Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २२ धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । शहीदनगर नगरपालिका–१ का ७० वर्षीय पुरुषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा हिजो राति मृत्यु भएको हो । उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि असोज २० गते अस्पतालमा भर्ना भएको थियो । सोही दिन पीसीआर परीक्षण गर्दा हिजो दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो ।  मुटुका रोगी समेत रहेका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
बीपी प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २२ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो । मृतक पुरुषमा ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ । स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।...
फिनल्याण्डमा १ दिनका लागी बालिका प्रधानमन्त्री

फिनल्याण्डमा १ दिनका लागी बालिका प्रधानमन्त्री

समाचार, संसार
पूर्णपुष्टि, असोज २२ फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा सानो उमेरको प्रधानमन्त्री हुनुहुन्छ । तर उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ । सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् । आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् । आभाले जलवायु परिवर्तन र मानव अधिक...
चन्दननाथ मन्दिरको दाहिने शङ्ख हराएको ४ वर्षपछि भेटियो

चन्दननाथ मन्दिरको दाहिने शङ्ख हराएको ४ वर्षपछि भेटियो

समाचार
पूर्णपुष्टि, असोज २२ जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । विस २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगाएको प्रहरीले जनाएको छ । रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएको प्रहरीले जनाएको छ । तीन दिन अघि पक्राउ परेका चन्दननाथ नगरपालिका–१० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्ला...
आफ्नै निर्देशनमा फिल्म बनाउने हमालको तयारी

आफ्नै निर्देशनमा फिल्म बनाउने हमालको तयारी

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, असोज २२ नेपाली फिल्मी क्षेत्रका महानायको रुपमा परिचित राजेश हमालले कोरोना माहामारी पछि आफ्नै निर्देशनमा फिल्म बनाउने जनाएको छ । हमालले अहिले फिल्मको प्रि(प्रोडक्सनको काम भइरहेको समेत बताए । फिल्ममा हमाल स्वयंको अभिनय रहनेछ । ४ बर्ष देखि सिनेमामा देखिन छोडेको राजेश आफ्नै भुमिका रहेको शकुन्तला र बागमती दुवै फिल्म सफल बन्न नसकेपछि उनले सोचेर मात्र फिल्ममा आफुलाई प्रवेश गराउने जनाए । एक समय नेपाली फिल्ममा एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् ।  हाल सिने क्षेत्रमा आफ्नो उपस्थिति नरहेपनि उनको व्यस्ताता भने उस्तै रहेको छ । कोरोना महामारीभन्दा अगाडि उनलाई देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा भ्याइनभ्याइ थियो । एपी वान एचडी टेलिभिजनद्वारा सञ्चालित ‘को बन्छ करोडपति’ रियालिटी शोका होस्ट समेत रहेका उनले लकडाउनयता कान्तिपु...
ललितपुरमा दशैंमा हुने जात्रा र नाचलाई पूजा मात्रै गरिने

ललितपुरमा दशैंमा हुने जात्रा र नाचलाई पूजा मात्रै गरिने

समाचार
पूर्णपुष्टि, असोज २२  ललितपुरको पाटन दरबार क्षेत्रमा दशेमा गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजाविधिमा मात्र सीमित गरिने भएको छ । कोरोनाले गर्दा दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजामा मात्र सीमित गरिने निर्णय भएको महानगरपालिकाले जनाएको छ । दशैंका बेला मनाइने श्री मानमानेश्वरी भगवतीको खड्ग जात्रा (पायाः), अष्टमातृका नाच (गं प्याखं), ठेचोको नवदुर्गा नाच (गथु प्याखं) लगायतका नाच तथा जात्रा परम्परादेखि संचालन भइरहेका पूजाविधिमा मात्र सीमित गरिने निर्णय भएको जनाईएको छ । ललितपुर महानगरपालिकाको संयोजकत्वमा गुथि संस्थान कार्यालय ललितपुर, जात्रा पर्वसँग सम्बन्धित सरोकारवाला संस्था र स्थानीय गुठियारसमेत सहभागी बैठकले यस्तो निर्णय गरेको जनाईएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २२ आज सुनको भाउ घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
नारायणी नदीमा थप १ गैंडा मृत फेला

नारायणी नदीमा थप १ गैंडा मृत फेला

समाचार
पूर्णपुष्टि, असोज २२ नारायणी नदीमा थप एउटा गैंडा मृत फेला परेको छ । नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । डुङ्गा गस्ती टोलीले बुधबार दिउँसो करिब १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको जनाईएको छ । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । पछिल्लो एक हप्तामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिसकेका छन् ।...
ब्राउनसुगर सहित २ जना पक्राउ

ब्राउनसुगर सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज २२ झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेको हो । हिजो साझँ ६ बजे उनलाई  बिर्तामोड सैनिक मोडबाट ६ ग्राम ५ सय मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी  सुनसरी ईटहरी–५ निबासी २३ बर्षीय प्रविण राई ब्राउनसुगरसहित पक्राउ परेको छ । उनलाई हिजो दिउँसो ५ बजे ईटहरीको एक खाजा घर होटलबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको कोठा समेत खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारि लुकाई छिपाई राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राईको साथबाट नगद १ लाख ५० हजार समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा खिएको प्रहरी टोली...
सरकार र डा. केसी विच वार्ता सुरु

सरकार र डा. केसी विच वार्ता सुरु

समाचार
पूर्णपुष्टि, असोज २२ सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने जनाईएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । त्यस्तै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।...