Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र दाङका एक/एक जनाको मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो । असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । संक्रमित क्षयरोगका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ । त्यस्तै दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृतक किशोरमा १९ गते कोरोना पुष्टि भएको र प्लाज्मा थेरापीसहित उपचारका सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको नेपालगन्ज...
अजरबैजान र अर्मेनियाबीच अस्थायी युद्धविरामको सहमति

अजरबैजान र अर्मेनियाबीच अस्थायी युद्धविरामको सहमति

समाचार, संसार
पूर्णपुष्टि, असोज २४ अजरबैजान र अर्मेनीयाबीच अस्थायी युद्धविराम गर्ने सहमति भएको छ । रुसको मध्यस्थतामा मस्कोमा १० घण्टासम्म चलेको वार्तामा दुवै देश युद्धविराम गर्न सहमत भएको अन्तारष्ट्रिय संचारमाध्यमले जनाएको छ । अब दुवै देशले ठोस छलफल गर्ने छन् । दुई हप्तादेखि चलिरहेको युद्धका कारण ३ सय जना भन्दा धेरैको मृत्यु भएको र हजारौँ मानिस विस्थापित भएको जनाईएको छ । विवादित नागोर्नो कारावाख क्षेत्रको नियन्त्रणलाई लिएर आर्मेनिया र अजरबैजानबीच लडाइँ भइरहेको थियो ।...
स्पेनमा आपतकालीन अवस्था घोषणा

स्पेनमा आपतकालीन अवस्था घोषणा

समाचार, संसार
पूर्णपुष्टि, असोज २४  स्पेनको राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरिएको छ । कोरोना सङ्क्रमण तीव्र गति रुपले बढ्न थालेपछि स्पेन सरकारले राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको हो । मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागू हुने भएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागू गर्न नचाहेपछि केन्द्र सरकारले आपतकालीन अवस्था लागू गरेको जनाईएको छ । तर मड्रिडका अधिकारीले भने आपतकाल लागू गर्नु न्यायपूर्ण नरहेको बताएका छन् । स्पेनमा अहिलेसम्म ८ लाख ९० हजारमा कोरोना पुष्टि भएकामध्ये करिब ३३ हजारको मृत्यु भएको जनाईएको छ ।...
देशभर चिसो बढ्दै

देशभर चिसो बढ्दै

समाचार
पूर्णपुष्टि, असोज २४ देशभर चिसो बढ्दै गएको छ । गत १० दिनमा मात्रै देशभरको न्यूनतम तापक्रम १ देखि १० डिग्री सेल्सियससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति आकाश खुल्ला भएकाले बिहान चिसो बढेको हो । सामान्यतया आकाशमा राति बादल लाग्दा पृथ्वीले छोडेको ताप जमिनमै आउने भएकाले बिहान न्यानो नै हुने तर आकाश खुल्ला भए पृथ्वीको ताप आकाशमै हराउँदा जमिन सेलाएर बिहान चिसो बढ्ने महाशाखाले जनाएको छ । अघिल्लो बिहीबार ३४.५ डिग्री सेल्सियस मापन गरिएको विराटनगरको हिजोको न्यूनतम तापक्रम २४.५ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । त्यस्तै अघिल्लो बिहिबार न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम हिजो ६.२ डिग्री सेल्सियसमा झरेको छ । त्यसैगरी हिजोको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको अघिल्लो बिहीबारको तापक्रम २० डिग्री सेल्सियस रहेको थियो । अरु ठ...
सरकार र डा. केसी पक्षबीचको वार्ता निश्कर्ष विहीन

सरकार र डा. केसी पक्षबीचको वार्ता निश्कर्ष विहीन

समाचार
पूर्णपुष्टि, असोज २४  सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निश्कर्ष विहिन भएको छ । गतराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको डाक्टर केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । तर सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफल गर्नुपर्ने भएकाले राति निश्कर्ष ननिस्किएको बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । यसैबीच डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डाक्टर केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीले जनाएको छ । असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर मुटुले कामै गर्न नसक्ने अवस्था आउँन सक्छ । छातीमा पनि समस्या देखिएकाले रेडियोलोजिस्टसँग थप सल्लाह लिन ला...
कोरोना परिक्षणको माग गर्दै जलविद्युत आयोजनाका मजदुर आन्दोलित

कोरोना परिक्षणको माग गर्दै जलविद्युत आयोजनाका मजदुर आन्दोलित

समाचार
पूर्णपुष्टि, असोज २४ पिसिआर परिक्षणको माग गर्दै निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलीत भएको छ । मजदुर आन्दोलीत भएपछि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । १ सय ४० मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । एक मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै मजदुर र परिवारको पीसीआर परीक्षण गर्न माग गर्दै शुक्रबारदेखि मजदुरहरु आन्दोलनमा उत्रिएको आयोजनाले जनाएको छ । विद्युतगृह निर्माणको काम चलिरहेको बेला एक्कासी मजदुर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको जनाईएको छ । हिजो दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम्पमा फर्किएका छन् भने शनिबार पुनः छलफलको तयारी गरिएको छ । यस क्षेत्रका जनप्रतिनिधि, निर्माण क...
सुसाङ्ख्य कम्पनीको स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध

सुसाङ्ख्य कम्पनीको स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध

समाचार
पूर्णपुष्टि, असोज २४ औषधि व्यवस्था विभागले सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरको प्रयोगमा रोक लगाएको छ । सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको एरोसफ्ट इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह पनि गरेको छ । बजारमा बिक्री वितरणमा रहेको ह्याण्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ । यसअघि पनि औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका विभिन्न ९ ह्याण्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको थियो ।...
रानीपोखरी पुनर्निमाणको काम सम्पन्न

रानीपोखरी पुनर्निमाणको काम सम्पन्न

पर्यटन, समाचार
पूर्णपुष्टि, असोज २४ रानीपोखरी पुनर्निमाणको काम सम्पन्न भएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । यो काम केही दिनमा सकिने भएकाले पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवाद पछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुननिर्माण गरिएको हो । बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो । रानीपोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन विभिन्न माछाका भुरा पनि लगाउने जनाईएको छ । क्याटफिसबाहेक पोखरीमा...
रिडी–रुद्रवेणी सडक खुल्यो

रिडी–रुद्रवेणी सडक खुल्यो

समाचार
पुर्णपुष्टि, असोज २४ पहिरोले बन्द भएको रिडी–रुद्रवेणी सडक खुलेको छ । वर्षापछि आएको पहिरोले दुई हप्तादेखि बन्द गुल्मीको रिडी–रुद्रवेणी सडक शुक्रबार बेलुकादेखि खुलेको हो । सडकमाथिबाट चट्टानसहित खसेको ठूलो पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । पहिरोले दुई सय मिटरभन्दा बढी सडक पुरेकोे थियो । पटक–पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समय लागेको जनाईएको छ । सडक खुलाउन रिडी र रुद्रवेणी दुवैतर्फबाट चार दिनसम्म जेसीभी र एस्काभेटर परिचालन गरिएको थियो । गुल्मीको रिडी, रुद्रवेणी, वामीटक्सार हुँदै बाग्लुङका बुर्तिवाङ्गसम्म गाडी चल्ने गरेका छन् । सडक बन्द हुँदा आवतजावत र खाद्यान्न ढुवानीमा समस्या परेको थियो । चाडपर्वका लागि आवश्यक खाद्यान्नसहित गाडी बीच बाटोमै रोकिएका थिए । सडक खुलेपछि दुवै क्षेत्रमा रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् । रिडी–रुद्रव...
के हाे ए-लेभल शिक्षा : एक महत्वपूर्ण जानकारी

के हाे ए-लेभल शिक्षा : एक महत्वपूर्ण जानकारी

शिक्षा
यसका अन्तर्राष्ट्रिय ख्यातिले विधार्थीहरुलाई विश्वको राम्रो कलेजमा भर्ना तथा छात्रवृत्ति पाउन सजिलो र सम्भव हुने गर्दछ भविष्यमा आफुलाई राम्रो र दक्ष बनाउनका लागि ए-लेभल कोर्ष अत्यन्त राम्रो मानिन्छ । --- रमेश निरौला ए- लेभल इन्चार्ज (बिजयपुर ए- लेभल, सुनसरी, धरान)फोन : 9810447759, ईमेल  :   campion.dharan2019@gmail.com एस.ई.ई (एस.एल.सि) पछि आफनो सुनौलो भविष्यको निम्ति हरेक विधार्थी उत्कृष्ट शिक्षाको खोजीमा हुन्छन् । आफनै क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको अभावले पूर्वाञ्चलवासी हरेक वर्ष काठमाण्डौं जानुपर्ने बाध्यता रहिआएको थियो । यसै विषयलाई मध्यनजर गर्दै पूर्वाञ्चलमै पहिलो पटक बिजयपुर कलेज धरान ले संसारकै उत्कृष्ट क्याम्ब्रिज विश्वविधालयको ए-लेभल कोर्ष सञ्चालन गरेको छ । विगत १५ वर्षदेखि यसै क्षेत्रमा लागेका दक्ष र अनुभबिहरुद्धरा सञ्चालित यो कोर्ष अध्ययन गर्न अव काठमाण्डौं ...