Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

३ संस्थाद्धारा पालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

३ संस्थाद्धारा पालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार
मिलन परियार गाईघाट, असोज २१ उदयपुरका तीन सस्थाले स्वास्थ्य कार्यालयमार्फत पालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा जाल्पा एकीकृत बिकास समाज उदयपुर, हुरेन्डेक उदयपुर र नेस्पेक उदयपुरको आयोजनामा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको रोहबरमा सोमबार एक सय ५२ थान पिपिई सेट हस्तान्तरण गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका बाल प्रायोजन  टिम लिडर गेस बहादुर आले मगरले बताउनुउनभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा काम गर्नु पर्ने भएकाले ताप्ली, लिम्चुङ्बुङ, उदयपुरगढी  र रौतामाई गाउँपालिकालाई ५/५ सेट  र कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकालाई १०/१० सेट र स्वास्थ्य कार्यालय उदयपुरलाई ९२ थान पिपिई सेट हस्तान्तरण गरेको मगरले बताउनुभयो ।...
यूएईले नयाँ रोजगार भिसा दिन थाल्यो

यूएईले नयाँ रोजगार भिसा दिन थाल्यो

समाचार, संसार
पूर्णपुष्टि, असोज २१ यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ । यूएईले सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो । आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने र कोभिड १९ को सङ्क्रमणलाई कम गर्नको लागि वायुसेवा कम्पनीले लागू गरेका सावधानीहरु अपनाउनुपर्ने दुई वटै निकायले जनाएको छ । त्यस्तै रोजगारदाताले नै श्रमिकलाई लिन जानुपर्ने र सम्बन्धित निकायको समन्वयमा उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राख्नुपर्ने हुन्छ । घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला गरिएको जनाएको छ । परिचय र नागरिकताको लागि संघीय प्राधिकरणका अनुसार वैध भिसा भएका सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति...
लामो दूरीको सवारीसाधनमा २ जना चालक अनिवार्य

लामो दूरीको सवारीसाधनमा २ जना चालक अनिवार्य

समाचार
पूर्णपुष्टि, असोज २१ महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठ सुरक्षा योजना ल्याउने तयारी गरेको छ । ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाले जनाएको छ । चाडपर्वको समयमा काठमाण्डौ बाहिर जाने यात्रुलाई भिडभाड हुन नदिने, टिकट किनबेचमा ठगी हुन नदिने, दुर्व्यवहार रोक्ने लगायतका उदेश्यसहित ट्राफिक प्रहरी महाशाखाले गृहकार्य गरिरहेको जनाएको छ । त्यस्तै ट्राफिक प्रहरीले लामो दूरीको गाडीमा दुई जना चालक राखिएको छ कि छैन भनेर अनुगमन गर्ने भएको छ । नागढुंगामा राखिएको एप्समार्फत चालक परिवर्तन गरिएको छ कि छैन भनेर हेरिने महाशाखाले जनाएको छ । गत वर्षदेखि अहिलेसम्म दुई जना चालक नराख्ने पाँच सय गाडीलाई कारबाही गरिएको छ । त्यस्तै महाशाखाले काठमाण्डौमा विभिन्न १४ ठाउँमा हेल्प डेस्क राख्ने भएको छ । यसैबीच, पछिल्लो हप्ता क...
नेपालमा निको हुनेको संख्या साढे ६७ हजार नाघ्यो

नेपालमा निको हुनेको संख्या साढे ६७ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २१ नेपालमा कोरोना संक्रमित भएकामध्ये उपचारपछि निको हुनेको सख्ंया साढे ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४० जना उपचारपछि निको भएपछि नेपालमा निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या कार्यालय उदयपुरले जनाएको छ । गत २४ घण्टामा थप १ हजार ५ सय ५१ जना सङ्क्रमित थपिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २१ कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यहि असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भएपछि आईसीयूमा उपचाररत पुरुषको गतराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । दुवै संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।...
आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असोज २१ आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को केही ठाउँमा अहिले पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँको मौसम खुल्दै गएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ । त्यसैगरी राति प्रदेश १ का केही ठाउँमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।...
चिकित्सातर्फको नोबेल पुरस्कार ३ जनालाई

चिकित्सातर्फको नोबेल पुरस्कार ३ जनालाई

समाचार, संसार
पूर्णपुष्टि, असोज १९ सन् २०२० मा चिकित्सा क्षेत्रको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरसको खोजी गर्ने हार्भी जे अल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइने भएको छ । नोबेल विश्वको सर्वाेच्च पुरस्कार हो । जुन पुरस्कार चिकित्सासहित शान्ति, साहित्य, भौतिक, रसायन र अर्थशास्त्रको क्षेत्रमा दिइने गरिन्छ । अल्टरले ट्रान्सफ्युजन सम्बन्धी हेपाटाइटिसको अध्ययन गरेका थिए । जसबाट क्रनिक हेपाटाइटिसको एक सामान्य कारण एक अज्ञात भाइरस भएको थाहा भयो । हटनले हेपाटाइटिस सी भाइरसको जीनोमलाई अलग गर्नको लागि एक नयाँ प्रविधिको प्रयोग गरे । त्यस्तै राइसले हेपाटाइटस सी भाइरस एक्लै हेपाटाइटिसको कारण बन्न सक्ने सिद्ध गरे । माइकल हटन बेलायती वैज्ञानिक र हार्भी जे अल्टर र चाल्र्स राइस अमेरिकी अनुसन्धानकर्ता हुन् ।...
पेनरोज, गेन्जेल र घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

पेनरोज, गेन्जेल र घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

समाचार, संसार
पूर्णपुष्टि, असोज २० सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । ब्ल्याकहोल र सापेक्षवादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा गरी संयुक्तरुपमा तीन जनालाई पुरस्कार प्रदान गर्ने नोबेल पुरस्कार समितिले जनाईएको छ ।...
नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २० नेपालमा आज थप एक हजार पाँच सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९० हजार आठ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ । अब नेपालमा २२ हजार सात सय नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
सुनसरी, असोज २० सुनसरीको इनरुवा–७ को वर्छवा चोकबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । हरिनगर–७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र १९ बर्षीय हरिशंकर सरदार पक्राउ परेका हुन् । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज दिउसो साढे १२ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा डाईलेक्स डिसी ८९ बोतल, स्पास्मोल प्रोक्सिभोन ६८ क्याप्सुल र निट्राभेट ४ सय २० ट्याब्लेट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागुऔषध सहित प्रकाउ परेकामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...