Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

दिपक मनाङगेको श्रीमती हेटौँडाबाट पक्राउ

दिपक मनाङगेको श्रीमती हेटौँडाबाट पक्राउ

समाचार
पूणर्पुष्टि, मंसिर १० गण्डकीं प्रदेश साम्सद दिपक मनाङगे ( राजिव गुरुङ ) को श्रीमतीलाई मुर्ति चोरीको आरोपमा प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । मनाङगेका श्रीमती दिक्छेन डोल्मा लामालाई बुधबार हेटौँडा स्थित माईतीमा बस्दै आईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाइएको डीएसपी रानाले बताएका छन् ।...
प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

समाचार
   पूणर्पुष्टि, मंसिर १० मोरङको बिराटनगर (१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेका हुन् । यादवको घरमा खानतालासी गर्दा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा क्तभचष्भि ध्बतभच ायच क्ष्लवभअतष्यल क्ष्उ द्धघड उअक, म्यहथअथअष्लिभ द्धद्दज्ञ उअक, ः(एचष्कय िद्धण् क्ष्लवभअतष्यल घछण् उअक, ल्भयउचबतभ छm िद्दण्ण् उअक, इपभचयल (ज्ञछट उअक, क्गअयक्गिअअष्लथ िअजयष्लिभ क्ष्लवभअतष्यल क्ष्उ ज्ञण्ण् उअक  लगायतका प्रतिवन्धित औषधीहरु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्या...
लैंगिक हिंसा सम्बन्धि १६ दिने अभियान उदयपुरमा बुधबारदेखी सुरु

लैंगिक हिंसा सम्बन्धि १६ दिने अभियान उदयपुरमा बुधबारदेखी सुरु

समाचार
पूणर्पुष्टि, मंसिर १० १६ दिने लैँगिक हिंसा बिरुद्धको अभियान उदयपुरमा बुधबारदेखी सुरु गरिएको छ । सँधा झै यो बर्ष पनि बिभिन्न लैँगिक हिंसा सम्बन्धि कार्यक्रमहरु सँगै अभियान १६ दिन सम्म मनाईने भएको छ । ‘लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुलनाराका साथ १६ दिनसम्म सञ्चालन हुने उक्त अभियानको उद्घाटन बुधबार जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नालले गर्नुभयो । ओरेक नेपालको रजत स्तम्भमा दिपपज्वलन गरी उद्घाटन कार्यक्रमको भव्य उद्घाटन भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि अभियान संचालन गरिन्छ । अभियानको उद्घाटन गर्दै प्रमुख दर्नालले लिंगका आधारमा गरिने विभेद्ले समाज र राष्ट्रलाई नै कुरुप बनाएको बताए । उनले लैङ्गिक हिंसा मुक्त समुन्नत समाज निर्माण गरी  राष्ट्रलाई नै सभ्य र सुसंस्कारयुक्त...
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

समाचार, स्वास्थ्य
पूर्णपुपष्टि,मंसिर १० देशभर आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । नियमित कार्यक्रमअन्तर्गत ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि, पोषण तत्त्वले बनेको बालभिटा खुवाउने र बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिने परिवार कल्याण महाशाखाले जनाएको छ । बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ । देशभरका २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने  ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि २ दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ । दुईदिने भिटामिन ’ए’ कार्यक्रमा देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियता रहेको छ ।...
बैँक गार्डलाई खुकुरी हानेर भाग्ने एकजना पक्राउ

बैँक गार्डलाई खुकुरी हानेर भाग्ने एकजना पक्राउ

समाचार
पूणर्पुष्टि, मंसिर १० बैँकको सुरक्षा गार्डलाई खुकुरी प्रहार गरी भाग्ने ३१ बर्षिय शशि थापालाई बानेश्वर प्रहरीले बुधबार पक्राउ गरेको छ । गत असोज २९ गते बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका काठमाडौं महानगरपालिका थापागाउँ बस्ने थापालाई प्रहरीले पक्राउ गरेको हो । बैंकका रकम झिक्न गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहारगरी सुरक्षा गार्डलाई गम्भीर बनाई थापा त्यसलगत्तै फरार भएका थिए । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको र आवश्यक अनुसार कार्वाही चलाउन तयारी भईरहेको जनाएको छ ।...
करेन्ट लागेर एक पुरुषको मृत्यु

करेन्ट लागेर एक पुरुषको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर  १० करेन्ट लागेर महोत्तरीमा एक पुरुषको मृत्यु भएको छ । भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो । भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा साहलाई करेन्ट लागेको थियो । सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका साहलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबास लैजाने क्रममा बाटोमै मत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप  अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
यो बर्ष खोटाङमा दुई हजार ३८८ घरमा जस्ताको छाना लगाईने

यो बर्ष खोटाङमा दुई हजार ३८८ घरमा जस्ताको छाना लगाईने

समाचार
पूणर्पुष्टि, मंसिर १०  खोटाङको दशटा स्थानीय तहमा यो बर्ष देखी जस्ताको छानो लगाउने अभियान सुरु गरिने छ । यो बर्ष २ हजार ३८८ घरमा जस्ताको छानो लगाईने भएको छ  । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार जस्ताको छानो अभियान सुरु गरिएको हो । १० वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण कार्यक्रममा ऐँसेलुखर्क गाउँपालिकामा २३१, रावाबेँसी गाउँपालिकामा २०६, जन्तेढुङ्गा गाउँपालिकामा २२०, खोटेहाङ गाउँपालिकामा २८०, केपिलासगढी गाउँपालिकामा २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २०३, साकेला गाउँपालिकामा १५० र बराहपोखरीमा गाउँपालिकामा १९६ घरधुरीले जस्ता छाना पाउनेछन् । यस वर्ष फुसको छाना भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । “आगामी वर्ष जिल्ला...
आज सुनको भाउमा गिरावट

आज सुनको भाउमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,मंसिर  १० सुनको भाउमा आज गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुनको भाउ ९२ हजार ५ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघकाअनुसार  कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ । सुनको भाउ ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगबार प्रतितोला १ हजार ८ सय रुपैयाँले सुनको भाउ घटेको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बुधबार १ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।...
१६ महिने बालिकाको घाँटीमा ढुङ्गा अड्कीएर मृत्यु

१६ महिने बालिकाको घाँटीमा ढुङ्गा अड्कीएर मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर १० कञ्चनपुरमा १६ महिने एक बालिकाको घाँटीमा ढुङ्गा अड्कीएर मृत्यु भएको छ । बेदकोट नगरपालिका वडा नं. ९ सुन्दरपुरका १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्कीएर मृत्यु भएको हो । घर आँगनमा खेल्ने क्रममा बालिकाले मुखमा ढुङ्गा हाल्दा घाँटीमा अड्केको थियो । उनलाई महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरेको प्रहरीले जनाएको छ । उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
कोरोना भाईरसको खोप खरिद गर्न नेपाल सरकारले  ५० अर्बको कोष खडा गर्यो

कोरोना भाईरसको खोप खरिद गर्न नेपाल सरकारले ५० अर्बको कोष खडा गर्यो

समाचार
पूणर्पुष्टि, मंसिर १० विश्व माहामारी कोरोना भाईरस ( कोभिड ) १९ नियन्त्रण हुन अझै सकेको छैन् । विश्का बिभिन्न देशहरुमा संक्रमणको संख्याहरु अझै पनि उत्तिकै व्यापक छन् । विश्वको बिभिन्न देशहरुले कोरोना खोप बनाई परिक्षणको तयारीमा जुटिरहेको छ । नेपालमा पनि कोरोना संक्रमण जटिल बन्दै गएको छ । यसका लागी नेपाल सरकारले विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउनासाथ खरिद गर्नका लागि ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिनुुभयो । डा....