Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

आज राति मृगशिरा उल्का वर्षा हुने

आज राति मृगशिरा उल्का वर्षा हुने

समाचार
पूर्णपुष्टि, कात्तिक ४ हेलीको पुच्छ्रेताराले हुने मृगशिरा उल्कावर्षाको गतिविधि आजराति अत्यधिक देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । यो पुच्छ्रेताराको कारणले वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणले प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारिएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको नासाले जनाएको छ । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ । उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार राति १०ः४५ देखि नै सुरु भइ भोली विहान बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक ...
यो वर्षको टीका साइत बिहान १०ः१९ मा

यो वर्षको टीका साइत बिहान १०ः१९ मा

समाचार
पूर्णपुष्टि, कात्तिक ४ यस वर्षको विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १०ः१९ बजे जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ । यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शास्त्रमा ‘वैदित्रो पुत्र नासस्य, चित्राया धन नाशनम्’ भनिएकाले यस दोष निवारणको लागि देवी विसर्जनको ८ मिनेटमा नै टीकाको साइत जुराइएको समितिले जनाएको छ । अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो । विजयादशमीको दिन तुलजा भवानीको यात्रा बि...
कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक ४ कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–१० का ६७ वर्षीय पुरुषको मृत्यु भएको कलेजले जनाएको छ । निमोनियाका कारण असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको कलेजले जनाएको छ । आजै चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका–७ का कोरोना संक्रमित ५० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।...
कात्तिक १५ सम्म कटारी नगरपालिकाको कामकाज बन्द

कात्तिक १५ सम्म कटारी नगरपालिकाको कामकाज बन्द

समाचार
पूर्णपुष्टि, कात्तिक ४ कटारी नगरपालिका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहति चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज बन्द गरिएको छ । नगरका उप–मेयर भिमकुमारी राउतले एक प्रेस विज्ञप्ती जारी गर्दै कात्तिक १५ गतेसम्मका लागि नगरपालिकाको कामकाज स्थगन गरिएको जनाएको छ । महामारीको समयमा पनि जनतालाइई सेवा सुविधाबाट बन्चित गर्नु हुँदैन भन्ने मान्यता राख्दै सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएकोले दशैं, तिहार तथा छट पर्व जहाँ हुनुहुन्छ त्यही बसेर मनाउन नगरबासीमा अनुरोध गरेको छ ।...
मेयरसहति ४ जनामा कोरोना संक्रमण पुष्टि

मेयरसहति ४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ४ उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रशासन कार्यालय कटारीका प्रमुखसहति ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यहि कार्तिक २ गते स्वाब संकलन गरेर परिक्षणको लागी विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएकामध्ये ४४, ५२, ४१ र ५० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मयेरलाई कुनै लक्षण नदेखिएको छैन । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बसिदिन हुन अनुरोध गरेको छ । योसँगै जिल्लामा संक्रमितको सख्ंया २ सय ४ पुगेको छ ।...
लिम्चुङ्बुङमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

लिम्चुङ्बुङमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

खेलकुद, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, कात्तिक ४ उदयपुरको विकट पहाडी गाउँपालिका लिम्चुङ्बुङमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । लिम्चुङ्बुङ स्पोर्टस क्लवको आयोजना र एसवीआई बैंक बाराहा शाखाको प्रायोजनमा भएको प्रतियोगीतामा द ब्याच्लरले उपाधी  हात पारेको हो । द ब्याच्लरका विनय श्रेष्ठ र अनिल राईको जोडिले प्रतियोगीताको उपाधी चुमेका थिए भने थारु ब्रोदरका सरद चौधरी र दिलीप चौधरीले दोस्रो स्थान हाँसिल गरेको आयोजकले जनाएको छ । प्रतियोगीताको प्रथम र द्धितियलाई ¥याकेट प्रदान गरीएको थियो । गाउँपालिकाको केन्द्र बाराहामा यही कात्तिक २ गतेदेखि सुरु भएको ब्याडमिन्टन प्रतियोगीता आज सम्पन्न भएको हो । प्रतियोगीतामा पालिका भित्रका कर्मचारी र शिक्षक गरी ७ टिमले सहभागिता जनाएको लिम्चुङ्बुङ गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले बताउनुभयो । पालिकाले ब्याडमिन्टन कोटको स्तरउन्नती गरेर ब्याडमिन्टन खेलको सुरुवात ...
एकै पटक ६४९ अस्पताल शिलान्यास हुने

एकै पटक ६४९ अस्पताल शिलान्यास हुने

समाचार
पूर्णपुष्टि, कात्तिक ४ देशभरिका ६ सय ४९ वटा पालिकामा एकै पटक अस्पताल शिलान्यास हुने भएको छ । आगामी मंसिर १५ गते एकै पटक अस्पतालको शिलान्यास हुन लागेको हो । आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । अस्पताल निर्माणका लागि उक्त पालिकामा बजेट उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ । ७ सय ५३ मध्ये बाँकी १ सय ४ वटा पालिकामा यसअघि नै आधारभूत अस्पतालको संरचना रहेको छ । अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै पालिकामा उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ । गत भदौमा नै सबै पालिकामा आधारभूत अस्पताल गर्न आवश्यक स्रोत साधन र बजेट परिचालनको तयारी गरिएको थियो । तर आवश्यक डाक्टर र स्वास्थ्य...
विश्वमा कोरोनाबाट निको हुनेको संख्या ३ करोड नाघ्यो

विश्वमा कोरोनाबाट निको हुनेको संख्या ३ करोड नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ४  विश्वमा कोरोना सङ्क्रमण पुष्टि भई निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएको छ भने ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका छन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये १ प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने मृत्यु भएको छ । त्यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको मृत्यु भएको छ ।...
यसै शैक्षिक शत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

यसै शैक्षिक शत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक ३ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयमा कक्षा ११ को नयाँ पाठ्यक्रम लागु गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाएको हो । नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न पालिकालाई आग्रह गरेको छ । नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ ।...
राती ८ बजेदेखि विहान ५ बजेसम्म हिड्डुलमा कडाई, पाँचवटा ट्रक मुख्यचाैकमा रातभर राेकिए

राती ८ बजेदेखि विहान ५ बजेसम्म हिड्डुलमा कडाई, पाँचवटा ट्रक मुख्यचाैकमा रातभर राेकिए

समाचार
पूर्णपुष्टि, कार्तिक ४ । स्थानीय प्रशासनले राती ८ : ०० देखि विहान ५ : ०० बजेसम्म हिड्डुलमा कडिकडाइ गरेको छ । सूचना नै जारी गर्दै प्रशासनले कडिकडाइ सुरु गरेको हो । गएरातीमात्र गाईघाटको मुख्यचौकमा पाँचवटा मालवाहक ट्रक लगायत केही सवारी साधन तथा मानिसहरुलाई हिड्डुलमा प्रहरीले रोकेको थियो । ती पाँचवटा ट्रक खसीबाख्रा बोकेर काठमाडौं हिडेको थियो । गाईघाटदेखि हिडेको ती ट्रकहरुलाई राती करिब १० ः ३० बजेको समयमा प्रहरीले रोकेको थियो । राती रोकेकोमा रातभर चौकमै रोकेर विहान ५ ः ०० बजेमात्र छाडिएको प्रहरीले जनाएको छ । प्रशासनले चाँडबाँडको मुखमा कोरोनाको संक्रमण बढ्दै गएको र जोखिम उच्च रहेकाले रातीको समयमा हिड्डुल बन्द गराएको हो । अवको समय हुस्सु आउने भएकाले पनि सवारी दुर्घटना न्यूनिकरणका लागि पनि रात्री सवारी आवागमन तथा हिड्डुल बन्द गरेको हो । रातीको समयमा हिड्डुल बन्द गरिदा चोरी चकारीमा पनि कमी...