Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

भरतपुर अस्पतालमा कोरोनाबाट थप १ जना को मृत्यु

भरतपुर अस्पतालमा कोरोनाबाट थप १ जना को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ भरतपुर अस्पतालमा उपचाररत थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण देखिएका चितवन कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुष शुक्रबार साँझ भरतपुर अस्पताल भर्ना भएका थिए । उनको आइतबार बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । खोकी र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । उनलाई कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो । चितवनमा योसहित कारोना संक्रमणबाट ४२ जनाको मृत्यु भईसकेको छ । जसमध्ये चितवनका मात्रै २३ जनाको रहेकोे छ ।...
४ लाख भारुसहित १ जना पक्राउ

४ लाख भारुसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १८ कपिलवस्तुमा अवैध चार लाख भारुसहित एक जना पक्राउ परेको छ । कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याईएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको हो । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका– २ निबासी ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा गुप्तालाई नियन्त्रमा लिई चेक जाँच गर्दा उनले लुकाइ छिपाई ल्याउँदै गरेको चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको रकममा  ५ सय दरका ४ सय थान र दुई हजारको नोट १ सय थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा ६ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने ...
डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी

डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी

समाचार
पूर्णपुष्टि, असोज १८ सरकारले रासायनिक मल बनाउनको लागी प्रयोग हुने डोलोमाईड चट्टान उत्खन्न गर्ने तयारी गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि चट्टान उत्खनन गर्ने तयारी गरेको हो । बैतडीको दोगडाकेदार गाउँपालिकामा हिजो फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भट्टले मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए उद्योग नै स्थापना गरिने बताउनुभयो । उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जाने उहाँले बताउनुभयो । नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिनछ । यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकक...
सुडान सरकार र विद्रोही समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर

सुडान सरकार र विद्रोही समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर

समाचार, संसार
पूर्णपुष्टि, असोज १८ सुडानको सरकार र विद्रोही समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । हजारौँ नागरिकको ज्यान लिएका दशकौंदेखिको युद्धलाई सम्झौताले अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए । जहाँ सम्झौतामा हस्ताक्षर भएको छ । सरकार र विद्रोही विच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि दक्षिण सुडानी मध्यस्थता टोलीले लक्ष्य पूरा भएको जनाएको छ । सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो । सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी...
डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरको आन्दोलन

डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरको आन्दोलन

समाचार
पूर्णपुष्टि, असोज १८ स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरहरुले आन्दोलन सुरु गरेका छन् । डाक्टर केसीको समर्थनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टर आन्दोलनमा उत्रिएका हुन् । दैनिक दुई घण्टा आकस्मिक र कोरोनाको उपचारबाहेक सेवा ठप्प पार्ने बताएका छन् । डाक्टर केसीसँग वार्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका उनीहरुले वार्ताको पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । डाक्टर केसीलाई जतिबेला पनि समस्या आउन सक्ने उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् । डाक्टर केसीको जीवन रक्षा र उहाँले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका हुन्...
अन्तरिक्षमा बाँच्न सक्ने पानी भालु

अन्तरिक्षमा बाँच्न सक्ने पानी भालु

रोचक
पूर्णपुष्टि, असोज १८ यस पृथ्वीमा यस्ता अनौठा जीव पनि पाइन्छ । जसलाई अमर भनिँदा कुनै फरक पर्दैन । त्यस्तो अमर जीवको नाम पानी भालु हो । यसलाई मोस पिगलेट वा टरडिग्रेड पनि भनिन्छ । यो जीव हाम्रो नांगो आँखाले भने देख्न सकिँदैन । माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिने  यो सूक्ष्म जीव आठ खुट्टे हुन्छ । यो पृथ्वीको जहाँ कहीँ पनि पाइन सकिन्छ । सामान्य तया जीव बाँच्न सक्छ भन्ने कल्पना नै नगरिएका स्थानहरुमा समेत यो जीव पाइन सकिन्छ । यो हिमालयको चुचरोदेखि समुद्रको अथाहा गहिराईसम्म पनि पाइन्छ । यो जीव विशेष गरी लेउ र झ्याउमा पाइने गर्छ । आकारमा अति सानो भए पनि यो जीवले नष्ट गर्नै नसकिने, अजर–अमर जीवको रुपमा ख्याति कमाएको छ । यो अति सुख्खा, अति तातो वा चिसो, अति उच्च तथा न्यून चाप भएका स्थानहरु पनि बाच्न सक्छ ।  कतिसम्म भने यो अन्तरिक्षमा समेत बाँच्न सक्छ ।...
स्पेनमा १५ मिनेटमै कोरोना परिक्षण

स्पेनमा १५ मिनेटमै कोरोना परिक्षण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ स्पेनमा कोरोना परिक्षण १५ मिनटमै हुने भएको छ । दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको मृत्यु भईसकेको छ । गत २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका र १ सय १३ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।...
प्रधानमन्त्रीका ३ सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका ३ सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो । सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको  र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ । केही चालकमा पनि कोरोना पुष्टि भएको छ । तर कसैलाई पनि लक्षण नदेखिएको जनाईएको छ  तीन दिनअघि प्रधानमन्त्रीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको तर सल्लाहकारहरु र स्वकीय सचिवमा पोजेटिभ देखिएपछि फेरि स्वाब सङ्कलनको तयारी भएको पनि जनाईएको छ ।...
नारायणी नदीले बगाएको गैंडा मृत फेला

नारायणी नदीले बगाएको गैंडा मृत फेला

समाचार
पूर्णपुष्टि, असोज १७ नारायणी नदीले बगाएको पोथी गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । करिब ३० वर्षको पोथी गैंडा दिउँसो १२ः ३० बजे मृत फेला परेको निकुञ्जले जनाएको छ । गैंडा बाढीले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । गैंडाको खाग सुरक्षित रहेको निकुञ्जले जनाएको छ । हिजो मात्रै निकुञ्जअन्तर्गत नवलपुरको लामीचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा एउटा गैंडा मृत फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मात्र विभिन्न कारणले पाँच वटा गैंडा मरेका छन् ।...
नेपालमा थप २१२० जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा थप २१२० जनामा कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ नेपालमा आज थप दुई हजार एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८४ हजार पाँच सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ । अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा आठ जनाको मृत्यु भएसँगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...