होटल भित्रै नक्कली महको धन्दा
पूर्णपुष्टि, असोज २६
गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह बनाउने समान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो ।
काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए ।
अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाउने छ ।
आफुसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको होटल सञ्चालकले बताएका छन् । उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिएका थिए । हिजो आइतबार अरु ६ जना आएर थपिएको होटल सञ्चालक लिलाबल्लभ पराजुलीले बताए ।
उनीहरुले आफूलाई मह व्यापारीका रुपमा चिनाएका थिए । उनीहरु दिउँसो मह बेच्न जाने र बेलुका...








