Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

३ लाख बढी नगद सहित जुवा तास खेल्ने ७ जना पक्राउ

३ लाख बढी नगद सहित जुवा तास खेल्ने ७ जना पक्राउ

समाचार
पूणर्पुष्टि, मंसिर १३ मोरङको उर्लावारी नगरपालिका(९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका(९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका(८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका(३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका(५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् । पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।...
अत्याधिक गतिकाे अटाे र माेटरसाइकल ठक्करबाट नाैं घाइते

अत्याधिक गतिकाे अटाे र माेटरसाइकल ठक्करबाट नाैं घाइते

समाचार
पूर्णपुष्टि, मंसिर १२ ।  अत्याधिक गतिका कारण उदयपुरमा मोटरसाईकल र अटो (टेम्पो) एक आपसमा ठोक्किदा नौं जना घाइते भएका छन् । प्रदेश नं. ०२ ०१००३७ नम्बरको अटो र स ७ प ५०६७ मोटरसाईकल त्रियुगा नगरपालिका ७ कालिखोलामा आज एकआपसमा ठक्कर खाँइ दुर्घटना हुँदा एक बालिकासहित नौं जना घाइते भएका हुन् । मोटरसाईकलका दुईसहित नौजना घाइते भएका हुन् । घाइतेहुनेहरुमा त्रिनपा ८ बाघचौरीका ३५ वर्षिय लक्ष्मण राउत, सोही वडाको साहीखोलाका ४० वर्षिया सिता बस्नेत, ४० वर्षकै ज्ञानु कार्की, सोही वडाका ६५ वर्षिय हरि बुढाथोकी, ६० वर्षिया सेतीमाया विक, उनकी नातीनी ६ वर्षिय वालिका युना विक र त्रिनपा १० का ६० वर्षिया मसाली वि.क. घाइते भएका हुन् । त्यस्तै मोटरसाईकल चालक त्रिनपा ८ राजाबासका २७ वर्षिय राजेश चौधरी र पछाडि सवार उनकी श्रीमती २३ वर्षिया निसा चौधरी पनि घाइते भएका हुन् । गाईघाटबाट यात्रु बोकेर राजाबासतर्फ जादै ग...
वडाअध्यक्ष सहित ५ जनालाई पक्राउ पुर्जि जारी

वडाअध्यक्ष सहित ५ जनालाई पक्राउ पुर्जि जारी

समाचार
पूणर्पुष्टि, मंसिर १२ किर्ते नागरिकताको आरोपमा वडाअध्यक्ष सहित ५ जनालाई जिल्ला अदालत बाग्लुङले पक्राउ पुर्जि जारी गरेको छ । पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य लाई पक्राउ गरेका छन् । अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको हो । फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका-६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक व...
बेल्टारमा कार्यरत बिवेक तामाङ कार्तिक महिनाको सर्वोकृष्ट प्रहरी घोषित

बेल्टारमा कार्यरत बिवेक तामाङ कार्तिक महिनाको सर्वोकृष्ट प्रहरी घोषित

समाचार
पूणर्पुष्टि, मंसिर १२ १ नं प्रदेश प्रहरीको कार्तिक महनिाको सर्वोत्कृष्ट प्रहरीमा बेल्टारमा कार्यरत विबेक तामाङ घोषित भएका छन् । इलाका प्रहरी बेल्टारमा कार्यरत प्रहरी जवान तामाङ कार्तिक महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका हुन् । तामाङले अनुसन्धानको क्षेत्रमा बिषेश योगदान पुराउनुका साथै बिभिन्न जघन्य अपराध, फरार प्रतिवादी, अबैध धन्दा, लागुऔषाध, चोरी तस्करी जघन्य अपराध जस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्नमा अहम भुमिका खेलेको भन्दै प्रदेश प्रहरीले उनलाई सर्वोकृष्ट प्रहरीमा घोषित गरेको १ नं प्रदेश प्रहरीका सूचना समन्वय अधिकृत तथा प्रहरी नायव उपरिक्षक कबिन्द्र कुमार कार्कीले बताउनुभयो । प्रहरीको जिम्मेवारमा बफदार रही कानुन विपरित काम गर्ने व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई नागरिकहरुलाई सुरक्षाको अनुभुतिमा कमि नहुन तामाङले महत्वपूणर् भुमिका खेलको भन्दै सर्वोकृष्ट प्रहरीमा उनलाई...
गाईघाटको जोगि पोखरीबाट ३२ ट्याब्लेट नाईटोजेपाम सहित एकजना पक्राउ

गाईघाटको जोगि पोखरीबाट ३२ ट्याब्लेट नाईटोजेपाम सहित एकजना पक्राउ

समाचार
पूणर्पुष्टि, मंसिर १२ लागु औषाध सहित एक जनालाई त्रियुगा नगरपालिका १३ जोगिपोखरी बाट प्रहरीले पक्राउ गरेको छ । तरकारी बजारको गस्तीटोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ३ सप्तरी फत्तेपुर बस्ने १९ बर्षिय प्रदीप देउजा रहेको छ । प्रहरीले संका लागि उनलाई खानतलासी गर्ने क्रममा ३२ ट्याब्लेट नाईटोजेपाम फेला पारेपछि लागुऔषाध सहित उनलाई  नियन्त्रणमा लिई थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनुभयो ।...
बेलका नगरले एक सय ९० छात्रालाई साइकल बाँड्यो  सय ओटा अझै बाँड्ने

बेलका नगरले एक सय ९० छात्रालाई साइकल बाँड्यो सय ओटा अझै बाँड्ने

शिक्षा, समाचार
  ललित राई , बेलका, मंसिर १२ बेलका नगर सरकारले बालिका बिद्यार्थीहरुलाई बिहिबार ९० थान लेडिज साईकल वितरण गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको दोश्रो दिनको अबसर पारेर छात्राहरुलाई साईकल बितरण गरिएको हो । कार्यक्रम प्रदेश नं १ माननिय अम्बिका थापाको प्रमुख आतिथ्यमा बेलका नगर शिक्षा शाखाले प्रथम पटक तीन वटा बिद्यालयका ९० जना बालिका बिद्यार्थीहरुलाई साईकल बितरण गरिएको हो ।थप एक सय जना बालिका बिद्यार्थीहरुलाई पनि चाडै साईकल बितरण गरिने कार्यक्रममा बताईएको छ । प्रदेश संसद तथा साईकल वितरण कार्यक्रममका प्रमुख अतिथी माननिय अम्बिका थापाले हरेक निकायमा अब जनसंख्याको आधारमा समानुपातिक प्रणाली लागु हुनुपर्ने बिषयमा महिलाहरु लड्ने बताए।संसद थापाले पिछडीएको क्षेत्र,समुदायका महिलाले कुनैपनि कार्य गर्न नसक्ने भन्ने चिन्तनको अब अन्त्य हुनुपर्ने कार्यक्रममा बताए । कार्यक्रममका बिशे...
मोरङमा २ कोरोना संक्रमित वृद्धको मृत्यु

मोरङमा २ कोरोना संक्रमित वृद्धको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर ११ मोरङमा उपचाररत थप २ जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ का ७० वर्षीय र रतुवामाई नगरपालिका–८ का ८० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । वृद्धको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल कलेजमा भर्ना भएका थिए । उनीमा श्वाप्रश्वासमा समस्या हुको साथै खोकी लाग्ने र ज्वरो आउने लक्षण देखीएको अस्पतालले जनाएको छ । स्वास्थ्या अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो । त्यसैगरी कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ...
ताप्ली गाउँपालिकाको कार्यलयमा बम बिस्पोट गराएको अभियोगमा बिप्लवका २ कार्यकर्ता पक्राउ

ताप्ली गाउँपालिकाको कार्यलयमा बम बिस्पोट गराएको अभियोगमा बिप्लवका २ कार्यकर्ता पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर ११ ताप्ली गाउँपालिकाको कार्यलयमा बम पड्काएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी ( विप्लव समूहका २ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ५ रुपमाटारका गौरबहादुर देवकोटा र ताप्ली गापा १ ओख्ले घर भएका रितु विक रहेका छन् । केहिदिन अघि मात्र ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्पोट भए सँगै प्रतिवन्धित पार्टी नेत्र विक्रम चन्द नेतृत्व – विप्लव समूहका २ कार्यकर्ता बुधबार पक्राउ परेका छन् । बिक जिल्ला समिति सदस्य हुन भने देवकोटा हाल समूह(पार्टी) मा आवद्ध नरहेका व्यक्ति भएको विप्लव समूहका उदयपुर इन्चार्ज विजय रामले बताएको छ । उनिहरुलाई दिउँसोको समयमा घरैबाट प्रहरीले पक्राउ गरेको हो,’ इन्चार्ज बिजय रामले बताए ।  के को लागि पक्राउ गरेको थाहा भएन् ।’ उनले भने, घटनामा संलग्नहरुको खोजी जारी राखेको प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएक...
यो वर्ष कम जाडो हुने मौसमविदहरुको भनाई

यो वर्ष कम जाडो हुने मौसमविदहरुको भनाई

समाचार
पूर्णपुष्टि, मंसिर ११  मौसमविदहरुको अनुसार यो बर्ष कम जाडो हुने बताएको छ । नेपालमा ३० वर्षको सरदर तापक्रम हेर्दा कुनै(कुनै स्थानमा न्युनतम तापक्रम औसतभन्दा माइनस ४ डिग्री सेल्सियससम्म पुगेको र काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम माइनस ३ डिग्री हाराहारी पुगेको पाइएको छ । ३० वर्षको जाडोयामको तुलनाको आधारमा नेपालमा यो वर्षको जाडोयाममा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो । ३० वर्षअघिको सरदर मौसमी अवस्थालाई हेर्ने हो भने अधिकतम तापक्रम तीन÷चार दिनदेखि घट्न थालेको छ । न्यूनतम तापक्रम भने करिब १०÷१५ दिनदेखि नै घटिरहेको छ । त्यसैले बिहानको समयमा जाडो बढेको महसुस भइरहेको छ ।’ यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरु छ । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना) मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो । ...
इन्जिनियर दिपक रानाको ब्यक्तिगत लगानीमा बेल्दोभान देखि फोक्सीन्टार सम्मको सडक सफाई

इन्जिनियर दिपक रानाको ब्यक्तिगत लगानीमा बेल्दोभान देखि फोक्सीन्टार सम्मको सडक सफाई

समाचार
पूणर्पुष्टि, मंसिर ११ एसियन पेन्समा हेटौँडामा कार्यरत त्रियुगा नगरपालिका वडा नं १६ का इन्जिनियर दिपक रानामगरले आफ्नो व्यक्तिगत लगानीमा सडक सफाई गराएको छ । १६ नं वडाको बेल्दोवान देखि फोक्सिन्टार सम्मको सडक सफाईमा रानाले आफ्नो व्यक्तिगत लगानी गरेका छन् । आफ्नो गाउँ आफै बनाउ अभियान अन्तर्गत रानाले पहिले पनि गाउँठाउँका लागि थुप्रै सामाजिक सहयोग र आर्थिक विकास तथा पर्यटन विकासमा समेत टेवा पुराउने कुरोमा व्यक्तिगत जोड गर्दै आएका थिए । बर्खामासमा पानीले असर पारेको बाटोलाई सरकारको मुख नताकी आफ्नै व्यक्तिगत लगानी गरी रानाले बाटो सफाई गराएको हो । अहिले बाटो सफा भएपछि त्यहाँका स्थानीयहरुलाई आवत जावतमा अति सुविधा मिलेको स्थानीय हेमराज समाल मगरले बताए । सडक भएपनि ठाउँठाउँमा पहिरो र माटोका कारण गाउँसम्म सवारी आवत जावतमा समस्या पुग्ने समस्या रहेको थियो । अहिले बाटो बनेपछि गाउँमा सवारी र खाद्यन्नका ...