पूर्णपुष्टि, असोज २५
यो वर्षको दशैँमा नयाँ नोट सटही नगरिने भएको छ ।
आज नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीले गर्दा यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।
नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।...
पूर्णपुष्टि, असोज २५
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना हुनुभएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रीलाई कोरोना देखिएपछि उहाँको परिवार र सचिवालयका कर्मचारीको पनि परीक्षण हुँदैछ ।...
पूर्णपुष्टि, असोज २५
नेपालमा आज थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार चार सय २७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १ हजार ५ सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
अब नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६ सय १३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।...
पूर्णपुष्टि, असोज २५
जिल्ला अस्पताल उदयपुरका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि ईमरजेन्सि र प्रसुती सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ ।
४८ वर्षिष पुरुष रेडियोग्राफीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र प्रसूति सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टी भएकोले थप जोखिम बढ्न नदिन तथा सर्वसाधारणको स्वास्थ्यलाई मध्य नजर गर्दै ईण्डोर सेवा, ओ.पि.डी., ल्याब, एक्सरे सेवा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म सेवा बन्द गरिएको जनाईएको छ ।
यस अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको स्वाव संकलनको रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सी र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाईएको छ ।
अहिलेसम्म जिल्लामा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ ।...
पूर्णपुष्टि, असोज २५
उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कटारी नगरपालिकामा डाक्टर सहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कटारी अस्पतालका २ डाक्टर, २ कार्यालय सहयोगी, एक स्वीपर र अस्पताल परिषरमा क्यान्टि संचालक २ जनासहित सेन्चुरी बैंकका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको कटारी नगरपालिकाले जनाएको छ ।
कटारी अस्पतालमा उपचार गरेर काठमाडौं रेफर गरिएको एक विरामीमा कोरोना संक्रमण पुष्टी भएपछि असोज २१ गते ६४ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौँमा पठाईएको थियो ।
संकलित स्वाब मध्ये ५९ जनाको रिर्पोट मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ ।
काठमाडौं रेफर गरिएको विरामीमा कोरोना संक्रमण देखिएपछि कटारी अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको थियो ।
त्यस्तै...
पूर्णपुष्टि, असोज २५
कोरोना भाईरसको संक्रमणबाट उदयपुरको एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० का ६६ वर्षिय वृद्धको उचपारको क्रममा आज विहान मृत्यु भएको हो ।
उनलाई जिल्ला अस्पताल गाईघाटमा तीन दिन उपचार गरेपछि थप उपचारको लागि विराटनगरको न्यूरो हस्पिटल रेफर गरिएको थियो ।
शुक्रबार न्युरो हस्पिटलमा भर्ना गरेर उपचार सुरु गरेको थियो । उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
उनलाई स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटर भएको अस्पतालमा उपचारको लागी लगिएको मृतकका परिवारले जनाएको छ । उनी मधुमेहका विरामी समेत रहेको थियो ।
कहि कतै नहिडेका बृद्ध बुबामा कोरोना संक्रमण भयो भनेर अस्पतालले भन्दा आश्चर्यमा परेको परिवारले जनाएको छ ।...
पूर्णपुष्टि, असोज २५
आज सुन चाँदीको भाउ बढेको छ ।
सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
पूर्णपुष्टि, असोज २५
कोरोना सङ्क्रमणबाट विदेशमा कार्यरत थप १७ जना नेपालीको मृत्यु भएको छ ।
शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा थप १६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
कोरोना महामारी सुरु भएपछिका ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।
शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३६ हजार ६ सय ७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । सङ्क्रमित नेपालीमध्ये ८९ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।...
पुर्णपुष्टि, असोज २५
कोरोनाबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोबेल मेडिकल कलेज बिराटनगरमा थप ५ जनाको मृत्यु भएको छ ।
रानमा उपचाररत सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको हिजो राति ८ बजे, दुहवीका ६५ वर्षीय वृद्धको आज बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आज बिहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै नोबेलमा उपचाररत सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार महिलालाई २० असोजमा नोबेल अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।
७१ वर्षीय वृद्ध पुरुषको श्वासप्रश्वासमा समस्या भएकाले उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना ग...
झापा, असोज २५
झापा कमल गाँउपालिका–२ त्रिवेणी चौक बस्ने ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेको छ ।
हिजो साझँ पौने ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विषयमा बाद बिवाद हुदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...