इज्जत जाने भन्दै बुबा आमाले गरे छोरीको हत्या
पूर्णपुष्टि,मंसिर १५
रौतहत छोरीको प्रेम अस्वीकार गर्ने क्रममा बुबाले रकम दिएर छोरीको हत्या गर्न लगाएको खुलेको छ । दुई साताअघि माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा युवतीको गोली हानी हत्या भएको घटनामा बुबाआमा नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
युवतीका बुबाआमालगायत ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत कात्तिक २६ गते राति लौकाहा टोलका रामअयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृताकुमारीलाई आमा सीतादेवीसँग सुतिरहेको अवस्थामा हतियारधारी समूहले दाहिने कञ्चटमा गोली हानी हत्या गरेको थियो । प्रहरीले मृतकका ५५ वर्षीय बुबा, आमा, देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनियाका शेख अलियास, इस्लाम अन्सारी, शेख इम्ताज र परोहा नगरपालिका–४ का छोटेलाल साहलाई पक्राउ गरेको थियो ।
विवाहित छोरी अमृताको सम्बन्धविच्छेदपछि अर्कैसित प्रेम सम्बन्ध रहेको अभिभावकले थाहा पाएपछि इज्जतकै लागि ह...








