Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमणबाट रुपन्देहीमा थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १९ कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका–१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो । आज आएको उनको पीसीआर रिपोर्टमा पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।...
नारायणी नदीमा २०० जना क्षमताको मिनी पानीजहाज चलाउने तयारी

नारायणी नदीमा २०० जना क्षमताको मिनी पानीजहाज चलाउने तयारी

समाचार
पूर्णपुष्टि, असोज १९ चितवनको नारायणी नदीमा मिनी पानीजहाज (क्रुज सिप) छिटै सञ्चालन हुने भएको छ । सरकारले सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको एक महिनामै सञ्चालनमा ल्याउने तयारी भएको हो । मिनी पानीजहाज सञ्चालनको आन्तरिक तयारी सकिएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । तर कोरोना कहरका कारण नदीमा सञ्चालनमा ल्याउन नसकेको जनाईएको छ । यसअघि यसको परीक्षण भइसकेको छ । जहाज चलाउने क्याप्टेनसहित मुख्य कर्मचारीहरु समेत छनौट गरिसकेको प्रालिले जनाएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनेर बसेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को नारायणी नदीमा ‘टेष्ट ड्राइभ’ समेत सफल रुपमा सम्पन्न भइसकेको थियो । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ भएसँगै विशिष्ट व्यक्ति पुग्दा बेलाबेला यसलाई चलाउने पनि गरिएको छ । ...
कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १९ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यही असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।...
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल बाहिर निस्कदा

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल बाहिर निस्कदा

समाचार, संसार
पूर्णपुष्टि, असोज १९ कोरोना भाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट बाहिर निस्केर समर्थकलाई अभिवादन गरेपछि फेरि एक पटक विवादित बन्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बन्नुभएको हो । सङ्क्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गर्नुभएको अन्तराष्ट्र्रिय संचारमाध्यमले जनाएको छ । गाडीमा रहेका उहाँले मास्क लगाउनुभएको थियो । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको छ । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गा...
मनसुन बिस्तारै कमजोर बन्दै

मनसुन बिस्तारै कमजोर बन्दै

समाचार
पूर्णपुष्टि, असोज १९  मनसुन विस्तारै कमजोर बन्दै गएको छ । अहिले देशका केही ठाउँको मौसम बद्ली भएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुममान महाशाखाले जनाएको छ । देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर बाँकी प्रदेशहरुमा आंशिक बद्ली रहने जनाएको छ । मनसुन बिस्तारै कमजोर बन्दै गएको छ । पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको हो । अब केही दिनमा देशभरिबाटै मनसुन बाहिरिने महाशाखाले जनाएको छ । जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले १/२ दिन अझै मनसुन बाहिरिने सम्भावना नभएको जनाएको छ ।...
पुनः आजदेखि श्रम स्वीकृतिको काम हुने

पुनः आजदेखि श्रम स्वीकृतिको काम हुने

समाचार
पूर्णपुष्टि, असोज १९ आजदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम पुनः सुरु हुने भएको छ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा बन्द भएको थियो । वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागेको विभागले जनाएको छ । कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।...
चिनीयाँ गाडीले नेपालसम्म ढुवानी गर्न थाल्यो

चिनीयाँ गाडीले नेपालसम्म ढुवानी गर्न थाल्यो

समाचार
पूर्णपुष्टि, असोज १८ चिनियाँ मालवाहक गाडीले आजदेखि नेपालसम्म नै सामान ढुवानी गर्न थालेका छन् । चिनियाँ गाडीले चीनको स्वशासित क्षेत्र तिब्बतको पाङसिङबाट सिधै नेपालसम्म सामग्री आयात गर्न थालेका हुन् । कोरोनाले यसअघि चिनियाँ गाडीले मितेरी पुल पर नै सामान झारेर फर्कने गरेका थिए । जसका कारण सामान लोड–अनलोड गर्न झन्झट हुने, लामो समय लाग्ने र सामान पनि कम आयात हुँदै आएको थियो । आज पाँच वटा चिनियाँ गाडीले नेपालको भूभागमै सामान ल्याएर अनलोड गरेको रसुवा भन्सारले जनाएको छ । यसले सामान आयातमा वृद्धि हुने आशा गरिएको छ । यसअघि दैनिक चार वटा गाडी आउने गरेकोमा आज पाँच वटा आएको हो । अब निरन्तर रूपमा आयात बढ्ने जनाईएको छ । रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको चिनियाँ पक्षले पीसीआर परीक्षण सुरु गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको सात/सात दिनम...
नेपालमा साइबर अपराध गर्ने १ जना पक्राउ

नेपालमा साइबर अपराध गर्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १८ नेपालमा साइबर अपराध तथा ठगी गर्ने एक जना पक्राउ परको । भारतको दार्जीलिङ्मा बसेर नेपालमा साईबर अपराध गरेको अभियोगमा जुम्लाका २४ वर्षीय पसल रोकाया पक्राउ परेको हो । रोकायालाई पक्राउ गरेर काठमाडौंतर्फ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकायाका विभिन्न साइबर अपराधका घटनामा मुछिएका छन् । रोकाया पछिल्लो समय भारतको दार्जिलिङमा बसिरहेको थियो । त्यहीँबाट नेपालमा साइबर अपराध गरेको अभियोग उनीमाथि लागेको प्रहरीले जनाएको छ । उनले कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको पनि आरोप छ । उनले भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको पनि पाईएको प्रहरीले जनाएको छ । काठमाडौं ल्याएर थप अनुसन्धान थाल्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।...
बसमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

बसमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १८  भक्तपुरमा एक युवतीलाई बसमा सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । १७ वर्षीया युवतीलाई लठ्याउने औषधि खुवाएर बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोगढीका नीरकुमार खड्का र जुगलका सूर्य श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यहि १६ गते बिहान ११ बजे युवतीलाई रत्नपार्कमा लठ्याउने औषधि खुवाएर बसमा चढाएर सूर्यविनायक पु¥याएको र पार्किङ गरेर राखेको बसमा सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । शुक्रबारदेखि शनिबार बिहान ११ बजेसम्म बसभित्रै बलात्कार गरेका उनीहरुले त्यसपछि फेरि लिवालीमा रहेको तिवियाखुसी खोलाको किनारमा पार्किङ गरेको बसभित्र लगेर पनि बलात्कार गरेको भक्तपुर प्रहरीले जनाएको छ । युवतीलाई बलात्कार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ नेपालमा आज थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८६ हजार आठ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय २९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ । अव नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको  सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।...