Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कर्णाली प्रदेशमा पर्यटन पुनरुत्थान समिति गठन

कर्णाली प्रदेशमा पर्यटन पुनरुत्थान समिति गठन

समाचार
पूर्णपुष्टि, कात्तिक १७ कर्णाली प्रदेशमा नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ । समितिको संयोजकमा ललितजंग महत र सह–संयोजकमा भरतबन्धु थापा नियुक्त भएका छन् । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानको मुख्य उद्देश्यसहित पर्यटन व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था, पर्यटन व्यवसायीहरु र अन्य सरोकारवालाहरुलाई समाबेस गरी सातवटै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गर्ने योजना बोर्डको छ । सोही योजनाअनुसार कर्णाली प्रदेशमा समिति गठन गरेको बोर्डले जनाएको छ । समितिले तोकिएको कार्यक्षेत्रगत शर्त बमोजिम प्रदेशभित्रका पर्यटन सरोकारवालाहरुसँगको सहकार्यमा आन्तरिक पर्यटन प्रबद्र्धनका कार्यहरु गर्ने जनाईएको छ ।...
अमेरिकामा राष्ट्रपतिको लागी आज चुनाव हुँदै

अमेरिकामा राष्ट्रपतिको लागी आज चुनाव हुँदै

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक १८  अमेरिकामा ५८ औँ राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला धेरैजसो मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत बिन्दुले अग्रता बनाइरहनुभएको छ । गत अक्टोबर २९ देखि ३१ तारिखसम्मको मत सर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् । चुनावी नतिजा फेरबदल गर्न केही राज्यहरुको मतमा भर पर्नेछ । अमेरिकी चुनाव परियोजनाका अ...
नेपाल एअरलाइन्समा नयाँ सफ्टवेर लागू

नेपाल एअरलाइन्समा नयाँ सफ्टवेर लागू

समाचार
पूर्णपुष्टि, कात्तिक १७  नेपाल एअरलाइन्सले नयाँ सफ्टवेर जडान गरेको छ । एअरलाइन्सले २६ वर्षदेखि प्रयोग गरिरहेको सफ्टवेर परिवर्तन गरिएको नेपाल एअरलाइन्सले जनाएको छ । अहिलेसम्म सीता प्लानिङ सफ्टवेर प्रयोग गर्दै आएकोमा अब एअरबसले नै उत्पादन गरेको न्यावब्लु फ्लाइट प्लानिङ सफ्टवेर प्रयोग गरिएको एअरलाइन्सले जनाएको छ । नयाँ सफ्टेवेरले अहिलेको भन्दा ३० प्रतिशत कम खर्चमै उडान गर्न सकिने एअरलाइन्सको दाबी रहेको छ ।...
नेपालमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १७  नेपालमा आज थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ३ हजार १ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ । अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको सख्ंया ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
नेप्से साढे तीन अंकले घट्यो

नेप्से साढे तीन अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक १७  आज शेयर बजार परिसूचक नेप्से साढे तीन अंकले घटेको छ । नेप्से तीन दशमलव ३३ अंकले घटेर १६ सय ३७.६३ विन्दुमा झरेको छ । बैंक, विकास बैंक, अन्य र जीवन बीमा समूहको शेयर ओरालो लाग्दा समग्र बजार पनि घटेको हो । बैंक समूहको शेयर ११ प्रतिशत, अन्य समूहको तीन प्रतिशत र जीवन बीमा समूहको शेयर नौ प्रतिशतले घटेको छ । व्यापार, होटल, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा उत्पादन लगायतका समूहको शेयर भने बढेको छ । आज १ सय ९७ कम्पनीका ६ लाख ९३ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँमा किनबेच भए । आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । विशाल बजार कम्पनी, सारथी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र शिवश्री हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् । जनरल इन्स्योरेन्स ...
एटीएम फोडेर पैसा चोर्न खोज्ने १ जना पक्राउ

एटीएम फोडेर पैसा चोर्न खोज्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक १७ एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एक जना पक्राउ परेको छ । गएराति काठमाण्डौको कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीको टिकापुर नगरपालिका–९ का १७ वर्षीय प्रज्वल खाँड पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका खाँडमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
हिमाल आरोहणका लागि ५ टोलीलाई अनुमति

हिमाल आरोहणका लागि ५ टोलीलाई अनुमति

पर्यटन, समाचार
पूर्णपुष्टि, कात्तिक १७ कोरोना महामारीको बीचमा खुलेको पर्वतारोहण सिजनमा आइतबारसम्म  ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेको पर्यटन विभागले जनाएको छ । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली रहेको छ । यो टोलीले मनास्लु आठ हजार एक सय ६३ मिटरको हिमाल चढेर स्वदेश फर्किसकेको छ । ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरेको छ । यसअवधिमा कतारका राजकुमारसहितको अर्को टोली अमादब्लम छ हजार आठ सय १४ मिटरको हिमाल चढ्न आएको छ । यो टोलीमा ६ जना आरोही सदस्य छन् । यसबाहेक ग्लाल्जेन पीक छ हजार एक सय ५१ मिटरको र हिमलुङ हिमाल सात हजार एक सय २६ मिटरको आरोहण गर्न दुई समूहले अनुमति लिएको विभागले जनाएको छ । यसमा क्रमशः ३ र ५ जना सदस्य रहेका छन् । तीन जना सदस्य नेपाली हुन् । ५ जनाको टोली भने विदेशी रहेको विभागको तथ्या...
३ दिनको अवधिमा बाँकेमा ८ संक्रमितको मृत्यु

३ दिनको अवधिमा बाँकेमा ८ संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १७ बाँकेमा ३ दिनमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई ठूला अस्पतालमा उपचाररत्त ८ संक्रमितको शनिबारदेखि सोमबारसम्म मृत्यु भएको थियो । मृत्यु हुनेमा बाँकेका ४, दाङका ३ र कैलालीका एक जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।   शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुष र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको मृत्यु भएको हो । आइतबार मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पतालमा, भेरीमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिलाको, कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षका पुरुषको भेरीमै र खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको पनि मृत्यु भएको ...
चीन जान पीसीआर र एन्टीबडी टेस्टको रिपोर्ट नेगेटिभ अनिवार्य

चीन जान पीसीआर र एन्टीबडी टेस्टको रिपोर्ट नेगेटिभ अनिवार्य

समाचार
पूर्णपुष्टि, कात्तिक १७ काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ । आगामी नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत चिन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको र सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नु पर्ने भएको हो । पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो । नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ । जहाज चढनु भन्दा ४८ घन्टा अगाडि सम्बन्धित देशमा रहेको चिनियाँ राजदुतावासले तोकेको सेन्टरबाट सो रिपोर्ट प्राप्त गर्नुपर्ने नियम लागु गरिएको संचारमाध्यले जनाएको छ । यी दुई सर्टिफिकेट प्राप्त गरेपछि स्वास्थ्य सम्बन्धी लोगोक...
पाकिस्तान, बेल्जियम र जर्मनीका लागि नियुक्त राजदूतहरुद्धारा शपथ ग्रहण

पाकिस्तान, बेल्जियम र जर्मनीका लागि नियुक्त राजदूतहरुद्धारा शपथ ग्रहण

समाचार
पूर्णपुष्टि, कात्तिक १७ नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । बेल्जियमका लागि राजभण्डारी, पाकिस्तानका लागि अधिकारी र जर्मनीका लागि खड्का नेपाली राजदूत नियुक्त भएका हुन् । यसअघि मन्त्रिपरिषदको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले कात्तिक ६ मा उनीहरुलाई राजदूत नियुक्त गरेकी थिइन् ।...