Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

समाचार
पूर्णपुष्टि, असोज १६  बाजुराको हिमाली गाउँपालिका–५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु ५ वर्षीया आरती, ४ वर्षीया सन्तोषी र १ वर्षीया छोरी किस्मती तथा २ वर्षीय छोरा सम्मान नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । खोलामा नुहाउन गएका बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
यती एअरलाइन्सले १ दशकपछि सिमरा उडान भर्दै

यती एअरलाइन्सले १ दशकपछि सिमरा उडान भर्दै

समाचार
पूर्णपुष्टि, असोज १६ निजी लगानीको यती एअरलाइन्सले एक दशकपछि सिमरा उडान भर्ने भएको छ । आफ्नो २२ औँ वार्षिक उत्सवमा घोषणा गरे अनुसार यतीले १२ वर्षपछि आगामी २१ गते बुधबारदेखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । कोरोना सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागिएको एअरलाइन्सले जनाएको छ । सिमरा उडान भर्ने विषयमा सम्बन्धित निकायसँग स्वीकृत लिइ असोज २१ देखि दैनिक २ उडानमार्फत सेवा विस्तार गर्ने जनाईएको छ । यतीले सिमरामा जेटस्ट्रिम–४१ विमानमार्फत हरेक दिन बिहान ९ बजे र दिउँसो ४ः४५ मिनेटमा काठमाण्डौदेखि उडान भर्दैछ । तत्कालका लागि काठमाण्डौ–सिमरा–काठमाण्डौको एकतर्फी भाडा २ हजार आठ सय रुपैयाँ तोकिएको छ । २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा अहिले एटीआर–७२ सिट क्षमताका ५, जेटस्ट्रिम–३० सिटका ५ र भगिनी संस्था तारा एअरका ट्वीनअटर विमान ४ गर...
नेपालमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १६ नेपालमा आज थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ हजार चार सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ । अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयले जनाएको छ ।...
वामदेव गौतमको मुद्दा हेर्दाहेर्दैमा

वामदेव गौतमको मुद्दा हेर्दाहेर्दैमा

समाचार
पूर्णपुष्टि, असोज १६ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटलाई फेरि पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सुनुवाइका केही प्रक्रिया अझै बाँकी नै रहेकोले शुक्रबार पनि गौतमको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतले जनाएको छ । अब बुधबार मात्रै सर्वोच्चमा सुनुवाइ हुने भएको छ । शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीले बहस गर्नुभएको थियो । यो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जना न्यायाधीशहरुको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गर्नुभएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चले यसअघि नै आदेश दिइसकेको छ । गौतमले पद तथा गोपनीयताको सपथ लि...
पाँच दिनदेखि हराएकाको १ पुरुष मृत भेटिए

पाँच दिनदेखि हराएकाको १ पुरुष मृत भेटिए

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १६  पाँच दिनदेखि हराइरहेका गुल्मी इस्मा गाउँपालिका–३ दर्लामचौरका एक पुरुष मृत वस्थामा भेटिएको छ । दर्लामचौरको खाँसिचौर बस्ने ४९ वर्षीय वीरबहादुर कुमाल आज मृत भेटिएको हो । कुमालको शव इस्मा–५ अँधेरी खोलामा सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली खटि गई स्थलगत मुचुल्का गरेर शव पोष्टमार्टमका लागी गुल्मी अस्पताल तम्घास ल्याइने तयारी भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

समाचार
मोरङ, असोज १६ मोरङमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ–४ निबासी ७४  बर्षीय डिकबहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । प्र. नं. १–०१–००१ त ८२५५ नम्बरको ट्याक्टरले पैदल हिडिरहेका राईलाई आज दिउसो सवाँ २ बजे  ठक्कर दिदा उनि गम्भिर घाईते भएको थियो । ट्याक्टरको ठक्करबाट घाईते भएका राईको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।...
प्रदेश ५ को राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव

प्रदेश ५ को राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव

समाचार
पूर्णपुष्टि, असोज १६ प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र दाङको भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएको हो । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिएको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा मतभेद रहेको छ । यसअघि वाग्मती प्रदेशको राजधानीबारे पनि नेकपाको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।...
कोरोना संक्रमित दुई पुरुषको एम्बुलेन्समै मृत्यु

कोरोना संक्रमित दुई पुरुषको एम्बुलेन्समै मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १६  कोरोना संक्रमित दुई पुरुषको आज मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनिहरुको अस्पताल ल्याउने क्रममा एम्वुलेन्सै मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको मेडिकलले जनाएको छ । इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा आइपुग्दा वृद्धको शरीर चिसो भइसकेको अवस्थामा पाइएको मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल  देवले बताउनुभयो । मृतक वृद्धमा दम, उच्च रक्तचाप ...
बेनी–जोमसोम सडक सञ्चालन

बेनी–जोमसोम सडक सञ्चालन

समाचार
पूर्णपुष्टि, असोज १६ हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि गत भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजनाले जनाएको छ । भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थसमेत प्रयोग भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन समस्या भएको थियो । सडक खुलेपछि ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए जनाईएको छ । यसअघि असार २६ गतेदे...
थ्रेसरमा बेरिएर महिलाको मृत्यु

थ्रेसरमा बेरिएर महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज १६ कञ्चनपुरमा धान झार्ने क्रममा थ्रेसरमा बेरिएक एक महिलाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर स्थानीय ४५ वर्षीय लक्ष्मी साउदको मृत्यु भएको हो । खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...