दाल, तेल र गेडागुडीको मूल्य बढ्यो
पूर्णपुष्टि, असोज २३
दशैँको नजिकिएसँगै खाने तेल, दाल र गेडागुडीको भाउ बढेको छ ।
दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले बढेको खुद्रा व्यापार संघले जनाएको छ ।
लकडाउनले उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले भाउ बढेर आएको होलसेलले बताउने गरेको संघले जनाएको छ ।
लकडाउनअघि १५ सय ८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १ सय ५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १ सय ६३ रुपैयाँ नघाएको संघले जनाएको छ । यस अघि २ सय ५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २ सय ६५ सम्म पु¥याइएकोे छ ।
तेलको प्याकेटमा एमआरपी २ सय ७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १ सय ६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ लिटरमै पाँच रुपैयाँ ...









