लागुऔषधसहित ३ जना पक्राउ
पूर्णपुष्टि, असोज १८
सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
ईनरुवा–३ राजमार्ग एरियाबाट दुहवी–१० का २६ वर्षीय दिपककुमार यादव र हरीनगर–६ का ३४ वर्षीय सहिद मिया लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै जनाले राजमार्ग छेउको झाँडीमा लुकाई छिपाई राखिएको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले विहान ९ बजे डाईलेक्स डिसी १ सय ४० बोतल, स्पामो प्रोक्सीभोन ३ हजार ९ सय ६० क्याप्सुल र निट्रा भेट १ हजार तीन सय ५० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी विशेष सुचनाको आधारमा कोशी गाउँपालिका–३ नहर चोकबाट २८ वर्षीय कमरुदिन मिया हिजो साढे १० बजे पक्राउ परेको प्रहरीले जनाएको छ । उनले बोकेको झोला चेकजाँच गर्दा डाईलेक्स डिसी ४५ बोतल र स्पास्मोल प्रोक्सीभोन प्लस ३ सय २८ बरामद गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेकाहरुमाथी ...









