Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

दाङका १ वडाध्यक्षको निधन

दाङका १ वडाध्यक्षको निधन

समाचार
पूर्णपुष्टि, असोज २३ दाङका एक वडाध्यक्षको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लाउने क्रममा बिहान साढे १० बजे बाटोमै उनको मृत्यु भएको उपमहानगरपालिकाले जनाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो ।...
नेपालमा एक लाख भन्दा बढी कोरोना संक्रमित

नेपालमा एक लाख भन्दा बढी कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २३ वितेको २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै वितेको २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । त्यस्तै वितेको २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।...
कुलोले बस्ती जोखिम हुने भएपछि स्थानीयहरुको विरोध

कुलोले बस्ती जोखिम हुने भएपछि स्थानीयहरुको विरोध

समाचार
 पूर्णपुष्टि, असोज २३ त्रियुगा नगरपालिका वडा न १३ हवाईफिल्ड स्थित नगरपालिकाकाले निर्माण गर्दै गरेको कुलो स्थानीयहरुले बिरोध गरेको छ । ३ हजार भन्दा बढी घरपरिवार विस्थापित हुने भन्दै बिभिन्न टोलका स्थानीयहरुले अवरोध गरेको हो । मेन रोड हुदै बगेको पानीलाई हवाईफिल्ड शान्तिराम टोल हुदै कुलो बनाएर बगाउने भन्दै निर्माण गर्न थालिएको काम स्थानीयले बिरोध गरेको छ । त्यसरी कुलो खन्दा शान्तिराम टोल, गुँरासटोल, विसनपुर, त्रिवेणीटोल, सोनापुर लगाएत आसपासका बस्तीहरुमा यसले क्षेती पुग्ने स्थानीयवासी सुनिल राउतले बताउनुभयो । उहाँले त्यसरी कुलो खनेर पानी लैजानु भन्दा पानीलाई बरुवा खोलामा मिसायर रोड खन्नुको कुनै बिकल्प नरेहको बताउनुभयो । स्थानीयहरुका अनुसार बाटोलाई कुलो बनाउने काम गरेको बताएका छन् । बाटोको नक्साको आधारमा स्थानीयहरुले वस्ती वसाई सकेको र यसलाई कुलेले असर गर्ने स्थानीयहरुको भनाई छ । पह...
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

समाचार
पूर्णपुष्टि, असोज २३ सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई दिइने भएको छ । भोकमरीविरुद्ध लड्ने प्रयासको लागि डब्ल्यूएफपीलाई पुरस्कार दिइने भएको हो । नर्वेजियन नोबेल समितिले डब्ल्यूएफपीले युद्ध र सङ्घर्षको हतियारको रुपमा भोकको उपयोग रोक्ने प्रयासलाई एक प्रेरक शक्तिको रुपमा लिन सकिने जनाएको छ । यो पुरस्कारको राशि १२ करोड नेपाली रुपैयाँभन्दा धेरै छ । १ सय १ औँ पुरस्कार जित्ने विजेताको नाम नर्वेजियन नोबेल इन्स्टिच्युट ओस्लोमा भएको हो ।...
बलात्कारीलाई साढे ११ बर्ष कैद

बलात्कारीलाई साढे ११ बर्ष कैद

समाचार
पुर्णपुष्टि,असोज २३ जिल्ला अदालत उदयपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै रौतामाई गाउँपालिका–८ का २४ वर्षीय भरत राना मगरलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार कसुर ठहर गर्दै कैदसँगै पीडितलाई ५० हजार क्षतीपुर्ती भरान आदेश दिएको हो । अदालतको आदेशसँगै रानालाई बिहीबार जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताए । २०७६ मंसिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कसुरदारविरुद्ध मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । लगत्तै उनी पक्राउ परेको थियो । पीडितको निवेदन, प्रहरीको घटना मुचुल्का, प्रमाण र वयानका आधारमा सरकारी वकिल कार्यालयले कसुरदार विरुद्ध कैद सजाय र क्षतिपूर्तिको दावी गर्दै मंसिर २९ गते अदालतमा मुद्दा दाएर गरेको थियो । सकारी वकिलको माग दावीअनुसार ...
अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि समितिको प्रश्न

अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि समितिको प्रश्न

समाचार
पूर्णपुष्टि, असोज २३ अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रश्न उठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखी अनुदानमा मल वितरण गर्ने निर्देशिकाको कानुनी स्रोत के हो भनी समितिले सोधेको छ । संसदबाट पारित ऐन भन्दा बाहिर गएर कृषि मन्त्रालयले आफैँ निर्देशिका बनाएर मल वितरण गर्दै आएको संसदीय समितिको निष्कर्ष छ । अनुदानमा मल वितरण गर्ने निर्देशिकाको कानुनी स्रोत र कृषि मल अनुदानसम्बन्धी छुट्टै ऐन र नियम बनाउन के बाधा परेको हो भनी सात दिनभित्र जवाफ पठाउन पत्र मार्फत समितिले आग्रह गरेको छ । ‘कृषि मलसम्बन्धी, कृषि अनुदानसम्बन्धी छुट्टै ऐन बनाई सो को आधारमा मात्र निर्देशिका बनाउन साथै हाल जारी निर्देशिकाको कानूनी स्रोत र ऐन बनाउन के वाधा परेको हो सो को जानकारी सहित सात दिनभित्र समिति समक्ष जवाफ पठाइ दिनहुन यो पत्राचा...
नेपाल–भारतबीच नयाँ हवाई प्रवेश विन्दु बारे छलफल

नेपाल–भारतबीच नयाँ हवाई प्रवेश विन्दु बारे छलफल

पर्यटन, समाचार
पूर्णपुष्टि, असोज २३ नेपाल र भारत सरकारबीच लामो समयदेखि नेपाललाई नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउने सन्दर्भमा छलफल जारी छ । तर अभैm छलफल टुंगोमा पुगिसकेको छैन । सोही सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच छलफल भएको छ । भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउनेबारे छलफल भएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । कोरोनाले वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुवीचको उडान सुरु गर्ने सम्बन्धमा समेत छलफल भएको छ । पर्यटन मन्त्रालयले १ कार्तिकबाट भारतमा उडान खोल्ने प्रस्ताव गरिसकेको छ । पशुपति, लुम्विनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको जनाईएको छ । मन...
विराटनगरमा कोरोनाबाट थप १ जनाको मृत्यु

विराटनगरमा कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज २३ मोरङको विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला कारागारमा रहेका २० वर्षीय बन्दीको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो बिहान साढे ७ बजे भर्ना भएका युवकमा बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा नै रहेको अवस्थामा आज बिहान सवा १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेको जनाईएको छ । यहि असोज १५ मा कारागारमै रहेका २७ वर्षीय पुरुषको मृत्यु भएको थियो । ९ सय १८ जना कैदी बन्दी रहेको कारागारमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।...
सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज २३ सप्तरीमा कोरोना संक्रणबाट थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ज्वरो र रूघाखोकी लागेपछि यही असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानतर्फ जाने क्रममा बाटोमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियासमेत देखिएको थियो ।...
अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्कने

अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्कने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २३  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी हप्तादेखि नियमित काममा फर्किने भएको छ । कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् । उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सङ्क्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने जनाएको छ । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको संचारमाध्यमले जनाएको छ ।...