Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ घाईते

जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ घाईते

समाचार
पूणर्पुष्टि, मंसिर १० तिब्र गतिका कारण बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा मंगलबार जिप दुर्घटना भएको हो । घाईतेहरुका अनुसार साँगुरो बाटोमा तिव्र गतिका कारण दुर्घटना हुन गएको हो । दुर्घटनामा परि अन्य ५ जना घाईते भएकाछन् । मृतक पाँचै जना भारतबाट पेन्सन बुझेर घर फर्किएका थिए । जीप सडकबाट २५० मिटर तल खसेको थियो । जीपमा चालकसहित १० जना सवारी रहेको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका-५ अड्तोलाका ७७ वर्षीय भगीरथ पाण्डे, दशरथचन्द नगरपालिका-५ बस्कोटका ७२ वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँकी ७५ वर्षीया पार्वती चन्द र दशरथचन्द नगरपालिका-२ देहिमाडौंका ५८ वर्षीय कृष्ण लावड रहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी घाइते हुनेमा दशरथचन्द-९ बस्न...
टाउको शल्यक्रिया पछि मृत्यु भएको युवाको पेट चिरेको थाहापाएपछि जलाउन लागिएको शब पोष्टमार्टम गर्न हस्पिटल लगियो

टाउको शल्यक्रिया पछि मृत्यु भएको युवाको पेट चिरेको थाहापाएपछि जलाउन लागिएको शब पोष्टमार्टम गर्न हस्पिटल लगियो

समाचार
पूर्णपुष्टि,मंसिर ९ मोरङ स्थित बिराटनगरको नोवेल शिक्षण अस्पतालले टाउको शल्यक्रियामा पेट चिरेको पाईएको छ । मोरङको केराबारीका एक युवाको टाउको शल्यक्रिया गर्दा पेट चिरिएको पार्ईएपछि आफन्तहरुले लाश दाहसंस्कार गर्न मानेका छैन्न । टाउको शल्यक्रिया पश्चात युवाको उपचारको क्रममा शुक्रबार मत्यु भएको थियो । यता पेट चिरेको पाइएपछि शव उठाएर पोस्टमार्टमका लागि लगिएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो । घाटमा पु¥याएर शवलाई चितामा चढाउँदै अन्त्येष्टि गर्न ठिक्क पार्दा पेट चिरेर पाँच टाँका लगाइएको देखेपछि आफन्त, परिवारका सदस्य र स्थानीय बासिन्दाले दाहसंस्कार गर्न मानेनन् । स्थानीय राम कार्कीका अनुसार राति करिब ८ बजे चितामा राखेर शवमा आगो लगाउनलाई शरीरका कपडा खोल्ने क्रममा पेटमा ब्यान्डेज गरेको देखिएको...
मोरङमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु, तीन गम्भिर घाईते

मोरङमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु, तीन गम्भिर घाईते

समाचार
पूर्णपुष्टि,मंसिर ९ मोरङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । बेलबारी नगरपालिका–४ मा दुईवटा मोटरसाइकल बेलुका साँढे पाँच बजेतिर एकआपसमा ठोकिदा बेलबारी–७ का ३७ वर्षीय नवीन पौडेलको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ –०२–०४२ प ४२१६ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा परी को ३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बेलुका ७ः१० बजेतिर विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जाएको छ । उक्त मोटरसाइकलको पछाडि सवार २६ वर्षीय मनोज विष्ट घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । उनको बेलबारी सामुदायिक अस्पतालमा...
६ वर्षीया बालिका हत्याको आरोपमा पक्राउ परेको साहको घरमा आगजानी

६ वर्षीया बालिका हत्याको आरोपमा पक्राउ परेको साहको घरमा आगजानी

समाचार
पूर्णपुष्टि,मंसिर ९ ६ बर्षिय बालिका हत्याको आरोपमा पक्राउ परेका अरुण कुमार शाहको घरमा स्थानीयहरुले आगजानी गरेको छ ।  स्थानीयहरुले मंगलबार उनको घरमा आगजानी गर्नुका साथै तोडफोड समेत गरे ।  हत्याको कारण र निष्पक्ष छानविनको माग गर्दै स्थानीयहरुले शाहको घर तोडफोड सँगै आजानी गरेको हो । महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा २५ वर्षीय साहलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेकाको साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका–१४ बस्ने शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार घर नजिकै फेला परेको थियो । उनी आइतबारदेखि बेपत्ता थिइन् । बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित प...
कोरोना संक्रमण बाट इनिस्पेक्टरको मृत्यु

कोरोना संक्रमण बाट इनिस्पेक्टरको मृत्यु

समाचार
पूणर्पुष्टि, मंसिर ९ कोरोना संक्रमणका कारण सशस्त्रका प्रहरी निरीक्षक ( इनिस्पेक्टर ) नविन बुढाथोकीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत इन्स्पेक्टर) बुढाथोकीको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो । उनलनलाई बिराट मेडिकल कलेजको भेन्टीलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा मृत्यु भएको हो । बुढाथोकी कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए । वि.स. २०६८ सालमा बुढाथोकी सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी बल एक नम्बर बाहिनी पकलीका एसएसपी कमल गिरीका अनुसार बुढाथोकी तेह्रथुमको म्याग्लुङ नगरपालिका-१ का हुन् । कोरोनाको लक्षण जस्तो भएपछि उनलाई हस्पिटल भर्ना गरिएको थियो । स्थिति गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलार्ई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।...
भरुवा बन्दुक सहित उदयपुरमा २ जना पक्राउ

भरुवा बन्दुक सहित उदयपुरमा २ जना पक्राउ

समाचार
पूणर्पुष्टि, मंसिर ९ भरुवा बन्दुक सहित उदयपुरको कटारीबाट २ जना पक्राउ परेको छ । उनिहरुलाई कटारी बाट खटिएको प्रहरी टोलीले बिषेश सुराकीको आधारमा कटारी नगरपालिका ७ स्थित मर्जेतपुरबाट सोमवार पक्राउ गरेको हो । पक्रउ पर्नेमा उनिहरुको साथबाट एक नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ७ मर्जेतपुर बस्ने वर्ष ३० को रुद्र बहादुर तामाङ र बर्ष ३४ को कृष्ण बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनिहरुलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ ।...
बैदेशिक रोजगारबाट फर्किएका त्रियुगा नगरपालिकाका कृषकहरुलाई ५० लाख बढीको कृषि तथा पशु सामाग्री वितरण

बैदेशिक रोजगारबाट फर्किएका त्रियुगा नगरपालिकाका कृषकहरुलाई ५० लाख बढीको कृषि तथा पशु सामाग्री वितरण

समाचार
पूणर्पुष्टि, मंसिर ३ त्रियुगा नगरपालिका कृषि शाखाले बैदेशिक रोजगारबाट फर्किएका त्रियुगा नगरपालिका भित्रका कृषकहरुलाई ५० लाख २० हजार ९ सय ५० रुपयाँको कृषि तथा पशु सामाग्री वितरण गरेको छ । स्विस सरकारको आर्थिक सहयोग हेल्वेटास नेपालको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका कृषि शाखामार्फत विदेशबाट फर्किएका युवाहरुलाई आईतबार कृषि तथा पशु सामग्री वितरण गरिएको हो । कृषि तथा पशु सामाग्री त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले वितरण गर्नुभयो । सामाग्री वितरण सँगै मेयर चौधरीले व्यवसायिक कृषकलाई बैंकसँग सहकार्य गरेर विना धितो ५० लाख सम्मको ऋण उपलब्ध गराउन नगरपालिका जमानी बस्न तयार रहेको बताउनु भएको छ । त्रियुगा नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर कृषक समूहको योजना सहित कृषकलाई विना धितो बैंकबाट ५० लाखसम्मको ऋण उपलब्ध गराउने बारे छलफल भईरहेको मेयर चौधरीले बत...
झापामा आफ्नै श्रीमतीको हत्यामा संलग्न एक पुरुष पक्राउ

झापामा आफ्नै श्रीमतीको हत्यामा संलग्न एक पुरुष पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर ८ झापामा आफ्नै श्रीमतीको हत्यामा संलग्न एक पुरुष पक्राउ परेको छ । दमक– १ का चूडामणि भण्डारीले आफ्नै श्रीमतीको हत्या गरेका हो । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीकाअनुसार भण्डारीले श्रीमतीको हत्या किन गरे भन्ने विषय खुली नसकेको र उनलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।...
२७ बर्षिय अंशु गुरुङ बेलायती सेनामा पहिलो युवती क्याप्टेन

२७ बर्षिय अंशु गुरुङ बेलायती सेनामा पहिलो युवती क्याप्टेन

समाचार
  पूणर्पुष्टि, मंसिर ८ बेलायती सेनामा नेपालकी युवती अंशु गुरुङ पहिलो नेपाली युवतीको क्याप्टेन बेनेकिछिन् । अंशु कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् । बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा लामो समय भइसक्यो । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरु समेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन भइसकेको छैन । पछिल्ला केही वर्षमा बेलायतबाटै फाट्टफुट्ट रुपमा केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती हुने गरेकोमा क्याप्टेन जस्तो उच्च पदमा अंशुको प्रवेशले थप नेपाली युवतीहरुलाई बेलायती सेनातर्फ आकर्षित गर्ने आशा गर्न सकिने भएको छ । अंशु अहिले सम्मकै पहिलो युवतीको...
चितवनमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवनमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर ८ चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ निवासी ५० वर्षीय आइतबहादुर चेपाङको मृत्यु भएको हो । आइतबार निकुञ्जभित्र घाँस काट्न जाने क्रममा चेपाङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले चेपाङलाई कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ । ४० वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका चेपाङलाई हात्तीले आक्रमण गरेको थियो भने श्रीमती बच्न सफल भएको प्रहरीले जनाएको छ ।...