पोखरामा जटिल संक्रमितलाई समेत बेडको अभाव
पूर्णपष्टि,कार्तिक १६
पोखरामा कोरोना संक्रमित जटिल बिरामीहरुलाई प्रसस्त मात्रामा बेडको अभाव भएको छ । संक्रमितको बढ्दो संख्याका कारण पोखरामा सिकिस्त संक्रमित विरामीहरुलाई बेडको अभाव हुन थालेको हो । गत साता कोरोना संक्रमित पोखरा–१५ कि ५२ वर्षीया महिलालाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने भयो । आर्थिक अवस्था कमजोर रहेकी ती महिलालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइयो ।
कोभिड–१९ उपचार केन्द्र रहेको अस्पतालले आईसीयू बेड नभएको भन्दै फर्काउन खोज्यो । वडाध्यक्षको सिफारिसमा बल्लतल्ल बेड मिल्यो । आईसीयूमा राखेको तेस्रो दिन उनको निधन भयो ।
कोरोनाको ‘हटस्पट’ बन्दै गइरहेको पोखरामा जटिल अवस्थाका संक्रमितलाई राख्न आईसीयू र भेन्टिलेटरको अभाव भएको छ ।
पोखरा–१५ मा यो साता कोरोना संक्रमणबाट श्रीमान् र श्रीमतीले ज्यान गुमाए । कोरोना संक्रमित ८१ वर्षीय पुरुषको शुक्रबार पोखरा नयाँगाउँको ...


