सुदूरपश्चिममा ३ वटा विमानस्थलको उद्घाटन
पूर्णपुष्टि, असोज १७
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको छ ।
कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलहरुको मन्त्रि भट्टराईले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीय स्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलहरुमा नियमित रुपमा जहाज सञ्चालन गरिने बताउनुभयो ।
पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि नियमित रुपमा जहाज चलाउने मन्त्रि भट्टराईले बताउनुभयो । यसमा स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।
पहाडी जिल्लामा नियमित रुपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान...









