रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो
पूर्णपुष्टि, असोज १५
आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि सुनको लेपन भएको गजुर राखिएको हो ।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।
१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरि पुरानै शैलिमा पुनर्निर्माण गरिएको छ । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।
मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । मन्दिरको गजुर १ सय २३.७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर ...








