Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २३ कोरोना संक्रमणबाट आज विराटनगर र धरानमा थप चार जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुई जनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका–९ र धरान उपमहानगरपालिका–१२ का पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । नोबेलकै प्रयोगशालामा जाँच गर्दा उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या थियो । यहि असोज १७ गते नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका–१२ का ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकियो

समाचार
कास्की, असोज २३ निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सम्पन्न भएको छ । कोरोना महामारीको विचमा विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा अहिले ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा ६४ प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँग बिहीबार भएको छलफलमा अहिलेसम्मको प्रगतिको बारेमा जानकारी गराउँदै आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको जनाईएको छ । त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ र डेकोर...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २३ आज सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
प्रदेश सांसद अम्विका थापाको याेगदान : विकास पूर्वाधारदेखि महिला सशक्तिकरणसम्म

प्रदेश सांसद अम्विका थापाको याेगदान : विकास पूर्वाधारदेखि महिला सशक्तिकरणसम्म

समाचार
पूर्णपुष्टि, असोज २३ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फबाट समानुपातिक कोटामा १ नं. प्रदेश सांसद बन्नुभएकी अम्बिका थापाले आर्थिकवर्ष २०७६/०७७ मा उदयपुरको शिक्षा र महिला सशक्तीकरणमा टेवा पुरयाउनु भएको छ । बेलका, चौदण्डीगढी र त्रियुगा गरी तीन नगरपालिकामा उहाँले आफ्नाे सांसदीय कोष लगानी गर्दै शिक्षा, महिला सशक्तीकरण लगायतका क्षेत्रको विकासमा टेवा पुरयाउनु भएको हो । सांसदीय कोषको ५० लाख बजेटलाई शिक्षा र महिला सशक्तीकरणमा प्राथमिकता राख्दै तीन पालिकामा विभिन्न शिर्षकमा विनियोजन गर्नुभएकी सांसद थापाले थोरै बङजेटमा पनि धेरै काम गर्ने र जनतासंग खुसी साट्ने प्रयत्न गर्नुभएको उहाँका स्वकीय सचिव सम्भुप्रसाद शर्माले बताउनुभयो । स्वकीय सचिव शर्माका अनुसार सामुदायिक भवन, सडक निर्माण, खेलकुद, पत्रकारिता प्रवर्धनसम्मको काम भएका छन् । शिक्षातर्फ चौदण्डीगढी नगरपालिकाको वडा नं. ६ स्थि...
विदेशमा रहेका उदयपुरे युवाद्धारा मृगौला पीडितलाई आर्थीक सहयोग

विदेशमा रहेका उदयपुरे युवाद्धारा मृगौला पीडितलाई आर्थीक सहयोग

समाचार
पूर्णपुष्टि, असाज २३ वैदेशीक रोजगारीको क्रममा विभिन्न देशमा पुगेको उदयपुरे युवाहरुले त्रियुगा नगरपालिका–६ लालपत्ताकी मृगौला पीडित कल्पना भट्टलाई आर्थीक सहयोग गरेको छ । वैदेशिक रोजगारीका लागी मलेसिया र कुवेतमा रहेको उदयपुरे युवाहरुले मृगौला पिडित भट्टलाई १ लाख ३६ हजार सहयोग गरेको हो । उक्त रकम स्थानीय समाजसेवी युवा प्रवेश खड्कामार्फत पीडितका ससुरा सुर्यबहादुर भट्टलाई हस्तान्तरण गरिएको छ । पीडितका ससुरा सुर्यबहादुरले सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै अफ्ट्यारो परिस्थितिमा गरेको यो सहयोग जीवन भर कहिले नभुल्ने बताए । आर्थिक अवस्था कमजोर भएकोले उपचारबाट बन्चित हुन नदिनको लागी उदयपुरे युवाहरुले आफ्नो जिल्ला र अन्य जिल्लादेखि बंगलादेश र बर्माका नागरिकलेसमेत सहयोग गरेको जनाईएको छ । मलेसियाबाट  सिबकुमार दर्लामी काभ्रे १५१, लालबहादुर तामाङ संखसभा १०१, सोम तामाङ गोर्खा १०१, निर्मल...
कोरियाले अहिलेसम्मकै ठूलो सैन्य परेड गर्ने

कोरियाले अहिलेसम्मकै ठूलो सैन्य परेड गर्ने

समाचार, संसार
पूर्णपुष्टि, असोज २३ उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती नहोस् र सर्वाेच्च नेता किम जोङ उनलाई प्रभाव पार्ने अभिप्रायले सो अभ्यास हुन लागेको हो । यस्तो अभ्यास उत्तर कोरियाले समयम समयमा आफ्नो शक्ति प्रदर्शनको लागि गर्ने गर्दछ र यस्तो अभ्यासमा हुने कुनै पनि गल्तीलाई सेनाका कमाण्डर सहँदैनन् । यस्ता परेडहरु केही हदसम्म उत्तेजक समेत हुनसक्ने बताइन्छ । सन् २०१८ मा उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विचमा वार्ता भएपछि उत्तर कोरियाले यस्तो परेडमा ब्यालेष्टिक मिसायल भने प्रदर्शन गरेको छैन । तर गत वर्षको फेबु्रअरीदेखि दुई पक्षबीच कुनै पनि वार्ता हुन सकेको छैन । परेड त्यहाँको संस्थापक नेताको ७५ औं वार्षिक उत्सब र अमेरिकी निर्वाचनको पू...
पटकासहित २ जना पक्राउ

पटकासहित २ जना पक्राउ

समाचार
 सुनसरी, असोज २३ सुनसरीबाट अतिसबाजी (पटका) सहित दुई जना पक्राउ परेका छन् । ईटहरी–५ स्थित राजमार्ग एरियाबाट पटकासहित दुई जना पक्राउ परेका हुन् । सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र २७ बर्षीय समिर मिया पक्राउ परेको प्रहरीले जनाएको छ ।  विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । श्रीविजाई–कोब्रा ६७ बण्डल पटका बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
प्रधानमन्त्रीका ३ सल्लाहकार कोरोना मुक्त

प्रधानमन्त्रीका ३ सल्लाहकार कोरोना मुक्त

समाचार
पूर्णपुष्टि, असोज २३ प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त भएको छ । प्रधानमन्त्रि ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त भएको हो । उनीहरुको हिजो पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको थियो । उनीहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । उनीहरुको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।...
प्रहरीको पोशाक दुरुपयोग गरे कारबाही

प्रहरीको पोशाक दुरुपयोग गरे कारबाही

समाचार
पूर्णपुष्टि, असोज २३ प्रहरी प्रधान कार्यालयले पोशाकको दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै प्रहरी पोशाकको प्रयोग गर्नु अघि प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाएर स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ । विज्ञप्तिमा स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ । यस किसिमका कुनै पनि कार्य भएर गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।...
अहिलेको परिवर्तनसँगै हुलाक सेवा रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

अहिलेको परिवर्तनसँगै हुलाक सेवा रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

समाचार
पूर्णपुष्टि, असोज २३  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भईरहेको विकाससँगै हुलक सेवाको प्रभावकारिता अभिबृद्धि गर्नुपर्ने बताउनुभएको छ । १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिनुहुदै उहाँले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको हो । नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहना अनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयो । हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।...