Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

क्यान्सर पिडित साथीको सहयोगार्थ ०५१ एसएलसी ब्याजीको आर्थिक संकलन अभियान

क्यान्सर पिडित साथीको सहयोगार्थ ०५१ एसएलसी ब्याजीको आर्थिक संकलन अभियान

समाचार
पूणर्पुष्टि, असोज २० ५१ साल एसएलसी ब्याजी, (गाईघाट) समूहले क्यान्सर पिडित साथीको उपचारका लागि आर्थिक सहयोग संकलन थालेको छ । त्रियुगा नागरपालिका -१० बोक्सेका सँगै पढेका साथी सुरेन्द्र कुमार मगरको उपचार सहयोगका लागि आर्थिक सहयोग संकलन थालेको हो । ४१ बर्षिय मगरलाई ब्लड क्यान्सर भएको र उनको आर्थिक अवस्था नाजुक भएकाले उपचारका लागि सहयोग रकम जुटाउनु परेको समूहका सदस्य किसन राईले बताउनुभयो । आर्थिक संकलन अभियानका संयोजक समेत रहनु भएका राईका अनुसार सबैभन्दा पहिले ०५१ साले ब्याजीका साथीहरुबाट नै आर्थिक संकलन भइरहेको छ । त्यस अलवा अन्य सहयोगी मनहरु बाट पनि संकलन गरिने उहाँले बताउनुभयो । ०५१ ब्याजीले सामुहिक रुपमा सामाजिक हकहितका काम गर्ने क्रममा हाल आफ्नै ब्याजी साथीको निम्ति आर्थिक संकलन काम गर्न थालेको छ ।झापाको विर्तामोड स्थित विएमसी हस्पिटलमा अप्रेशन हुने मगरलाई सकेसम्मको आर्थिक संक...
ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, असोज २०  सुनसरीमा मिनी ट्याक्टरको ठक्करबाट स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरले स्कुटरलाई ठक्कर दिदा धरान–१४ निबासी २५ बर्षीय गोकुल तामाङको मृत्यु भएको हो । आज विहान सवाँ १० बजे धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएको थियो । घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मिनि ट्याक्टर र चालक नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।...
बन्धक बनाएर महिलालाई हत्या गर्ने माझी पक्राउ

बन्धक बनाएर महिलालाई हत्या गर्ने माझी पक्राउ

समाचार
पुर्णपुष्टि,असोज २०  बैशाख ३० देखि बन्धक बनाएर महिला हत्या गर्ने विनय माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझी महिलालाई हत्या गरी फरार रहेको थियो । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीललाई सोमवार प्रहरीले पक्राउ गरेको हो । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका–१४ नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई बन्धक बनाएको स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो । माझीले ०७६ साल जेठ ५ गते काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका(९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक थापाले बताउनुभयो ।...
अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन

अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन

समाचार
पूर्णपुष्टि, असोज २० एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ । नव गठित समितिका बरिस्ठ उपाध्यक्षमा श्याम सुवेदी, महिला उपाध्यक्षमा नितुु खतिवडा चयन भएका छन् भने एसिया, युरोप, दक्षिण अमेरीका, उत्तर अमेरीका, अष्ट्रेलिया र अफ्रिका महादेशको क्षेत्रीय उपाध्यक्षहरुमा क्रमशः ईश्वर कुमार राई, डा. स्वामी कृष्ण, शुरेशचन्द्र भट्टराई, डा. श्याम कृष्ण थापा, शंकर भट्टराई, झलक बुढाथोकीले गर्ने निर्णय भएको छ । त्यसै गरि महासचिवमा साहित्यकार अर्जुन श्री, सह–महासचिवमा साहित्य अनुरागी तथा अनुसन्धानकर्ता किशोर सुब्बा, सचिवमा साहित्यकार सोम अनुराग बस्नेत र सुप्रिया घिमिरे तथा कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः प्रभाकर बिक्रम निरौला र  उमेश राउत चयन भएका छन । त्यसैगरि सदस्यहरुमा अर्थशास्त्री बाशुदेव खनाल, सुकराज गुरुङ, साहित्यकार तथ...
एकै दिन २ वटा गैंडा मृत फेला

एकै दिन २ वटा गैंडा मृत फेला

समाचार
पूर्णपुष्टि, असोज २० चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई वटा गैंडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक व्यारेजबाट तलपट्टि बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जले जनाएको छ । भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएको जनाएको छ । त्यस्तै सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टि बाटोको ढिकमा उधोमुन्टो भइ अर्को अन्दाजी १२ वर्षको भाले गैंडा मृतावस्थामा फेला परेको छ । मृत गैंडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ । गैंडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जन...
नोबेल अस्पतालमा कोरोनाबाट थप २ जनाको मृत्यु

नोबेल अस्पतालमा कोरोनाबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २० विराटनगरंको नोबेल अस्पतालका आइसोलेसनमा उपचाररत थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । रतुवामाईका पुरुष मधुमेहका दीर्घ रोगीसँगै ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएलगतै स्वाब परीक्षण गरिएको थियो । उनको कोरोना रिपोट पोजेटिभ आएपछि उनलाई आईसीयूमा राखेर उपचार गर्दा गर्दै आज बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । क्यान्सर रोगबाट पीडित कानेपोखरीका पुरुषलाई ज्वरो आएपछि हिजो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र भेन्टिलेटमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको जनाइएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २० आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।...
जिसस उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी

जिसस उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २०  जिल्ला समन्वय समिति उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी भएको छ । बेलाका नगरापालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि भएपछि दुई दिन अगाडी स्वाब दिएका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मेयरमा कोराना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका २१ जना पुरुष र ८ जना महिला गरी २९ जनाको अस्ति स्वाब संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । सवै संकलित स्वाबको रिर्पोट आईनसकेको कार्यालयले जनाएको छ । कोरोना संक्रमण पुष्टी भएसँगै उनलाई उदयपुर कोभिड–१९ अस्पताल बेल्टार पठाउने तयारी भईरहेको जनाईएको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ ।...
बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २०  धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा आज थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ । ती पुरुषमा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।...
विश्वमा १० जनामध्ये १ जना कोरोना संक्रमित

विश्वमा १० जनामध्ये १ जना कोरोना संक्रमित

समाचार, संसार
पूर्णपुष्टि, असोज २०  विश्वमा १० जनामध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वमा १० जनामध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । विश्वमा १० प्रतिशतमा कोरोना संक्रमण भएको डब्ल्यूएचओले अनुमान गरेको छ । अहिले विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै दोस्रो लहरको सङ्क्रमण सुरु भएको छ ।...