Tuesday, August 11News That Matters

Month: ६ वर्ष अगाडि

लिम्चुङबुङ गाउँपालिकाको संक्षिप्त परिचय

लिम्चुङबुङ गाउँपालिकाको संक्षिप्त परिचय

आर्थिक, लिम्चुङबुङ डायरी
लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं= १ को उदयपुर जिल्लाको पश्चिम–उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउँपालिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन  एन २०७४, बमोजिम गाउँपालिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बाँस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६=८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ ।...
यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डको जित

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असोज २६ यूईएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डले जित हात पारेको छ । राती भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २–१ गोल अन्तरले पछि पार्दै जित हात पारेको हो । खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बेल्जियमले अग्रता बनाएको थियो । तर ३९ औं मिनेटमा मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई बराबरीमा पुर्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा इंग्ल्याण्डका मासुन माउन्टले गोलसँगै टिमलाई जित दिलाएको थियो । यो जितपछि समूह बी मा रहेको इंग्ल्याण्ड ७ अंकका साथ शीर्ष स्थानमा छ ।...
आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असोज २६ आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी भू–भागमा भने सामान्यता मौसम सफा रहनेछ । अब यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । भोलि र पर्सिको मौसम पनि सामान्यतया सफा नै रहनेछ । केही दिनयता मनसुन खासै सक्रिय छैन । बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको जनाईएको छ । जुम्लाको आज बिहानको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै काठमाण्डौको १६.५, दिपायलको १७.६,  डडेल्धुराको १३.३,  विराटनगरको १७  र पोखराको १८.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।...
१८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

१८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २६  आज नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकामध्ये ३ अर्बको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो । बैंकले ३ सय ६४ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ३ अर्ब बराबरको नयाँ र १५ अर्ब २५ करोड रुपैयाँ बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिल बोलकबोल विधिमार्फत् बिक्री हुनेछ । यसअघि राष्ट्र बैंकले गत मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।...
बढी भाडा लिनेलाई ठगी मुद्दा चलाउने

बढी भाडा लिनेलाई ठगी मुद्दा चलाउने

समाचार
पूर्णपुष्टि, असोज २६ ट्राफिक प्रहरीले चाडपर्वको मौका छोपी बढी भाडा असुल्नेलाई ठगी मुद्दा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारबाही गरिने जनाएको छ । चोक–चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर गाडीमाथि निगरानी बढाउने प्रहरीले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके कारबाही गर्ने जनाएको छ । यसवर्ष उपत्यकाका १४ ठाउँमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ । त्यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण हुने प्रहरीले जनाएको छ । लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारबाही गरीने भएको छ । त्यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महा...
अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले लुकायो

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले लुकायो

समाचार, संसार
पूर्णपुष्टि, असोज २६ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले लुकाएकोे छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गरेको थियो । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो भन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएको थियो । यो भन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताएको थियो । राष्ट्रपति ट्रम्पले पटक–पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आएको थियो । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै छ ।...
कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

समाचार
पूर्णपुष्टि, असोज २६ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले संसदीय दलभित्र अविश्वास प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री शाहीले संसदीय दल तथा सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै १८ सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । सरकारविरुद्ध हस्ताक्षर गर्नेमा पूर्वएमालेका १४ र पूर्वमाओवादीका चार जना छन् । पूर्वएमालेतर्फका यामलाल कँडेल, चन्द्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशीलकुमार थापा, मीना रखाल, दानबहादुर परियार, पदम रोकाया, पद्मा खड्का, कौशिलावती खत्री, खड्कबहादुर खत्री, बहमीक्यादी बोहरा र देवी ओली तथा पूर्वमाओवादी केन्द्रका पुष्पा घर्ती, राजु नेपाली, धर्मराज रेग्मी र डम्बरबहादुर विष्टले हस्ताक्षर गरेका छन् ।...
अरिङ्गालले टोकेर १ जनाको मृत्यु

अरिङ्गालले टोकेर १ जनाको मृत्यु

समाचार
खोटाङ, असोज २५  खोटाङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी–६ का २९ बर्षीय पातलसिंह राईलाई अरिङ्गालले टोकेर मृत्यु भएको हो । हिजो जंगलमा घाँस काट्न गएका राईलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएको थियो । अरिङ्गालले टोकेर वेहोस भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
झापा, असोज २५ झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ मेचीखोला बगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका हुन् । स्थानीय १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर–८ का २० बर्षीय सौगात राई पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान सवाँ ६ बजे पक्राउ गरेको हो । उनिहरुको साथबाट ४ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनामाथी ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...
विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये अन्नपूर्ण सर्किट

विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये अन्नपूर्ण सर्किट

पर्यटन, समाचार
पूर्णपुष्टि, असोज २५ विश्वकै चर्चित वेबसाइट 'लोन्ली प्लानेट’ ले विश्वकै उत्कृष्ट १० गन्तव्यमध्ये नेपालको अन्नपूर्ण सर्किटलाई समावेश गरेको छ । लोन्ली प्लानेटले कोरोना भाइरसले विश्वभरको पर्यटन क्षेत्र प्रभावित भएको तर अब सुरक्षित तरिकाले भ्रमणको लागि भन्दै विश्वका १० उत्कृष्ट गन्तव्य सार्वजनिक गरेको छ । लोन्ली प्लानेटको उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट दशौँ नम्बरमा परेको छ । वेबसाइटले अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रा भनेको छ । मन्दिर, डाँडापाखा, हिमाल, नदी, स्थानीय जनजीवन आदिको दृश्यावलोकन गर्दै अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दा निकै सन्तुष्टि प्राप्त हुने जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र, तिलिचो ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ, कालीगण्डकी उपत्यकालगायतका ठाउँको वर्णन वेबसाइटमा गरिएको छ । अन्नपूर्ण क्षेत्रको यात्रा चुनौतीपूर्ण, रोमाञ्चक र उत्प्र...