Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज २० रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक एक यात्रुको मृत्यु भएको हो । ट्याक्टर चालक दोरम्बा गाउँपालिका–७ निबासी २७ वर्षीय पेमा लामा र ५५ वर्षीय फुर्वा दोर्जे तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि हिडेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।...
देशका केही ठाउँमा पानी पर्ने सम्भावना

देशका केही ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असोज २०  आज देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले प्रदेश १ का थोरै तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यो प्रणाली कमजोर हुँदै गएकाले नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी प्रदेशहरुमा घाम लाग्दै बादल लाग्ने जनाएको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

समाचार, संसार
पूर्णपुष्टि, असोज २०  अस्पतालबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज हुनुभएको हो । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । उपचार ह्वाइट हाउसमै हुनेछ । ३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपतिको चुनाव  हुन लगभग १ महिना  बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित हुनुभएको हो ।...
ब्राउनसुगरसहित १ जना पक्राउ

ब्राउनसुगरसहित १ जना पक्राउ

समाचार
झापा, असोज १९ झापाबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । दमक–९ दिपज्योती उराउ टोल निबासी ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेकी हुन् । उनलाई आज विहान साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका आधारमा  खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेकी रुपामाथी ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
धनकुटा, असोज १९ धनकुटा पाख्रिबास–५ दियाले निबासी १७ बर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विधुतको लाइन छुन पुग्दा थापालाई करेन्ट लालेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
नेपालमा आज २४४० जना कोरोना संक्रमण पुष्टि

नेपालमा आज २४४० जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १९ नेपालमा आज मात्रै २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार पाँच सय संक्रमित पुष्टि भएको छ । पछिल्लो समय उपत्यका लगाएत देशैभरी संक्रमितको संङख्या बढ्दो अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार मात्रै उपत्यका लगाएत देशको बिभिन्न जिल्लाहरुमा गरी २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । त्यसैगरी देशभर सकृय संक्रमितको संख्या २३ हजार ५ सय ७ जना रहेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोर...
स्थगित भएको नेकपाको सचिवालय बैठक भोलि हुने

स्थगित भएको नेकपाको सचिवालय बैठक भोलि हुने

समाचार
पुर्णपुष्टि,असोज १९  आइतबार स्थगीत भएको नेपाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवाल बैठक भोली बोलाइएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको हो । (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट घाट कार्यक्रममा बैठक भोली बोलाइने जनाएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए । उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समे...
बुटवलको एक मृत महिलामा कोरोना पुष्टि

बुटवलको एक मृत महिलामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १९  बुटुवलको एक मृत महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका–१३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको हो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएकामा आज रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...
छोराको कुटपिटले बुवाको मृत्यु

छोराको कुटपिटले बुवाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १९  गुल्मीमा हिजो छोराको कुटपिटबाट ६० वर्षीय बुवाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका हो । गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीले जनाएको छ । हिजो राति अनिलले घरमै कुटपिट गरी गम्भीर घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटको कारण अझै खुल्न सकेको छैन । कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।...
बाजुरामा नुहाउन गएका ५ जना ४ दिन बाट बेपत्ता

बाजुरामा नुहाउन गएका ५ जना ४ दिन बाट बेपत्ता

समाचार
पुर्णपुष्टि,असोज १९  नुहाउन जाने क्रममा बाजुरामा ४ दिनदेखि एकै परिवारका ५ जना बेपत्ता  भएका छन् । हिमाली गाउँपालिका ५ स्थित कवाडीका ३० वर्षीया सत्ता नेपाली, ५ वर्षीया छोरी आरती नेपाली, ४ वर्षकी सन्तोषी नेपाली, २ वर्षका छोरा सम्मान नेपाली र १ वर्षीया छोरी किस्मती नेपाली सहित शुक्रबार साँझ उनिहरु बेपत्ता भएका हुन् । नेपाली छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाको सुचना पाएलगतै प्रहरी टोलीले खोजी कार्य गरी रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । चार दिनसम्म खोजी कार्यलाई निरन्तर्ता दिदा पनि कुनै जानकारी फेला नपरेको प्रहरीले जनाएको छ ।...