Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

आधा केजी सुनसहित २ जना पक्राउ

आधा केजी सुनसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १६ भारत लैजादै गरको आधा केजी सुनसहित कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता पक्राउ परेका हुन् । लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई गतराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, असोज १५ झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर–६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको हो । हिजो दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएको थियो । वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
भारतमा कोरोना संक्रमणबाट एक लाखको मृत्यु

भारतमा कोरोना संक्रमणबाट एक लाखको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १६ भारतमा कोरोना सङ्क्रमणबाट करिब एक लाख मृत्यु भएको छ । अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना संक्रण पुष्टि हुदा ९९ हजार ८ सय ४ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । भारतमा गत २४ घण्टामा एक हजार ९६ जनाको मृत्यु भएको छ । त्यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार उपचारपछि निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका छन् भने १० लाख २३ हजारको मृत्यु भएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको मृत्यु भएको छ ।...
गाईघाटको १ पाउरोटी उद्योग शिल

गाईघाटको १ पाउरोटी उद्योग शिल

समाचार
पूर्णपुष्टि, असोज १५  उदयपुरको गाईघाटमा संचालन भएको एक पाउरोटी उद्योग र कोक डिलर शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटको संयुक्त अनुगमन टोलीले अवैध रुपमा संचालन गरेको गाईघाटको पिजि चोकमा संचालन गरेको रुक्सना पाउरोटी उद्योग र कोक डिलरलाई शिल गरेको हो । अनुगमनको क्रममा उद्योग र डिलरले अनुमति पत्र नलिएको, सरसफाई नगरिएको र लेबल पनि नलिएकाले तत्कालको लागी बन्द गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटका निमित्त प्रमुख रमेश दाहालले बताउनुभयो ।...
नेप्से २०.६१ अङ्कले बढ्यो

नेप्से २०.६१ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १५  आज नेप्से परिसूचक २०.६१ अङ्कले बढेको छ । परिसूचक बढेर १५ सय ७१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेको छ । निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै ३ सय ३२.४१ अङ्कले र जीवन बीमा समूहको उपसूचक १ सय ५७.३३ अङ्कले बढेको छ । दुई अर्ब ८० करोड रुपैयाँ बराबरका झण्डै एक करोड कित्ता शेयर किनबेच भएको छ । बैंक अफ काठमाण्डौ लिमिटेडको सबैभन्दा धेरै १४ करोड ७६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । माउण्टेन हाइड्रो नेपाल लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै १० प्रतिशत गुमाएका छन् ।...
नेपालमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १५ नेपालमा आज थप एक हजार नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७९ हजार सात सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार चार सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ११ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा नौ सय ६१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार तीन सय ८९ पुगेको छ । अब नेपालमा २१ हजार आठ सय ३० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार ७७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय नौ पुगेको मन्त्रालयले जनाएको छ ।...
जनमोर्चाका जिल्ला अध्यक्षसहित दर्जनबढी नेकपामा प्रवेश

जनमोर्चाका जिल्ला अध्यक्षसहित दर्जनबढी नेकपामा प्रवेश

समाचार
पूर्णपुष्टि, असोज १५ राष्ट्रिय जनमोर्चा उदयपुरका जिल्ला अध्यक्ष गंगध्वज कार्कीसहित एक जर्दन भन्दा बढी नेकपामा प्रवेश गरेको छ । त्रियुगा नगरपालिका–६ लालपत्तामा एक कार्यक्रमका साथ राष्ट्रि जनमोर्चाका जिल्ला अध्यक्ष र कांग्रेसका केही कार्यकर्तासहित एक दर्जन भन्दाबढी कार्यकर्ताहरुले पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन् । नेकपा १ नम्बर प्रदेश सचीव तथा संघीय सासंद सुरेसकुमार राई (हिमाल)ले टीका र खादा लगायर प्रवेश गराउनुभएको थियो । नेकपाका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज एवम् बलदेव चौधरी, नेकपा उदयपुर जिल्ला सचीव ईश्वर मणि राउत, प्रदेश सदस्य निरज पौडेल, जिल्ला कमिटी सदस्य किरण राई लगायतका प्रभावशाली नेताहरुको उपस्थिति रहेको थियो । नेकपा प्रदेश सचीव राईले सुभकामना दिनु हुदै कुशल कम्युनिस्ट नेता तथा कार्यकर्ता उत्पादन गर्ने पार्टी रहेको र विभिन्न कालखण्डमा नेता नार...
वैशाखयता प्राकृतिक विपदबाट ४०२ जनाको मृत्यु

वैशाखयता प्राकृतिक विपदबाट ४०२ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज १५ गत वैशाख महिनायता बाढी, पहिरोलगायतका प्राकृतिक विपदबाट चार सय दुई जनाको मृत्यु भएको छ । बैशाख १ गतेदेखि असोज १४ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट चार सय दुई जनाको मृत्यु भएको छ भने चार सय ३९ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै एक सय एक जना हराइरहेका छन् । पहिरोमा परेर दुई सय २५ जनाको मृत्यु भएको छ  भने ६४ जना हराइरहेका छन् । त्यस्तै बाढीमा परेर ४२ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता छन् । त्यस्तै यो अवधिमा चट्याङ लागेर ६५ जनाको मृत्यु भएको छ । मनसुन सुरु भए यता मात्रै प्राकृतिक विपदमा परेर तीन सय ६७ जनाको मृत्यु भएको छ भने तीन सय १७ जना घाइते भएका छन् । त्यस्तै एक सय जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।...
रुपन्देहीमा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

रुपन्देहीमा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १५  रुपन्देहीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । ६५ वर्षीय पुरुष युनिभर्सल मेडिकल कलेज भैरहवाका अस्पतालमा सोमबार  भर्ना भए थिए । उनको मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनमा निमोनियाको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।...
प्रहरीको बर्दीमा नक्कली असईको परीक्षा गराउने पक्राउ

प्रहरीको बर्दीमा नक्कली असईको परीक्षा गराउने पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १५ प्रहरीको नक्कली लोक सेवा परीक्षा सञ्चालन गर्ने बाराका अजयकुमार राय पक्राउ परेको छ । जितपुर सिमरा उप–महानगरपालिका– ७ चौधरी टोलका २९ वर्षीय राय प्रहरी निरीक्षकको पोसाकमै पक्राउ परेको हो । रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको प्रहरीले जनाएको छ । हिजो वीरगञ्ज–१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भइरहेका बेला रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । रायसहित बाराको जितपुर सिमरा उप–महानगरपालिका–५ का हिरालाल महतो, वसन्त चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५...