Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कञ्चनपुरमा वडाध्यक्ष मृत भेटिए

कञ्चनपुरमा वडाध्यक्ष मृत भेटिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर ५ कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्षको शव भटिएको छ । वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला परेका हो । ५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करिब १ किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रोकाया बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको प्रहरीले जनाएको छ ।...
विराटनगरको अस्पतालमा कोरोनाबाट थप तीनको मृत्यु

विराटनगरको अस्पतालमा कोरोनाबाट थप तीनको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर ५ विराटनगरको अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा २ र विराटनगरको नोबेल शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । वृद्धमा कार्तिक २७ गते कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएको वृद्धको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो । भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे सोही अस्पतालमा मृत्यु भएको छ । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको पीसीआर परीक...
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर ५ झापामा नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ हेल्दुवारीका २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहान हुन् । उनीहरुलाई बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ हेल्दुवारीमा बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवाई २ थान बरामत भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  । लागुऔषध सहित पक्राउ परेका दुवै माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा  दुईको मृत्यु

झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा दुईको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर ३ झापाको विर्तामोडमा  ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुद्यशान्ति गाउँपालिका–३ बस्ने ११ वर्षीय दिप्सन कँडेलको र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार नाम नखुलेका पुरुषको परिचय खोज्ने काम भइरहेको छ । अर्कोतिर ट्रकका चालक मोटरसाईकललाई ठक्कर दिने बित्तिकै फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।...
धौलागीरी अस्पतालमा मृत अवस्थामा शरीर जोडिएको २ शिशुको जन्म

धौलागीरी अस्पतालमा मृत अवस्थामा शरीर जोडिएको २ शिशुको जन्म

समाचार
पूणर्पुष्टि, मंसिर ३ शरीर जोडिएका २ शिशुको  धौलागिरी अस्पताल बुधबार एक महिलाले जन्माएकी छिन्  । पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले बिहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्स देवी भट्टराईले जानकारी दिईन् । पर्वतको फलेवास नगरपालिका-२ कुर्घाकी २८ वर्षीय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिएकी हुन् । शिशुहरू जन्मदै मृत्त भए पनि आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पूर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाइ छ । ‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भन्नुभयो-‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं ।...
कोरोनाको औषधी आउन नेपालमा कम्तीमा ६ महिना लाग्ने

कोरोनाको औषधी आउन नेपालमा कम्तीमा ६ महिना लाग्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर ३ नेपालमा कोरोनाको औषधी आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन् । अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ । खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो । विभिन्न अध्ययनअनुसार  ‘सार्स कोभ(२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ । अर्थात् एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ट्रेन्ड देखिएको छ । भाइरसको ‘आरएनए’ ठाउँ र मौसमअनुसार फरक हुन सक्छ । त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन पनि सक्ने उहाँको भनाइ छ । तर, कोभिड(१९ विरुद्ध निर्माणाधीन खोपहरूला...
माइक्रोबस भिरबाट खस्दा एकको मृत्यु

माइक्रोबस भिरबाट खस्दा एकको मृत्यु

समाचार
पूणर्पुष्टि, मंसिर ३ माईक्रो बस भिरबाट खस्दा तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३२ की २९ वर्षीया सुनीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । तनहुँ स्थित व्यास नगरपालिका- ५ मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रोबस बुधबार बिहान साढे ५ बजेतिर भिरबाट खसेको थियो । बसमा सवार ८ जना घाइते भएका छन् । उकालोमा तान्न नसकेपछि केही यात्रु झरेर गाडी धकेल्न खोज्दा ‘ब्याक’ गएर भिरबाट खसेको तिमिल्सिनाले जानकारी दिनुभयो । ‘घाइते ९ जनामध्ये सुनीताको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।’ सात जनालाई सामान्य उपचारपछि घर पठाइएको र एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । १६ जनाजति यात्रु बोकेर पोखराबाट माइक्रोबस मानहुँकोट उकालोमा दुर्घटनाग्रस्त भएको ...
ओली सहित बलुवाटारमा नेकपाको बैठक

ओली सहित बलुवाटारमा नेकपाको बैठक

समाचार
पूर्णपुष्टि, मंसिर ३ नेकपाको बैठक बलुवाटारमा सुरु भएको छ । बुधबार १ बजेबाट बैठक सुरु भएको हो । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए । नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो । ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन् । बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गर्ने अनुमान गरिएको छ । प्रचण्डले २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ ।...
जीप दुर्घटना हुदा लमजुङमा १ पुरुषको मृत्यु र ११ घईते

जीप दुर्घटना हुदा लमजुङमा १ पुरुषको मृत्यु र ११ घईते

समाचार
पूर्णपुष्टि,मंसिर ३ लमजुङमा बोलेरो जीप दुर्घटना हुँदा १ पुरुषको मृत्यु भएको छ  भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिका दोर्दी–५ पाचोकको ७० वर्षीय सोनी गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । पाचोक जाँदै गरेको ग १ ज ७१२७ नंम्बरको जीप दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा मङ्गलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । दुर्घटनामा घाइते भएका गुरुङको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक गुरुङको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । त्यसैगरी ११ जना घाइतेमध्ये ४  गम्भीर र ७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका–५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ ...
बेलका प्रथम बेलका च्याम्पियन लिग सुरु, एन्फा प्रबक्ता राईद्वारा उद्घाटन

बेलका प्रथम बेलका च्याम्पियन लिग सुरु, एन्फा प्रबक्ता राईद्वारा उद्घाटन

खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरकाे बेलका नगरपालिकामा प्रथम बेलका च्याम्पियन लिग २०७७ अाजबाट सुरु भएको छ । लिगकाे उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रबक्ता किरण राइले गर्नुभयाे । लिगमा १२ वटा क्लबहरुले भाग लिएका छन् । नेपाल सरकारले कोरोना सगै खेलकुद क्षेत्रलाई खेलकार्यक्रम लाइ स्वास्थ लाई ख्याल राख्दै गर्न दिने निर्णय सगै हालको अवस्थामा बेलका नगरपालिकामा लिग खेल भएको हो । उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेशका पदाधिकारी, जिल्ला फुटबल संघ अध्यक्ष रन्जन कार्कि लगायत पदाधिकारी ,बेलकाका उपप्रमुख स्थानीय राजनीतिक दलका नेता,सामाजिकहरुको उपस्थितिमा भएकाे उद्घाटन खेल रामपुरका विरुद्ध आयोजक एकेडेमी बीच भएको खेलमा ४-२ का अन्तरले रामपुरले जित हात पारेको छ । एन्फा प्रबक्ता राइले खेलकुदको बिकासले मात्र सर्वाङिण बिकास हुने भन्दै आयोजक सस्थालाइ हौसला दिनुभयाे । च्याम्पियन लिगका अध्यक्ष तथा उद्घाट...