Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

खोलामा डुबेर १ जनाको मृत्यु

खोलामा डुबेर १ जनाको मृत्यु

समाचार
मोरङ, असोज २५ मोरङको करिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । कानेपोखरी–४ त्रिबेणी चोकका ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको हो । हिजो राती साढे १० बजे स्थानीय करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरुले डुबेर वेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेको थियो । पानीमा डुबेर वेहोस भएका माझीको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठन घोपा धरानमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि स्विटेकलाई

फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि स्विटेकलाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असोज २५ पोल्याण्डकी इगा स्विटेकले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि हात पारेकी छिन् । पेरिसमा भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई ६–४ र ६–१ को सेटमा पछि पार्दै स्विटेकले पहिलो पटक उपाधि जितेकी हुन् । १९ वर्षीया स्विटेक ग्राण्डस्लामको फाइनलमा पहिलो पटक पुगेकी हुन् । उनले चौंथो वरियताकी केनिनलाई हराएर उपाधि हात पारेकी जनाईएको छ । ५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी हुन् ।...
चिकित्सक संघद्धारा आन्दोलन फिर्ता

चिकित्सक संघद्धारा आन्दोलन फिर्ता

समाचार
पूर्णपुष्टि, असोज २५ सरकार र डाक्टर गोविन्द केसीबीच सहमति भएपछि आवासीय चिकित्सक सङ्घले आन्दोलन फिर्ता लिएको छ । हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेको थियो । तर राति सहमति भएसँगै संघले आन्दोलन फिर्ताको घोषणा गरेको हो । हिजो बेलुकी अबेरसम्म पनि डाक्टर केसीको मागमा सुनुवाइ हुने छाँट नदेखेपछि संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला विज्ञान प्रतिष्ठानमा आजदेखि आकस्मिक र कोभिड–१९ बाहेकका सबै उपचार बहिष्कार गर्ने संघले चेतावनी दिएको थियो ।...
साढे १ लाखसहति जुवाडे पक्राउ

साढे १ लाखसहति जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, असोज २५  नवलपरासीबाट साढे एक लाख नगदसहित चार जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले मध्यबिन्दु नगरपालिका–२, कोल्हुवाको एक होटलबाट एक लाख ५८ हजार नगदसति पक्राउ गरेको हो । जुवा खालबाट हेमकान्त चौधरी, बबरजंग चौधरी, विवेक थनेत र अरुण भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।...
ब्राजिलमा कोरोनाबाट डेढ लाख भन्दाबढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट डेढ लाख भन्दाबढीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज २५ ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख ५० हजार १ सय ९८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको जनाएको छ । ब्राजिलमा ५० लाख ८२ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भईसकेको जनाईसकेको छ । अमेरिकामा ७९ लाख ४५ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १९ हजारको मृत्यु भएको छ । त्यस्तै ७० लाख ५१ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ८ हजारको मृत्यु भईसकेका छन् । विश्वभर ३ करोड ७४ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये २ करोड ८१ लाख निको भएका छन् भने १० लाख ७७ हजारको भने मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।...
टिप्परमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

टिप्परमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज २५ भक्तपुरमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक लक्ष्मण ट्वाटीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामाको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
कोरोनाबाट थप २ जनाको मृत्यु

कोरोनाबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २५ कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ का  ७१ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको राति ९ः५५ बजे मृत्यु र १० बजे महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको जनाईएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संया २६ पुगेको छ ।...
रैथाने खाना जोगाउन चुनौती

रैथाने खाना जोगाउन चुनौती

समाचार
पूर्णपुष्टि, असोज २५ ४० औँ विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाईने भएको छ । ‘हाम्रो पहल ः दिगो कृषि, पोसिलो आहार’ नाराका साथ आजदेखि दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा कार्यक्रम गरिने कृषी विभागले जनाएको छ । आज कृषि प्रविधि र प्रयोग, रैथाने खाना, पर्यटन लगायतका विषयमा अन्तर्क्रिरया हुनेछ । त्यस्तै भोलि कोरोना, खाना र खेतीबालीको विषयमा छलफल हुने भएको जनाईएको छ । खाना र खेतीबाली : ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तर्क्रिरया हुने जनाईएको छ । रैथाने खाना र खेतीबाली जोगाउनु अहिलेको मुख्य चुनौती रहेको विभागले जनाएको छ । सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदो १५ वर्षभित्र भोकमरी अन्त्य गर्न ...
सरकार र डा. केसीबीच ८ बुँदे सहमति

सरकार र डा. केसीबीच ८ बुँदे सहमति

समाचार
पूर्णपुष्टि, असोज २५ सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ । गत भदौ २९ गतेदेखि अनशन बस्नुभएको डाक्टर केसीसँग गतराती सहमति भएको हो । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर अनशन बस्नुभएको डाक्टर केसीसँग सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने तयारी रहेको जनाईएको छ । बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।...
गोर्खा वयल फेयर ट्रष्ट धरानद्धरा खानेपानी योजना हस्तान्तरण

गोर्खा वयल फेयर ट्रष्ट धरानद्धरा खानेपानी योजना हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ उदयपुरको भोर्लेमा गोर्खा वयल फेयर ट्रष्ट धरानले भोर्ले खानेपानी योजना निर्माण कार्य सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका–१६ भोर्लेमा फेयर ट्रष्ट धरानको आर्थिक तथा प्राविधिक सहयोगमा भोर्ले खानेपानी योजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको हो । घर घरमा सुरक्षित शुद्ध पानी पुगेपछी खुसी भोर्लेबासी खुसी भएका छन् । शनिबार एक कार्यक्रमको साथ प्रदेश सांसद अम्बिका थापाले आयोजनाको उद्घाट गर्नुभयो भने गोर्खा वयल फेयरको प्रोजेक्ट मेनेजर कृष्णबहादुर सुब्बाले समुदायमा हस्तान्तरण गर्नुभएको हो । आयोजनाको उत्घाटन गर्नुहुदै सांसद थापाले सफा पानी पिउनु ,स्वस्थ्य रहनु, आफू सफा हुनु, घर वरिपरि पनि सफा राख्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । आगामी दिनहरूमा पानी बचत गर्दै कृषिजन्य वस्तु उत्पादन बढाउनमा जोड दिनु भयो । साथै आफ्नो तर्फबाट गर्नुपर्ने...