Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

खुल्ला भलिबल प्रतियोगतीको उपाधी ताप्लिलाई

खुल्ला भलिबल प्रतियोगतीको उपाधी ताप्लिलाई

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २४ सातभञ्ज्याङ सक्रिय समाज ताप्लिले खुल्ला भलिबल प्रतियोगीताको उपाधी हात पारेको छ । रौतामाई गाउँपालिका–५ को ईमो आम्का बोखामा खाम्मातीमा टोल सुधार समिति धोद्रे र रौगापा–६ को रौता बजारको संयुक्त आयोजनामा भएको खुल्ला भलिबल प्रतियोगीताको उपधी ताप्लिले हात परेको हो । यहि असोज २२ गतेदेखि सुरु भएको प्रतियोगीतामा छिमेकी जिल्ला खोटाङको बाराहा पोखरी द्धितिय भएको छ भने रौगापा–३ लाफागाउँले तृतिय स्थान हात पारेको आयोजकले जनाएको छ । शनिबार भएको फाईन खेलमा बाराहालाई ताप्लिले १७–२५ को अन्तरले जिते भने दोस्रो सेटमा ताप्लिलाई बाराहाले २१–२५ को अन्तरले जित हात पारेको थियो । तेस्रो सेटमा बाराहालाई ताप्लिले २८–३० र चौथो सेटमा बाराहालाई ताप्लिले २१–३२ को अन्तरले जित हात पार्दै उपाधी चुमेको आयोजकका अध्यक्ष सितामार राईले बताए । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय टिमलाई २० हजार, १० ह...
नेपालमा थप ५००८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५००८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४  नेपालमा आज थप ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै गत २४ घण्टामा १ हजार २ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।...
उदयपुर सिमेन्टको स्तरउन्नती र दिर्घकालीन संरक्षका लागि अन्तरक्रिया

उदयपुर सिमेन्टको स्तरउन्नती र दिर्घकालीन संरक्षका लागि अन्तरक्रिया

समाचार
 पूर्णुपुष्टि, असोज २४ उदयपुर सिमेन्ट उद्योग पछिल्लो समय खस्कीदो अवस्थालाई मध्यनजर गर्दै दिर्घकालिन संरक्षण र स्तरउन्नती विषयक शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । देशभक्त जनगणत्रान्त्रिक मोर्चा नेपाल जिल्ला कार्यसमिति उदयपुरको आयोजनामा क्रान्तिकारी माओवादी, नेकपा, नेपाली कांग्रेश, राप्रपा, माओवादी मजदुर पार्टी र नागरिक समाज लगाएतले यसको दिर्घकालिन संरक्षण र स्तरउन्नतिमा सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने माग राख्दै अन्तरक्रिया गरेको हो । अहिलेको सरकार, कर्मचारी र माफियाहरुको संरक्षणका कारण देशकै गौरबको रुपमा परिचित उदयपुर सिमेन्ट उद्योग धरापमा परेको अन्र्तक्रियामा छलफल भएको छ । यस्तो ढंगले उद्योग संञ्चालन गर्ने कसैलाई पनि खबरदारी र सुधारका लागि आफुहरुले संघर्ष समेत गर्ने छलफलमा प्रस्तुत गरिएको छ ।  क्रान्तिकारी माओवादी पार्टीका केन्द्रीय सदस्य अमर नेपालीले उदयपुर सि...
डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन

समाचार
पूर्णपुष्टि, असोज २४ अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा विरोध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै विरोध प्रदर्शन भएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको आरोप छ । यहि असोज २२ गते सरकारी पक्षसँग समझदारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा रोकिएको जनाईएको छ । प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भए पनि आफूहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाई भएको प्रदर्शनकारीको आराप छ  । माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओ...
कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

समाचार
पूर्णपुष्टि, असोज २४  नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधनले भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने र केन्द्रीय कार्यसमितिको बैठक स्थगित गर्ने कांग्रेसले जनाएको छ । एकपछि अर्को समस्यासँगै केन्द्रीय समितिको बैठक नै अनिश्चित बनेको छ । असोज १५ गते नमुना संकलन भएकोमा केहि केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि १९ गतेको बैठक स्थगित भएको थियो । त्यसपछि भोलिका लागि तोकिएको बैठक पनि पूर्व कोषाध्यक्ष प्रसाईंको निधनले रोकिएको छ । कांग्रेसका केहि शिर्ष नेताहरु आइसोलेशनमा रहेकाले बैठक छिटै हुने सम्भावना हट्दै गएको छ ।...
युवा विदेशीन दिनुहुन्न : परराष्ट्रमन्त्री ज्ञवाली

युवा विदेशीन दिनुहुन्न : परराष्ट्रमन्त्री ज्ञवाली

समाचार
पूर्णपुष्टि, असोज २४ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युवाहरुलाई विदेशीन दिनुनहुने बताउनुभएको छ । स्थानीय तहरुले युवाहरुलाई अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभएको हो । रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन गर्न पुग्नु भएका मन्त्री ज्ञवालीले तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपन्क्षीपालन लगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुपर्ने बताउनुभयो । देशका शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेकाले त्यसलाई रोक्न सक्ने योजना बनाउन उहाँले निर्देशन पनि दिनुभयो । विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने विश्वास व्यक्त गर्नुभयो। सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन मन्त्रि ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रम...
यस वर्षको फूलपाती बढाइँ साङ्केतिक

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक

समाचार
पूर्णपुष्टि, असोज २४ कोरोना महामारीको कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक रुपमा मात्र आयोजना गरिने भएको छ  । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । यस वर्ष फूलपाती आगामी कात्तिक ७ गते शुक्रबार परेको छ । कोरोना सङ्क्रमणले गर्दा हर्षोल्लासका साथ नभइ धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन  प्रतिकात्मक रुपमा मात्र बढाइँ गरिने नेपाली सेनाले जनाएको छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिक रुपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना रहेको जनाईएको छ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४÷८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५÷२५ जनामा सीमित ग...
उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकाका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । त्रिनपा–१० का ३५ र ४८ वर्षिय पुरुष र ३७ वर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ३५ वर्षिय पुरुष त्रियुगा नगरपालिकाका कर्मचारी हुन भने ४८ वर्षिय पुरुष जिल्ला अस्पताल गाईघाटका प्राविधिक फाँटका कर्मचारी हुन् । त्यस्तै ३७ वर्षिय महिला जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा कार्यरत कार्यालय सहयोगीका श्रीमति रहेको खुल्न आएको छ । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ ।...
गाउँपालिका अध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि

गाउँपालिका अध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ नुवाकोटका दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । आफुहरुमा कोरोना संक्रमण पोजेटिभ देखाएपछि सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न अध्यक्षले आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जनाएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारी चालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् । गत बुधबार १८ जनाको स्वाब संकलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमणपश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि ...
बेलबारीमा ६ जना जुवाडे पक्राउ

बेलबारीमा ६ जना जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, असोज २४ मोरङको बेलबारीमा जुवा खेलिरहेका छ जना पक्राउ परेका छन् । बेलबारी नगरपालिका–४ गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका हुन् । स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । बेलबारी नगरपालिका–३ मैनावारी टोल निबासी ४० वर्षीय रित गुरुङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग निबासी ५६ वर्षीय सुजय गौतम, ५२ वर्षीय चन्द्र लिम्बु, झापाको दमक नगरपालिका–५ मन्टेश्वरी टोलका ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको ईटहरी उपमहानगरपालिका– १ हलगडाका ४७ वर्षीय प्रदीप तामाङ र धनुषाको चारनाथ गणेशमान नगरपालिका–८ पोर्ताहका ५० वर्षीय पर्शुराम भुजेल पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, २ लाख ५३ हजार नगद तथा स्कार्पियो गाडी, मोटरसाइकल र स्कुटरसमेत बरामद गर...