Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

कटारीको सिरिसेमा कन्टेनर दुर्घटना हुदा २ जनाको मृत्यु

कटारीको सिरिसेमा कन्टेनर दुर्घटना हुदा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज २२ उदयपुरको कटारी नगरपालिका–८ सिरिसेको सानो दमारमा कन्टेनर दुर्घटना हुदा दुई जनाको मृत्यु भएकोा छ भने दुई जना गम्भिर घाईते भएका छन् । सिद्धिचरण राजमार्ग अन्तर्गत सानो दमारमा हिजो साँझ ओखलढुंगाबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको कन्टेनर दुर्घटना भएको होे । कन्टेनर सडकदेखि करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मिन राना मगर र राकेशकुमार यादवको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राना स्थानीय भएको खुलेको छ भने यादवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै योगेन्द्र दाहाल र विजय भुजेल गम्भिर घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
डीभीको फारम खुल्यो

डीभीको फारम खुल्यो

समाचार, संसार
पूर्णपुष्टि, असोज २२  सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । नेपाली समय अनुसार हिजो राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । डिभिको फारम भर्ने समय आगामी कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ  । बिना शुल्क भर्न सकिने भएकाले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत दूतावासले आग्रह गरेको छ ।...
सम्भोग लत : कारणदेखि समाधानसम्म

सम्भोग लत : कारणदेखि समाधानसम्म

समाचार, स्वास्थ्य
सम्भोग सृष्टिको सिर्जना हो । हरेक मानिस वा पशुपंक्षीमा सम्भोग हुन्छ । सृष्टि सञ्चालन होस् वा यौन सुख, आनन्दका लागि सम्भोग आवश्यक छ । यसकाे सहि सदुपयाेग हुदा संसार सुखमय हुन्छ त दुरूपयाेग वा विकारजन्य अवस्था बनाएमा समस्या हुन्छ । सम्भोगलाई रोक्न, छेक्न खोज्यो भने त्यसले मानव स्वास्थ्यमा असर पार्दछ । यसले मानसिक रोगको सिकार बनाउदछ । सम्भोगको तीब्र इच्छालाई रोक्ने कोशिस गर्ने हो भने यसले अरु काममा असर पार्दछ । सम्भोगकै बारेमा सोचेर बस्ने गर्दा अरु कामहरु असर भइरहेका हुन्छन् । कतिपय मानिसहरु सोचेर कल्पनाबाटै पनि यौन उत्तेजनामा परिरहेका हुन्छन् । तर सामान्य नेपाली समाजमा यो कुरालाई स्विकार गरिदैन । सुतिरहेको बेला होस् या एक्लो, एकान्तमा बसिरहेका बेला होस् । यौन गतिविधि र कल्पनाहरुबाटै उ उत्तेजित भइरहेको हुन्छ । उसले उत्तेजनाको महसुस गर्ने गर्दछ । सम्भोगको इच्छालाई सहि ढंगले प्रयोग गर्न स...
कोरोना महामारीमा वैदेशिक लगानी प्रतिबद्धतामा उत्साह

कोरोना महामारीमा वैदेशिक लगानी प्रतिबद्धतामा उत्साह

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २२ कोरोना महामारीले  अर्थतन्त्र शिथिल भए पनि यस अवधिमा वैदेशिक लगानी प्रतिबद्धता भने बढ्दो क्रममा देखिएको छ । कोरोनाले लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत ११ चैतदेखि १३ असोजसम्म ती लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस अवधिमा १ सय १९ वटा उद्योगमा २१ अर्ब लगानी प्रस्ताव लिएर चिनियाँहरु नेपाल भित्रिएका छन् । यस्तै भारतबाट ६ वटा उद्योग, बेलायत र नेदरल्याण्ड्सबाट दुई/दुई वटा, मेक्सिको, मलेसिया र ब्रिटिश भर्जिन आईल्याण्डबाट एक/एक वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । वैदेशिक लगानीका कुल परियोजनामध्ये १ सय ३० वटा साना, एक मध्यम र एक ठूलो उद्योग रहेका छन् । प्रतिबद्धताअनुसार सबै परियोजनाका लागि लगानी आए चार हजार दुई सय १७ जनाले रोजगार...
नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील

नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील

समाचार
पूर्णपुष्टि, असोज २२ सबै नेपाली नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउनुभयो । आज विश्व दृष्टि दिवस हो । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्रि ढकालले सो कुरा बताउनुभएको हो । ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइँदै छ । ‘नागरिकहरुको दृष्टिको सुरक्षाको लागि नेपाल सरकार सचेत र क्रियाशील रहेको विषय अनुरोध गर्दै आजको विश्व दृष्टि दिवसको सन्दर्भमा सम्पूर्णमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु ।’स्वास्थ्य मन्त्री ढकालको शुभकामना सन्देशमा लेख्नु भएको छ । नेपालले अहिले कोरोना संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन पनि उहाँले आह्वान...
हलेसी तुवाचुङद्धारा एकीकृत सेवा केन्द्र सुरु

हलेसी तुवाचुङद्धारा एकीकृत सेवा केन्द्र सुरु

समाचार
पूर्णपुष्टि, असोज २२  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई आफ्नै गाउँ–ठाउँमा पुगेर सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका एकीकृत सेवा केन्द्र सुरु गरेको छ । नागरिकलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभूती गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन गरेको हो । वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा नागरिकको घरदैलोसम्म पुर्याउन एकीकृत सेवा केन्द्र स्थापना गरिएको नगरले जनाएको छ । साविकको मंगलटार ४ र ५ का १ सय ३० घर परिवारलाई लक्षित गरी नगरपालिकाले ‘घर–घरमा स्थानीय सरकार’ भन्ने नारासहित भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन सुरु गरेको हो । नगरपालिका र वडा कार्यालय मंगलटारको ४ लाख ५० हजारमा दुई कोठे एकीकृत सेवा केन्द्रको भवन निर्माण गरिएको छ । एकीकृत सेवा केन्द्रबाट गाउँघर क्लिनिक, खोप लगायतका स्वास्थ्य सेवा समेत उपलब...
चीनलाई हङकङ मामिलामा ७० भन्दा बढी देशको  साथ

चीनलाई हङकङ मामिलामा ७० भन्दा बढी देशको साथ

समाचार, संसार
पूर्णपुष्टि, असोज २२ चीनले हङकङ र सिनजियाङको विषयमा लिएको निर्णयलाई ७० भन्दा बढी देशले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको जारी महासभामा सो सफलता प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको जनरल डिवेट सम्वन्धी तेस्रो कमिटीको बैठकमा हङकङको वहानमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै पाकिस्तानले ५५ वटा मुलुकहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको छ । सो वक्तव्यमा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संयुक्त राष्ट्रसंघको एउटा महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गरिएको छ । सो वक्तव्यमा हङकङमा चीनको एक मुलुक, दुई प्रणालीलाई समर्थन गरिएको छ । केही समय अगाडि चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुनको पनि समर्थन गरिएको छ । त्यसैगरी क्युवाले ४५ वटा मुलुकहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै चीनले सिनजियाङमा लिएको निर्णयको समर्थन गरेको थियो । पश्...
ललितपुर महानगरका मेयर कोरोना मुक्त

ललितपुर महानगरका मेयर कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २२ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन कोरोना संक्रमण मुक्त हुनुभएको छ । हिजो दिउँसो ४ बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको जनाईएको छ । मेयर महर्जनको कोरोना रिपोर्ट नेगेटिभ आएकाले छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुने जनाईएको छ । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना हुनुभएको थियो । त्यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका मयेर रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त हुनु भएको थियो ।...
ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २२ ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै साढे ३१ हजारमा कोरोना पुष्टि भएको जनाएको छ । सङ्क्रमित धेरै भएका देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा भए पनि मृत्यु हुनेको सूचीमा दोस्रो स्थानमा छ । ब्राजिलमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४८ हजारभन्दा धेरैको पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा रहेको जनाईएको छ । अमेरिकामा अहिलेसम्म ७७ लाख ७२ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १६ हजारको मृत्यु भएको छ भने ४९ लाख ७४ हजार निको भएका छन् । त्यस्तै भारतमा ६८ लाख ३२ हजारमा कोरोना पुष्टि हुदा १ लाख ५...
उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी

उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २२ उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बेलका नगरपालिकाका ११ जना, त्रियुगा नगरपालिकाका ३ जना र चौदण्डीगढी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्राक्ट ट्रेसिङमा रहेका २९ जनाको स्वाब असोज १८ गते संकलन गरी परिक्षणको लागी कोशी अस्पतालको प्रयोगशालाले पठाईएको थियो । उक्त संकलित स्वावमध्ये ४ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । बेलकाका २८, २०, २२ र २५ वर्षिय महिला र ३२, ३५, ४२, ४५, ५५, ३० र ५३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै त्रियुगाका ५ वर्षिय बालिका, ३४ र ३५ वर्षिय महिला संक्रमित भएका छन् भने चौदण्डीगढीको २५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख...