Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

एमसीसी र सिमा बारे ७ दलको बिरोध

एमसीसी र सिमा बारे ७ दलको बिरोध

समाचार
पूणर्पुष्टि, मंसिर ७ देशको पछिल्लो अवस्थालाई नियाल्दै देशमा भईरहेको गतिविधिबारे सचेत रहन आग्रहका साथ उदयपुरमा ७ दलले बिरोध प्रदर्शन गरेको छ । आईतबार गाईघाट स्थित पिपलचोकमा जिल्लामा रहेका ७ दल पार्टीले संयुक्त रुपमा सरकारको निणर्यहरु प्रति आपत्ति जनाएको हो । हाल नेपालमा एमसीसी ख्यारेज गर्नु पर्ने  उनिहरुले बिषेश माग राखेका छन् । नेपाली जनताहरुलाई घातक हुने निणर्य सरकारबाट भईरहेको भन्दै यसको ख्यारेज गर्न माग गरेका हुन् । एमसीसी सँगै राष्ट्रियताको लागि सिमा सम्बन्धि सरकारले तत्काल भुमि फिर्तामा जोड गर्नु पर्ने माग राखेका छन् । नेपालमा पछिल्लो समय भईरहेको भ्रष्टचार, अन्यायलाई पनि तत्काल रोक्न अनुरोध गरेका हुन् । केन्द्रमा २२ दलिय भनेर भनाईको समिति उदयपुरमा भने ७ ओटा मात्र पार्टी रहेको माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राईले बताउनुभयो । देशभक्त जनगणत्रान्त्रिक म...
तनहुँमा चाडपर्वको समयमा ७२ जुवाडे पक्राउ

तनहुँमा चाडपर्वको समयमा ७२ जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर ७  तनहुँमा चाडपर्वको समयमा विभिन्न स्थानबाट गरी प्रहरीले ७२ जना जुवाडेलाई पक्राउ परेको छ । चाडपर्वको समयदेखी शनिबारसम्म जुवाखालबाट प्रहरीले ७ लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिएता पनि फैसला हुन बाँकी रहेको प्रहरीले जनाएको छ । जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद साथै ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को  १३२ नंम्बरमा उल्लेख गरेको छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीकाअनुुसार जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरीएको हो । प्रहरीले जुवात...
विराटनगरमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा

विराटनगरमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा

समाचार
पूर्णपुष्टि,मंसिर ७ विराटनगरमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवामा बिहान तस्करीको समान प्रहरीले नियन्त्रणमा लिएको हो । ८–१० जनाको समूहले भन्सार छली गरेर भारतबाट लुकाईछिपाई ल्याएको सामान नियन्त्रण गर्न खोज्दा प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीकाअनुसार तस्करीमा संलग्न रविना खातुन एक बोरा कम्मरमा लगाउने पेटीसहित पक्राउ परेकी छिन् भने अरु फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर ७ बाराको महागढीमाई नगरपालिका–८ जोलगाभामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साहको मृत्यु भएको हो । जवान पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत थिए । जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको घटनटस्थलमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले सञ्जय प्रसाद यादवलाई घाइते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।...
बिभिन्न कार्यक्रम गरी नवौँ कर दिवस गाईघाटमा सम्पन्न

बिभिन्न कार्यक्रम गरी नवौँ कर दिवस गाईघाटमा सम्पन्न

आर्थिक, समाचार
पूणर्पुष्टि, मंसिर ७  करताता सेवा कार्यलयले सप्ताव्यापी कार्यक्रमको रुपमा मनाउँदै आएको नवौँ राष्ट्रिय कर दिवस सम्पन्न भएको छ । मंसिर ३ गते बाट बिभिन्न कार्यक्रम तथा अभियानहरु संञ्चालन गर्दै आएका कार्यलयले आइतबार कार्यक्रमलाई समापन गरेको हो । विगत झै यो बर्ष पनि बिभिन्न महत्वपूणर् कार्यक्रमहरु सँगै कर सप्ताह कार्यक्रमको समापन भएको करदाता सेवा कार्यलय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले बताउनुभयो । नवौँ राष्ट्रिय कर दिवसमा बिषेशगरी आर्थिक ऐन २०७७ मा लिएको छुट सुविधा बारे राजश्व छुट (कर स्किम) सम्बन्धि बिषेश रुपमा प्रचार प्रसार गरिएको बुढाथोकीले बताउनुभयो । उदयपुरको मुख्य बजाहरु गाईघाट, कटारी, बेल्टार र रामपुर लगाएत व्यपारी केन्द्रहरुमा यसको व्यापक प्रचार प्रसार गरिएको उहाँले बताउनुभयो यो वर्षको कर चुक्ता गर्दा बिभिन्न ४ प्रकारका सुविधा लिनसक्ने कर अधिकृत बुढाथोकीले बताउनुभयो ।...
सुत्केरीको मृत्युपछि चिकित्सक फरार

सुत्केरीको मृत्युपछि चिकित्सक फरार

समाचार
पूर्णपुष्टि,मंसिर ७ सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको छ । सुखीपुर नगरपालिका–९ बैशाखा गाउँकी २७ वर्षीया आरती साहको मृत्यु भएको हो । सुत्केरीको मृत्यु पश्चात अस्पतालका चिकित्सक फरार भएका छन् । उनलाई शनिबार दिउँसो ४ बजे अस्पतालमा भर्ना गरिएको  थियो । उनको राती शल्यक्रिया गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । महिलाको मृत्यु भएपछि आक्रोशित उनका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी खटाएको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।...
ताप्ली गाउँपालिकाको भवनमा बम विस्पोट

ताप्ली गाउँपालिकाको भवनमा बम विस्पोट

समाचार
पूणर्पुष्टि, मंसिर ७ उदयपुरको ताप्ली गाउँपालिकामा शक्तिशाली बम विस्पोट भएको छ । शनिवार राति करिब १ बजेको समयमा रुपाटार ५ स्थित बम विस्पोट भएको हो । नागरिक सहायता कक्षमा बम विस्फोट हुँदा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिनुभयो । विस्फोटले ती सबै कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिनुभयो । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा एउटा बम विस्फोट गराएको थियो भने अर्को बम विस्फोट हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बम विस्फोटको जिम्मा कसैले नलिएकोले अज्ञात समूहनै रहेको एसपी दाहालले जानकारी दिनुभएको छ । गाउँपालिकाको आफ्नै ...
त्रियुगा नगरपालिकाले जेसिबी र मेसनरी सामान खरिद गर्यो

त्रियुगा नगरपालिकाले जेसिबी र मेसनरी सामान खरिद गर्यो

समाचार
पूणर्पुष्टि, मंसिर ६ त्रियुगा नगरपालिकाले जेसिबी लगाएत मेशनरी सामान खरिद गरेको छ । नगरको विकास तथा जनताको सहजताका लागि नगरले मेशनरी सामान खरिद गरेको हो । त्रियुगा नगरको विकास निर्माण काममा यी साधनहरुलाई सदुपयोग गर्ने नगरले जनाएको छ । जेसीबी लगायतका मेसिनरी एवम् उपकरणको अभावमा नगरपालिकामा आयोजित विकास निर्माणका काम समयमै सम्पन्न हुन कठिनाई भएकाले नगरपालिकाले सहज सेवा र शिघ्र कार्यसम्पादनका लागि यो सेवा शुरु गरेको नगरप्रमुख बलदेव चौधरीले बताउनुभयो । त्रियुगा नगरपालिका नगरबासीको समृद्धि र नगरको समुचित विकासका लागि यी साधनहरुले राम्रो सेवा र ठेवा पुराउने उदेश्य सहित जेसिवि खरिद गरिएको समेत मेयर चौधरीले बताउनुभयो ।...
बैदेशिक रोजगारमा ठगी गर्ने फरार प्रतिवादी पक्राउ

बैदेशिक रोजगारमा ठगी गर्ने फरार प्रतिवादी पक्राउ

समाचार
  बैदेशिक रोजगामा ठगीमा फरार प्रतिवादी ४३ बर्षिय सुजन राईलाई इलाका प्रहरी कार्यालय बेल्टारले बिहिबार पक्राउ गरेको छ । फरार रहेको फरार प्रतिबादी चौदण्डीगढी नगरपालिका ३ थुलुङडाँडा बस्ने ४३ वर्षिय सुजन राई पक्राउ रहेको छ । गोप्य सूचनाका आधारमा आफ्नै घर वतनमा लुकिछिपी बसिरहेको अबस्थामा ईलाक प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिईएको हो । उनलाई साँझ ५ बजेको समयमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार फैसला कार्यन्वयनको लागि उदयपुर जिल्ला अदालत पठाईएको छ । राईलाई जिल्ला अदालत उदयपुरको फैसलाले बैदेशिक रोजगार ठगी मुद्धामा १ लाख ५० हजार र १ बर्ष ६ महिना ३ दिन कैदको फैसाला गरेको थियो ।...
उदयपुरमा दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ

उदयपुरमा दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, मंसिर ०५ उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छ । त्रियुगा नगरपालिका–१४ का ४१ बर्षीय पहलमान कट्वाललाई ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा सहित पक्रउ परेको हो । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो साँढे ३ बजे  साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा सालकको खबटा फेलापरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।...