Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

धरान र बिराटनगरमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

धरान र बिराटनगरमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज २२ सुनसरीको धरान र मोरङको बिराटनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरीले जनाएको छ । उनलाई यहि १९ गते कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेको थियो । त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यहि असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएको थियो । आज बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।...
कोरोना संक्रमणबाट १ वडा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट १ वडा सदस्यको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २२ कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका एक वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो । भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उनको उपचारको क्रममा हिजोराति तुलाचनको मृत्यु भएको वडाले जनाएको छ । ४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएको थियो । उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो । त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो । वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको वडाकार्यालयले जनाएको छ ।...
बलात्कारीलाई छाड्ने आदेशविरुद्ध उच्च अदालतमा निवेदन

बलात्कारीलाई छाड्ने आदेशविरुद्ध उच्च अदालतमा निवेदन

समाचार
पूर्णपुष्टि, असोज २२ बलात्कारीलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकासी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ । घाँस काट्न खेतमा गएकी २३ वर्षीया महिलालाई एक हजार रुपैयाँ दिन्छु । भन्दै करणी गरेको स्वीकार गरेका मोरङको रतुवामाई नगरपालिका–८ कुखुरेडाँडाका काजी भनिने काजीमान श्रेष्ठलाई जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजलासले यहि १६ गते एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बर निवेदन दिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ । त्यसैबीच बलात्कार स्वीकार गर्ने व्यक्तिलाई छाड्ने विवादास्पद आदेश दिएका न्यायाधीश कोइरालाको सरुवा भएको छ । बुधबार न्यायपरिषदले कोइरालाको सरुवा गरेको हो । बुधबार न्याय परिषदले १ सय १४ जना न्यायाधीशको सरुवा गरेको थियो । सो सरुवा सूचीमा कोइरालालाई मोरङबाट क...
रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रु सडक खुल्यो

रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रु सडक खुल्यो

समाचार
पूर्णपुष्टि, असोज २२ रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक करिब तीन महिनापछि खुलेको छ । वर्षाले सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत असार मसान्तदेखि सडक बन्द भएको थियो । प्राविधिकरुपमा जोखिम भएकाले वर्षा सिजन सकिएपछि मात्रै सडक सञ्चालन ल्याइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडक खुलेसँगै गाडी चल्न थालेका छन् । २०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने काम सकिएको थियो । नेपाल–चीन र भारत त्रिदेशीय व्यापार सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो । वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्नुपरेको कारण निर्माणको काम पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास...