Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २ जना वैज्ञानिकलाई

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २ जना वैज्ञानिकलाई

समाचार, संसार
पूर्णपुष्टि, असोज २१ सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिकलाई दिईने भएको छ । जिनोम एडिटिङको तरिका विकसित गर्ने इम्यानुएल कारपेन्टियर र जेनिफर ए डुडनालाई रसानशास्त्रतर्फको नोबेल पुरस्कार दिने नोबेल पुरस्कार कमिटीले घोषणा गरेको हो । वाशिङ्टनमा जन्मेका डुडना युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलीमा प्रोफेसर छिन् । त्यस्तै फ्रान्सको जुबिसी–सर–ओर्गमा जन्मेका कारपेन्टियर जर्मनीको बर्लिनमा म्याक्स प्लङ्क युनिट फर दि साइन्स अफ प्याथोजेन्सकी निर्देशक हुन् । उनीहरुले सबैभन्दा तीव्र उपकरण क्रिस्पर क्यास९ जेनेटिक सिसर को खोज गरेका छन् । यस प्रविधिले जीव विज्ञानमा एक क्रान्तिकारी प्रभाव पारेको छ । यी दुई जनाले विकसित गरेको प्रविधिको उपयोग गर्दै शोधकर्ताहरुले जनावर, बोटबिरुवा र सुक्ष्म जीवहरुको डीएनएमा अत्यधिक उच्च शुद्धतासहित परिवर्तन गर्न सक्छन् ।...
नेपालमा एकै दिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकै दिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २१ नेपालमा आज एकैदिन अहिलेसम्मकै सवै भन्दा बढी कोरोना संक्रमित थपिएको छ । पछिल्लो  २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ९४ हजार दुई सय ५३ जनामा कोरोना सङ्क्रमण पुटि भएका छन् भने उपचारपछि ६८ हजार ६ सय ६८ जना निको भईसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ७८ पुगेको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
मोरङ, असोज २१ मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिराटनगर–८ का ४० बर्षीय  अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको हो । आज विहान पौने १२ बजे बुढिगंगामा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा खसेको थियो । करेन्टको झड्का लागेर भुईमा बझारिदा गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
बाबुको हत्या गर्ने छोरा पक्राउ

बाबुको हत्या गर्ने छोरा पक्राउ

समाचार
पूर्णपुष्टि, असोज २१ गुल्मीमा आफनै बाबुको हत्या गर्ने छोरा पक्राउ परेको छ । आफ्नै बुवालाई कुटपिट गर्दा मृत्यु भएपछि फरार रहेका इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेत पक्राउ परेको हो । अनिलले आफ्नै घरमा आईतबार साँभफ ६० वर्षीय बाबु दिलबहादुर बस्नेतलाई कुटपिट गर्दा मृत्यु भएपछि उनी फरार भएका थियो । अनिललाई वडा नम्बर १ हर्पुकोटस्थित फुपु दिदीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोराको  कुटपिटबाट दिलबहादुर गम्भीर घाइते भएको थियो । गम्भीर घाइते भएका दिलबहादुरलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कात्तिक १ गतेदेखि धार्मिक स्थल खुलाउने तयारी

कात्तिक १ गतेदेखि धार्मिक स्थल खुलाउने तयारी

समाचार
पूर्णपुष्टि, असोज २१  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी कात्तिक १ गतेदेखि नेपालका धार्मीक स्थल खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताउनुभएको छ । ताप्लेजुङको ओलाङचुङगोलामा बोर्डर आउट पोस्ट (बीओपी) को उद्घाटन गर्नु भएका मन्त्री भट्टराईले कोरोना महामारीले लामो समयदेखि बन्द रहेका धार्मिक स्थल खोल्ने प्रस्ताव बिहीबार नै मन्त्रिपरिषदमा पेस गर्ने बताउनुभएको हो । प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा मात्र धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला हुने छ । आगमी कात्तिक १ गतेदेखि विराटनगरबाट समेत पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअरलाइन्सले उडान सुरु गर्ने गरी तयारी गरिरहेको मन्त्रि भट्टराईले बताउनुभयो । अहिले पूर्वी पहाडका केही जिल्लामा काठमाण्डौबाट मात्रै उडान हुँदै आएको छ । भट्टराईका अनुसार अब काठमाण्डौ–ताप्लेजुङ–काठमाण्डौका साथै विराटनगर–ताप्लेजुङ...
३ देशका लागी प्रस्वितत राजदूतविरुद्ध उजुरी आह्वान

३ देशका लागी प्रस्वितत राजदूतविरुद्ध उजुरी आह्वान

समाचार
पूर्णपुष्टि, असोज २१ संघीय संसदको संसदीय सुनुवाई समितिले पूर्व अर्थमन्त्रि डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । सिफारीस राजदुतहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ । बुधबार बसेको सुनुवाई समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना प्रकाशित गरेको छ । कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ । सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं सबुद प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताक...
ज्वाइँले छोरो बनेर नागरिकता लियो

ज्वाइँले छोरो बनेर नागरिकता लियो

समाचार
पूर्णपुष्टि, असोज २१ दाङमा ससुराको नामबाट ज्वाईले नागरिकता बनाएको पाईएको छ । बबई गाउँपालिका–७ का २१ वर्षीय इमाम बक्स मियाँले आफ्नै ससुराको नामबाट नागरिकता बनाएको पाईएको हो । जन्मका आधारमा नागरिकता नपाउने भएकोले उनी बञ्चित भए ईमामले गलत बाटो प्रयोग गरेरै २०७५ भदौ २४ गते ईमामले ससुरा छत्रेश्वरी गाउँपालिका–७ का ४६ वर्षीय मुस्ताज मियाँको नामबाट नागरिकता लिएको खुलकोपछि इमाम र उनका ससुरा पक्राउ परेका छन् । नागरिकता लिदा इमामले आफ्नो नाम पनि बदलेका छन् । सक्कली नाम इमाम भए पनि नागरिकता लिदा समिर नामबाट लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दाङबाट पटक पटक नागरिकताको लागि पहल गर्दा नबनेपछि ससुरालाई बुवा बनाएर नागरिकता लिएको पाइएको र १५ दिन म्याद थप गराएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
सवै परीक्षा सञ्चालन गर्न अनुमति

सवै परीक्षा सञ्चालन गर्न अनुमति

समाचार
पूर्णपुष्टि, असोज २१ सरकारले कोरोना भाइरसका कारण स्थगित सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो । बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए । सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।...
अफिमसहित १ जना पक्राउ

अफिमसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज २१ पर्सामा लागुऔषध अफिमसहति एक जना पक्राउ परेको छ । कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसाद पक्राउ परेको हो । गतराति साढे १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ८ किलो धुलो आफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । खोवारीको घर खान्तलासी गर्दा अफिम लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । अफिमसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
ललितपुरमा कोरोना संक्रमणबाट एकको मृत्यु

ललितपुरमा कोरोना संक्रमणबाट एकको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २१  ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बालाजुकी ६९ वर्षीया महिलाको कोरोनाबाट आज मृत्यु भएकोे अस्पतालले जनाएको छ  । संक्रमित महिलामा श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या रहेको अस्पतालले जनाएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् । अउनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।  ...