Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कालीगण्डकीमा स्टिमर सेवा शुरु

कालीगण्डकीमा स्टिमर सेवा शुरु

समाचार
पूर्णपुष्टि, कात्तिक १७ वर्षाले अवरुद्ध भएको कालीगण्डकीमा जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि पुनः शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो । वर्षाले नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध भएको थियो । लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले गत वर्षहरु झैँ यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको जल यातायात प्रालिले जनाएको छ । गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको थियो । स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको जनाइएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालि...
ठकुरीलाई ७ औँ पटक विश्व रेकर्डको उपाधि

ठकुरीलाई ७ औँ पटक विश्व रेकर्डको उपाधि

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक १७ नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १ सय ५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा विश्व रेकर्डको मान्यता दिएको थियो । तर कोरोना महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेको जनाईएको छ । ठकुरीले दशैंको भोलिपल्ट अक्टोबर २७, २०२० बिहान ९ः४५ मिनेटमा आफूले सातौं गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेको थियो । उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको जनाएको ...
शक्तिशाली समुद्री आँधीले फिलिपिन्समा १० जनाको मृत्यु

शक्तिशाली समुद्री आँधीले फिलिपिन्समा १० जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक १७ फिलिपिन्समा शक्तिशाली समुद्री आँधीले १० जनाको मृत्यु भएको छ । आँधीमा परेका ३ लाख ४७ हजार भन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । घर तथा भवनहरु भत्किएका छन् । यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको थियो । अहिले बिस्तारै आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने भएकाले चेतावनी मौसमविद्हरुले दिएका छन् । आँधी आउनु भन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार गर्नु आवश्यक रहेको जनाइएको छ । कोरोना भाइरसको सङक्रमण जोखिम पनि रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताहरुले बताएको जनाईएको छ । सन् २०१३ मा आएको हैयान समुद्री आँधीपछिको गोनी फिलिपिन्सको लागि सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । हैयान आँधीको कारण फिलिपिन्समा ...
लिम्चुङबुङका अग्नि पिडितलाई पालिकाको सहयोग

लिम्चुङबुङका अग्नि पिडितलाई पालिकाको सहयोग

समाचार
पूणर्पुष्टि, कार्तिक १६ लिम्चुङबुङ गाउँपालिकाले अग्नि पिडित २ परिवारलाई राहत उपलब्ध गराएको छ । पालिका अध्यक्ष मेजर कुमार राई स्वयम आफै पिडित परिवारको घरमा गई  राहत उपलब्ध गराएको हो । पालिकाको ४ न वडा बलम्ता लाकुका आगलागी पिडितलाई गाउँपालिका अध्यक्ष राईले राहत वितरण गरेको हो । शनिबार विहान घरमा कोही नभएका बेला भएको आगलगीमा परी उदेशबहादुर राईका दुई घर र मतान तथा भाइ देवबहादुरको गोठ जलेर नष्ट भएको थियो । लागलागीका कारण फुसको छाना भएका घर, मतान जल्न पुग्दा त्यसभित्र रहेका अन्नपात, भाँडावर्तन, लुगाफाटा र नगद तथा महत्वपूणर् कागजात जलेर नष्ट भएको स्थानीय गणेश राईले बताए । उनका अनुसार गोठ जल्दा त्यसभित्र बाँधेर राखेका ८ वटा गाउँ र ८ वटा खसी बाख्रासमेत जलेर क्षति पुगेको थियो । ११ः०० बजे गोठबाट एक्कासी सल्केको आगोले गोठ, मतान र घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद, नागरिक...
ट्याक्टर दुर्घटनामा एक पुरुषको मृत्यु

ट्याक्टर दुर्घटनामा एक पुरुषको मृत्यु

समाचार
पूर्णपुष्टि,कार्तिक १६ पर्साको जगरनाथपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मुत्यु भएको छ । पालिकाको–वडा नं २ लक्ष्मीपुरमा ट्याक्टर दुर्घटना भई टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साहको मृत्यु भएको हो । पुल छेउको उकालो चढ्दै गर्दा अनियन्त्रित भई ट्याक्टर खोल्सामा खसेको थियो । लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । साहको शव पुल छेउको बाँधमा उछिट्टिएको र ट्याक्टर खोल्सामा पुगेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।...
गीतकार विमलाको (ए सानु) सार्वजनिक

गीतकार विमलाको (ए सानु) सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,कार्तिक १६ चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको (ए सानु) वोलमा रहेको गितको भिडियो सार्वजानिक भएको छ । अहिलेका चर्चित अनि व्यस्त साहित्यकार तथा गीतकार विमला हुमागाईको “ए सानु ...” बोलको गीतको भिडियो सार्वजनिक भएको हो । थुप्रै गीतहरुको शब्द कोरिसकेका गीतकार हुमागाईद्वारा रचित “ए सानु ...” बोलको गीतलाई अहिलेका व्यस्त निर्देशक आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा दिक्पाल कार्की र सुनिशा बजगाईलाई फिचरिङ गरिएको छ । भिडियोको नृत्य निर्देशन शिब बिकले गरेका छन् । धुलिखेलको रमणीय दृश्यलाई मुकेश हुमागाईले भिडियोमा कैद गरेका छन् । किशोरावस्थाका प्रेम जोडीको माया प्रेममा आउने उतार चढाव र पेमी प्रेमिका बिचका भावनालाई गीतकार हुमागाईले सचित्र शब्दमा उतार्ने प्रयास गरेका छन् । गीतलाई एरेन्ज, मास्टरिङ, मिक्सीङ सुन्दर लामाले गरेका छन् । अहिलेका युवा पिढीको प्रेमकथ...
लिम्चुङमा आगलागी हुदा २ घर जलेर नष्ट

लिम्चुङमा आगलागी हुदा २ घर जलेर नष्ट

समाचार
पूणर्पुष्टि, कार्तिक १६ लिम्चुङबुङमा आगलागी हँदा २ घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद र केही महत्वपूणर् कागजात नागरिक्ता, जन्मदर्ता, जग्गा धनीपुर्जालगायत जलेर नष्ट भएको छ । पालिकाको वडा नं. ४ बलम्ताको लाकुस्थित उदेशबहादुर राईका दुई घरसहित मतान तथा उनकै भाइ देवबहादुरको गोठमा लागेको हो । राईको घरमा भएको अन्नपात, मतान, नगद र चौपाया पशुसमेत जलेर क्षति ठुलो क्षति भएको छ । आईतबार विहान ११ बजेतिर गोठबाट एक्कासी सल्केको आगोले फुसको छानो भएको गोठ, मतान र घर जलेर नष्ट भएको पीडितका छिमेकी गणेश राईले जानकारी दिए । घट्नाबारे जानकारी पाएलगत्तै लिमचुङबुङ इलाका प्रहरी कार्यालय बाराहादेखि टोली गएर स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का तयार गरेको छ । आगो स्थानीयवासीहरुले लगभग ३ घण्टामा नियन्त्रण गरेको थियो ।...
कैलालीमा फेरि सामूहिक बलात्कार

कैलालीमा फेरि सामूहिक बलात्कार

समाचार
पूर्णपुष्टि,कार्तिक १६ कैलालीमा २ बालिकालाई ९ जनाले सामुहिक बलत्कार गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरीमा १३ र १४ बर्षीया बालिका सामुहिक बलात्कारमा परेका हुन् । जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै गरेको अवस्थामा ९ जनाको समूहले उनिहरुलाई बलत्कार गरेका हुन् । चार जना मध्य २ जनालाई साथीकी बहिनी भनेर छाडेर दुई जनालाई भने बन्धक बनाएर सामान्य कुटपिट समेत गरी सामुहिक बलत्कार गरेका हुन् । उनिहरुलाई खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धान बाट खुल्न आएको छ । आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराएपछि । परिवारले वडाध्यक्षलाई खबर गरे । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ । पक...
लागुऔषाध गाँजामा संलग्न ७२ बर्षिय बृद्ध सहित ५ जना पक्राउ

लागुऔषाध गाँजामा संलग्न ७२ बर्षिय बृद्ध सहित ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि,कार्तिक १६  उदयपुरको चौदण्डीगढी नगरपालिका १० देबधारमा लागूऔषध गाँजा ओसारपसारमा संलग्न ७२ बर्षिय बृद्ध सहित ५ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० का ७२ वर्षिय वृद्धा सबुरलाल चौधरी,  ९ वडाको २७ वर्षिय सुरेन्द्र दनुवार, १९ वर्षिय बिबेक राई रहेका छन् । यस्तै चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षिय रमेश थापा र २८ वर्षिय जिबन खड्का पनि सोहि दिन गाँजा सहित पक्राउ परेको डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनुभयो । उनीहरुको साथबाट १ केजी ३ सय ६५ ग्राम गाँजा प्रहरीले बरामत गरेको छ । अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत अवैध गाँजा विक्री वितरण भईरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रमा लिएको  जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गौतमले जनाउनुभयो । पक्राउ पर्ने ५ जानलाई ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुर ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहर...
कांग्रेस नेता मीन विश्वकर्माको भेन्टिलेटरमा उपचार हुदै

कांग्रेस नेता मीन विश्वकर्माको भेन्टिलेटरमा उपचार हुदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १६ नेपाली कांग्रेसका नेता मिन विश्वकर्मालाई भेन्टीलेटरमा सारिएको छ । कांग्रेसका नेता तथा पूर्वमन्त्री समेत रहेका विश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर बन्दैगएपछि भेन्टिलेटरमा सारिएको हो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार पछिल्लो समय उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि  भेन्टिलेटरमा सारिएको हो । एक हप्तासम्म होम आइसोलेसनमा बसेका उनी ९ कार्तिकमा वीर अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि १२ कार्तिकमा उनलाई ग्राण्डी अस्पताल लगिएको थियो । ५४ वषीर्य विश्वकर्माको कार्तिक १ गते कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । पछिल्लो हप्तादेखि आईसीयूमा उपचारत विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा लगिएको ग्राण्डी अस्पतालले जनाएको छ ।...