Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख ४१ हजार नाघ्यो

नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख ४१ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १८ नेपालमा आज थप ३ हजार १ सय ४२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपाल थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १८ नेपालमा आज थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्ट भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा घण्टामा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा ३ हजार १ सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । अब ३७ हजार ४ सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने १ हजार २ सय ७७ जना क्वरेण्टीनमा रहेका छन् । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेप्से करिब साढे ५ अङ्कले बढ्यो

नेप्से करिब साढे ५ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक १८ आज शेयर बजार परिसूचक नेप्से साढे ५ अंकले बढेको छ । नेप्से ५.४० अङ्कले बढेर १६ सय ४३.०४ विन्दुमा पुगेको छ । बैंक र विकास बैंक बाहेक सबैजसो समूहको शेयर बढेको छ । निर्जीवन बीमा समूहको शेयर १ सय ७६, व्यापारको ५५ र अन्य समूहको शेयर १४ अङ्कले बढेको छ । १ सय ९८ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर २ अर्ब २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर १० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि महालक्ष्मी बैंक र दिव्येश्वरी जलविद्युतका लगानीकर्ताले साढे २ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक १८ आज सुनको भाउ बढेको छ । सुन तोलाको चार सय रुपैयाँले बढेर सुनको तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ

हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक १८ १ करोड रुपैयाँसहित अवैध कारोबार हुन्डी कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ओमबहालबाट उनीहरुलाई पक्राउ गरेको हो । झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।...
अफगानिस्तानमाका करिब ४० हजार बालबालिका खोपबाट वञ्चित

अफगानिस्तानमाका करिब ४० हजार बालबालिका खोपबाट वञ्चित

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक १८  अफगानिस्तानमा करिब ४० हजार बालबालिका नियमित खोप सेवा वञ्चित भएका छन् । ५ वर्षमुनिका करिब २ लाख ६५ हजार बालबालिकालाई नियमित खोप दिनुपर्नेमा तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित भएको सरकारको दाबी रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण सरकारी गतिविधि सञ्चालन हुन नसक्दा ती बालबालिका नियमित खोप लिनबाट वञ्चित भएका प्रान्तीय जनस्वास्थ्य कार्यालयले जनाएको जनाईएको छ । तालिवान समूहको प्रभावक्षेत्रमा खोप कार्यक्रम प्रभावित भएको जनाईएको छ । सरकारले ४० हजार बालबालिकालाई घर घरमा पुगी खोप दिने अभियान थालेको थियो । तर यमगन, रघुस्तान, दारा–ए–खुस्तक, जुर्म र वारजुजका केही क्षेत्रमा खोप कार्यक्रम प्रभावित हुँदै आएको छ । तालिवानीले सरकारको दाबी आधारहीन रहेको र केही बालबालिक...
प्रहरीले नै  १५ बर्षीया बालिका बलात्कार गर्यो, बलत्कार पछि हत्याको प्रयास

प्रहरीले नै १५ बर्षीया बालिका बलात्कार गर्यो, बलत्कार पछि हत्याको प्रयास

समाचार
पूर्णपुष्टि,कार्तिक १८ डोटीमा प्रहरीबाट १५ बर्षिय बालिका बलात्कृत भएकिछिन् । डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा कार्यरत एक प्रहरी जवानले बालिका बलात्कार गरेको हो । गाउँमा अशान्ति हुन लाग्यो भन्दै स्थानीयले प्रहरी चौकीको माग गरेपछि सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट राखिएको थियो । तर सोहि चौकीमा कार्यरत प्रहरी जवान आफैले बालिका बलात्कार गरी शान्ति सुरक्षामा प्रश्न उठाएको छ । कक्षा १० मा पढ्दै गरेकी बालिका एसईईको तयारीकै लागि घरको अलग्गै कोठामा बसेकी थिइन ।  बझाङ्ग स्थायी घर भई गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहराति ११ वजे उनको कोठामा छिर्यो । उनि सुतिरहेको थिए उनले बालिकालाई ब्युँझाए, मुख थुनिदिए बलत्कार गर्यो । बलात्का गरेपछि घटना ढाक छोप गर्न उनले बालकालाई हत्या गर्ने निर्णय गर्यो र बालिकाकै सलले उनको घाँटी थिच्यो । बालिका बेहोस भएपछ...
कोरोना कहर ः ५ महिनापछि  लाश उत्खनन गरी हिन्दु परम्परा अनुसार दाहसंस्कार

कोरोना कहर ः ५ महिनापछि लाश उत्खनन गरी हिन्दु परम्परा अनुसार दाहसंस्कार

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि,कार्तिक १८ अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको एक पुरुषको शव गाडेको ठाउँबाट उत्खनन् गरेर हिन्दु परम्परा अनुसार  ५ महिनापछि दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको शव दाहसंस्कार गरिएको हो । खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको आफन्त प्रकाश खनालले बताए । उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर  दाहसंस्कार गरिएको आफन्त जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो ।...
विराटनगरमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

विराटनगरमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १८  विराटनगरको न्युरो अस्पतालमा आज एकै दिन २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१५ का ६३ वर्षीय पुरुष र विराटनगर– ११ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना भाईरस कोभिड–१९ का विरामिहरुको उपचार सुरु गरीएको अस्पतालमा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । धरानका पुरुषको आज बिहान ३ः३० बजे मृत्यु भएको थियो भने विराटनगरका पुरुषको आज बिहान ३ः५० मृत्यु भएको थियो । उनीहरुको २० मिनेटको अन्तरमा मृत्यु भएको थियो । धरानका पुरुषमा असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनलाई कात्तिक १२ अस्पताल भर्ना भएका थिए । विराटनगरका पुरुष कात्तिक १४ मा अस्पताल भर्ना भएका थिए । उनमा भर्ना भएकै दिन कोरोना पुष्टि भएको थियो ।...
वरिष्ठ संगीतकार राणाको निधन

वरिष्ठ संगीतकार राणाको निधन

समाचार
पूर्णपुष्टि, कात्तिक १८ वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ । नारायण गोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादक राणाको गतराती अमेरिकामा निधन भएको हो । शमशेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायतका धेरै गायक गायिकाहरुले स्वर दिनु भएको छ । संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।...