नेकपाले भोली सचिवालय बैठक बोलायो
पूर्णपुष्टि, असोज १६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबारका लागि बोलाइएको छ ।
शुक्रबार प्रधानमन्त्रि तथा पार्टीी अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफलमा शनिबार दिउँसो ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भइरहँदा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरि मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।
यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तिसम्ब...









