्थानीय तहमा कर्मचारी अभाव

समाचार
पूर्णपुष्टि, कात्तिक ५ स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको हो । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा सङ्घ र प्रदेश सरकारको वित्तीय हस्तान्तरणसँगै, विभिन्न मन्त्रालयका बजेट आफ्नै स्रोत र विकास साझेदारी निकायको संस्थाको समेत गरी एक अर्ब रुपियाँभन्दा बढी बजेट स्थानीय तहमा पुगेको छ । दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा नियमित सेवा प्रवाह र विकास निर्माणको काम ठप्प भएका छन् । कुल ४ सय ६० गाउँपालिकामध्ये अहिले २५ प्रतिशत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकत विहीन भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाइँ सङ्घीय कार्याल...
बिआरआईबारे चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलबीच छलफल

बिआरआईबारे चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलबीच छलफल

समाचार
पूर्णपुष्टि, कात्तिक ५ चीनको बेल्ट एण्ड रोड (बिआरआई) को बारेमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार नेपालका राजनीतिक दलहरुसँग भर्जुअल अन्तरक्रिया गरेको छ । सहभागी नेताहरुले नेपाल बिआरआईप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको र दुई देशको सम्बन्धलाई अझ कसिलो बनाउनुपर्ने बताएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको पहिलो बेल्ट एण्ड रोडसम्बन्धी राजनीतिक दलहरुको सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलले सम्बोधन गरेका थिए । कार्यक्रममा शुभकामना सन्देश पठाउँनु हुदै राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माण लगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्या...
नेपालमा थप ३०९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३०९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ४  नेपालमा आज थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक लाख ३९ हजार एक सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय आठ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ । अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेप्से १३.२२ अङ्कले बढ्यो

नेप्से १३.२२ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ४ शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक आज १३.२२ अङ्कले बढेको छ । परिसूचक बढेर १५ सय ८१.६० अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । कारोबार हुने सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूहको उपसूचक ७८.१२ अङ्कले बढेको छ । 'क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६५ अङ्कले बढेको छ । बजार सुधार भएको दिन मङ्गलबार एक अर्ब २७ करोड १८ लाख रुपैयाँ बराबरका ५० लाख २४ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै नौ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । मङ्गलबार जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै दुई प्रतिशत गुमाएका छन् ।...
खोलामा डेबर बालकको मृत्यु

खोलामा डेबर बालकको मृत्यु

समाचार
उदयपुर, कात्तिक ४ उदयपुर चौदण्डिगढीको देबधारमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । चौनापा– १० निबासी ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु  भएको हो । हिजो दिउँसो ४ बजे स्थानीय देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे  ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
मोरङ, कात्तिक ४ मोरङको बिराटनगर–१६ को दरैया एरियाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । विराटनगर रानी–१५ का ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई लागुऔषधसहित पक्राउ परेका हुन् । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (आरआईटी) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ ६२ बोतल डाईलेक्स डिसी, १ सय ८७ ट्याब्लेट नाईट्रोजन र २ सय ३८ ट्याब्लेट एसपी प्रोक्सिभनसहित आज विहान सवा ४ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
श्रम अदालत गठन हुने

श्रम अदालत गठन हुने

समाचार
पूर्णपुष्टि, कात्तिक ४ सरकारले श्रम सम्बन्धी मुद्दा हेर्ने श्रम अदालत गठन गर्ने निर्णय गरेको छ । गत असोज २९ गते बसेको मन्त्रीपरिषद बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्र तोक्ने र काठमाण्डौ मुकाम रहने गरी श्रम अदालत गठन गर्ने निर्णय गरेको हो । श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओलीलाई तथा सदस्यमा प्रेमकुमार राई र निशा बानियाँलाई तोकिएको छ ।...