प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईलाई हार्दिकताका साथ उदयपुरबाट विदाइ
पूर्णपुष्टि, कात्तिक ३ ।
उदयपुरको रौतामाई गाउँपालिकाबाट सरुवा हुनु भएको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईलाई एक समारोहकाबीच आइतबार गाउँपालिकाले विदाई गरेको छ । पालिकामा एक कुशल प्रशासक र कर्मचारी नेतृत्व बन्न सफल भएको भन्दै पालिकाले सम्मानसहित उहाँलाई विदाइ गरेको हो ।
संघीय सांसद सुरेशकुमार राई, प्रदेश सांसद नारायण बुर्जा मगरसमेतको उपस्थितिमा उहाँको विदाइ गरिएको थियो । पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले मायाको चिनो, कदरपत्र र खादा लगाई उहाँलाई विदाइ तथा सम्मान गर्नुभयो ।
संघीय सांसद राई र प्रदेश सांसद बुर्जा मगरले उहाँको कामको प्रशंसा गर्नुभयो । पालिका अध्यक्ष खड्काले उहाँको कामको उच्च मूल्यांकन गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राईले कर्मचारी र जनप्रतिनिधिको मात्र मन नजितेर सिंगो पालिकाबासी नागरिकहरुको मन जित्नु भएको अध्यक्ष खड्काले चर्...









