Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कोशिमा उदयपुरको थप एक संक्रमितको मृत्यु

कोशिमा उदयपुरको थप एक संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि,कार्तिक १९  उदयपुरको थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका –६ खत्रीटोलका ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो । कोशी कोभिड १९ अस्पताल उपचारको  क्रममा  ५ दिनपछि उनको मृत्यु भएको चौदण्डीगढी नगर स्वास्थ्य कार्यालयले जनाएको छ । उनको उतै दाहासंस्कार गरिएको बताईएको छ । उनमा  हात खुट्टा सुनिने समस्या देखा परेपछि कात्तिक १ गते उपचारको लागि हस्पिटल लगिएको थियो । डाइलोसिस गरेर (डिस्चार्च) भई कात्तिक ५ गते विरामीलाई घर ल्याईएको थियो । पुनः कात्तिक १० गते राति अचानक स्वाशप्रश्वासमा समस्या भएपछि रातारात नोवेल हस्पिटल लगेर पुनः डाइलोसिस गरिएको थियो । त्यसको भोलिपल्ट एक्सरे गरेर हेर्दा फोक्सो (ड्यामेज) भईसकेको र तत्कालै कोरोना चेकजाँच गर्दा रिपोर्ट पोजिटिभ आएकोमा थप उपचारको लागि कोशी कोभिड १९ अस्पताल रेफर गरेको भतिजी अन्...
परराष्ट्र सचिव र भारतीय राजदूतविच भेटघाट

परराष्ट्र सचिव र भारतीय राजदूतविच भेटघाट

समाचार
पूर्णपुष्टि, कात्तिक १९ नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् । भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि आज विहान राजुदत क्वात्राले सचिव पौड्यालसँग भेटघाट गरेको हो । भेटघाटपछि क्वात्राले नेपाली भाषामै ट्विट गर्दै ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’ भनेका छन् ।...
सुनसरीको ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु

सुनसरीको ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १९  सुनसरीमा ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । इटहरी–६ की ९ वर्षीया बालिका र धरान–१ की ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । इटहरी–६ की ९ वर्षीया बालिकाको आज बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृत्त बालिकालाई यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भए लगतै अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । ६१ बर्षीया मृत्त महिला कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनी श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित थिइन् । ती महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान सवाँ ३ बजे मृत्यु भएको...
अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिसँगै नतिजा सुरु

अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिसँगै नतिजा सुरु

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक १९ अमेरिकी राष्ट्रपति पदका लागी भएको मतदान सकिएको छ । मतदान सकिएसँगै केही ठाउँमा नतिजा आउन सुरु भइसकेको अन्तराष्ट्रिय संचारमाध्मले जनाएको छ । ५० मध्ये १७ राज्यको नतिजा आउँदा डेमोक्रेट उम्मेदवार जो बाइडेन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । बाइडेन पक्षका ८९ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ६३ प्रतिनिधि चुनिएका छन् । टेक्सस, कोलोराडो, नेब्रास्का, मिजुरी, इलिनाय, ओहायो, पेन्सिलवेनिया, नर्थ केरोलिना, न्यू हेम्पशायर लगायतका राज्यमा बाइडेन अगाडि हुनुहुन्छ । अहिले मतगणना चलिरहेको छ । अझै धेरै ठाउँको मतगणना हुन बाँकी भएकाले अहिले नै कसको जित हुन्छ भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । बहालवाल राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति समेत रहनुभएका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिच...
एन्फा प्रवक्ता राईको नक्कली फेसबुक बनाइ ठगी गर्ने पक्राउ

एन्फा प्रवक्ता राईको नक्कली फेसबुक बनाइ ठगी गर्ने पक्राउ

समाचार
पूणर्पुष्टि, कार्तिक १९ एन्फा प्रवक्ता किरण राईको नक्कली फेसबुक बनाइ पैसा माग्नेलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक बनाई सर्बसाधारणलाई सापटी भन्दै पैसा माग्ने त्रियुगा नगरपालिका ११ गाईघाटका २१ वर्षिय पंकज साहलाई प्रहरीले हिजो पक्राउ गरेको हो । सर्वसाधारणमात्र नभई जनता समाजवादी पार्टीका नेता राहुल यादवसमेतलाई पैसा मागेपछि नक्कली फेसबुकको कर्तुत खुलेको हो । ३० हजार पैसा सापटी दिन भन्दै च्याट आएपछि प्रवक्ता राईलाई हिजो सोधेका थिए । तर, आफुले पैसा सापटी नमागेको भनेपछि नक्कली फेसबुकबाट च्याट आएको पत्ता लागेको थियो । प्रवक्ता राईका अनुसार आप्mनो नाममा नक्कली फेसबुक चलेको थाहा पाएपछि तत्काकालै प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले तदारुक्ताका साथ खोजी गरेपछि साह पक्राउ परेका थिए । उनी गाईघाटबाटै पक्राउ परेको प्रहरीले जनाएको छ । उनले आफुले नक्कली फेसबुक बनाइ मानिसलाई ...
अतिसबाजीसहित २ जना पक्राउ

अतिसबाजीसहित २ जना पक्राउ

समाचार
झापा, कार्तिक १९ झापाको मेचीनगर नगरपालिका–१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधानलाई पटकासति पक्राउ परेका हुन् । भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटोसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ

समाचार
खोटाङ, कार्तिक १९  खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेको छ । खोटेहाङ गाउँपालिका–६ बाट भरुवा बन्दुकसहित भुपाल मोक्तान पक्राउ परेको हो । आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरबाट नै पक्रउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कोटाङले जनाएको छ ।...
उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना

उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना

समाचार
पूर्णपुष्टि, कात्तिक १९ आज देशका उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी  भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ । देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ । भोलि र पर्सिको मौसम पनि यस्तै नै रहने सम्भावना रहेको महाशाखाले नजाएको छ ।...
आज भारतीय सेना प्रमुख नरवणे नेपाल आउँदै

आज भारतीय सेना प्रमुख नरवणे नेपाल आउँदै

समाचार
पूर्णपुष्टि, कात्तिक १९ आज भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे नेपाल आउँदै छ । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेको हो । उनी दिउँसो भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने भएको छ । भोली राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् । शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गरी फर्कने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।...
नेपालमा कोरोनाबाट मृत्यु हनेको सख्या १ हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हनेको सख्या १ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १८ नेपालमा आज थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार १ सय ४२ जनामा कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।...