Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

झापामा खैरोहिरोईन ब्राउनसुगर सहित २ भारतिय नागरिक पक्राउ

झापामा खैरोहिरोईन ब्राउनसुगर सहित २ भारतिय नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर १४  झापाको भद्रपुर–४ नरसिंह बगान स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुहित २ भारतिय नागरिक पक्राउ परेका छन । भारत बिहार गलगलिया–४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अलीलाई आज विहान ११ बजे प्रहरीले पक्राउ गरेको हो । बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको  प्रहरी टोलीले  उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरु माथि थप अनुसन्धान भइरहेको छ ।...
सुनको भाउ आज पनि ओरालो

सुनको भाउ आज पनि ओरालो

आर्थिक, समाचार
 पूणर्पुष्टि, मंसिर १४ सुनको भाउ फेरी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो ।...
उद्योग बानिज्य महासंघको नयाँ नेतृत्वमा ढकाल

उद्योग बानिज्य महासंघको नयाँ नेतृत्वमा ढकाल

समाचार
पूणर्पुष्टि, मंसिर १४ नेपाल उद्योग बाणिज्य संघको नयाँ नृतृत्वमा चन्द्र प्रसाद ढकाल बिजयी भएको छ । ढकाल महासंघको बरिष्ठ उपाध्यक्षमा बिजयी भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । ढकाल ५४ प्रतिसत मत सहित बिजयी भएका हुन् । उनले शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का गरेका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको महासंघको  ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वमा ढककाललाई पाएको हो । आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई भारी मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार तीन वर्...
सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर १४ मोरङको २ छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुदा २ जनाका मृत्यु भएको छ । सुन्दरहरैँचा र उर्लाबारीमा शनिबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका–८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक घाईते भएका थिए । सुन्दरहरैचा नगरपालिका–५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । यसैगरी मोरङकै उर्लावारी नगरपालिका–८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन् । दुर्घटनामा पछाडी सवार तेह्रथुम म्याङलुङ–९ का ४५ बर्षिय श्याम तामाङको मृत्यु भएको छ । उनको उपचारको क्रममा अरनिको अस्पतालमा सवा ८ बजे मृत्यु भएको प्रहीले जनाएको छ...
ब्राउनसुगर सहित ६ जना पक्राउ

ब्राउनसुगर सहित ६ जना पक्राउ

समाचार
बिराटनगर, मंसिर १४   सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान(१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान (३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका ४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका  भद्रपुर(४ का १९ बर्षीय पुष्कर थापा, भद्रपुर(५ का २६ बर्षीय मदन बि.क., हल्दिवारी गाउँपालिका(१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका(४ का २१ बर्षीय राजन...
डिएगो म्याराडोनाको श्रदाञ्जली स्मृतिमा एक दिने मैत्रिपूर्ण खेल

डिएगो म्याराडोनाको श्रदाञ्जली स्मृतिमा एक दिने मैत्रिपूर्ण खेल

खेलकुद, समाचार
 पूर्णपुष्टि, मंसिर १३ विश्वकै प्रभावशाली खेलाडी तथा विश्व फुटवलका हस्ती डिएगो म्याराडोनाको श्रदाञ्जली स्वरुप गाईघाटमा एक दिने मैत्रिपूर्ण खेल भएको छ । शनिवार गाईघाटको थारुहट रंगशालामा श्रदाञ्जली कार्यक्रम सँगै खेलको आयोजना गरिएको थियो । त्रियुगा नगरपालिकाको सहयोग र जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा श्रदाञ्जली सँगै खेल भएको हो । कटारी नगरपालिकाको पूर्व खेलाडी ३५ बर्ष माथिका र गाईघाटका पूर्व खेलाडी ३५ बर्ष माथिका बिच खेल भएको थियो । खेलमा गाईघाटको तर्फबाट ५ गोल भएको थियो भने, कटारीको तर्फबाट ३ गोल भएको थियो ।  ...
जोडो मौसममा कोरोनाको दोस्रो लहर हुन सक्ने

जोडो मौसममा कोरोनाको दोस्रो लहर हुन सक्ने

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, मंसिर १३ कोरोना भाईरसको पहिलो लहर नसकिँदै जाडो मौसममा दोस्रो लहर सुरु हुन सक्ने भन्दै विज्ञहरुले स चेत रहन आग्रह गरेको छ । चिसोमा आरएनए भाइरस वृद्घि हुन सक्ने भएकाले कोरोनाको लहर दोस्रो अवस्थामा पुग्ने बिज्ञहरुले बताएका छन् । कोरोनाको दोस्रो लहरबाट बच्न नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ । ‘अहिले मुलुकमा देखिएको पहिलो लहर घटेर तल पुगेको छैन तर डिसेम्बरदेखि फेब्रुअरीसम्म दोस्रो लहर आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बताउनुभयो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसै साता चेतावनी जारी गर्दै दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन आग्रह गरेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्ष...
कटारीमा आगलागी हुँदा पाँच लाख बराबरको क्षती

कटारीमा आगलागी हुँदा पाँच लाख बराबरको क्षती

समाचार
पूणर्पुष्टि, मंसिर १३ उदयपुरको कटारीमा आगलागी हुदा ५ लाख बराबरको क्षेती भएको छ । कटारी नगरपालिका ५ सोक्लामा मोहन गरीको घरमा आगलागी भएको हो । टाटीको बेरा र टिनको छाना भएको १ तले घरमा खाना पाकाउने क्रममा ग्यास लिग भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगो नेपाल प्रहरीको बारुण यन्त्र र स्थानीय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीमा अन्नपात, लत्ता कपडा, भाँडा बर्तन, नगद रु २० हजार जलेको छ । आगो निभाउने क्रममा निज मोहन गरीको श्रीमतीको हात र खुट्टा आगोले पोल्दा सामान्य घाईते भएका छन् । उनीको हाल कटारी अस्पतालमा उपचार भईरहेको छ भने अन्य मानविय र पशु चौपायको भने कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।...
उदयपुरगढीमा भिरबाट लडेर १ को मृत्यु

उदयपुरगढीमा भिरबाट लडेर १ को मृत्यु

समाचार
पूणर्पुष्टि, मंसिर १३ उदयपुरको उदयपुरगढी गाउँपालिकामा बिहिबार भिरबाट लडेर एक जनाको ज्यान गएको छ । उदयपुरगढी गाउँपालिका ४ आछामे पाखाबाट लडेर ५३ बर्षिय ज्ञान बहादुर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यलय उदयपुरले थप अनुसन्धान गरिरहेको र लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।  ...
उदयपुरमा ट्याक्टरको ठकर बाट १ को मृत्यु

उदयपुरमा ट्याक्टरको ठकर बाट १ को मृत्यु

समाचार
पूणर्पुष्टि, मंसिर १३ उदयपुरमा ट्याक्टरको ठक्करबाट आईतबार एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १५ हुवासडहरमा स १ त ५७९७ न. को ट्याक्टरले बाटो काट्ने क्रममा ठक्कर दिदा सोही स्थानका १६ बर्षिय हिक्मत नेपालीको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरलाई साउने बाट खटिएको प्रहरी टोलीले घटना स्थलबाटै नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।...