Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

हेटौँडामा घुससहित १ जना इन्जिनियर पक्राउ

हेटौँडामा घुससहित १ जना इन्जिनियर पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडामा रहेको कार्यालयले प्राधिकरणका इन्जिनियर रंगेहात पक्राउ परेको छ । १० लाख रुपैयाँ घुस रकमसहित हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इन्जिनियर ईश्वरीप्रसाद जयसवाललाई पक्राउ गरेको हो । हेटौँडाको बसपार्कमा रहेको एक होटलमा ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा जैसवालले १० लाख रुपैयाँ घुस रकम मागेको थियो । त्यही घुस रकम दिँदा दिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउपछि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडा कार्यालयले जनाएको छ ।...
त्रियुगा नगरपालिका र ११ नं वडा कार्यलय २८ गते सम्म बन्द

त्रियुगा नगरपालिका र ११ नं वडा कार्यलय २८ गते सम्म बन्द

समाचार
पूणर्पुष्टि, कार्तिक २० त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका ११ नं वडा २० गते देखि २८ गते सम्मलाई बन्द रहने भएको छ । नगरपालिका र वडा कार्यलयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवाहरु कार्तिक २८ सम्म बन्द हुने भएको नगरपालिका र वाडाले सूचना सार्वजानिक गरेको छ ।  नगरपालिकाका इन्जीनियर समेत र वडा कार्यलय कर्मचारी सहित ८ जना कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्न लगिएको नगरपालिकाले जनाएको छ । नगर र वडाको ८ जना र अन्य २ जना गरी त्रियुगा नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका र ११ नं वडा कर्यालयको कर्मचारीहरु सहित ७४ जनाको स्वाव संकलन गरेका मध्य १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुको स्वाव विराटनगरको कोशि कोरोना अस्पतालको ल्यावमा मंगलबार पठाईएको थियो । बुधबार आएको रिपोर्टमा नगरपालिकाको इन्जिनियर सहित अन्य कर्म...
त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि

त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपष्टि,कार्तिक २० उदयपुरको त्रियुगा नगरपालिकामा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको र  ११ नं वडाका ८ कर्मचारी सहित अन्य थप २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ३२, ४६, ३३ र ३२ वर्षिया महिला रहेका छन् भने ५६, १६, ४५, ४१, २२ र २६ वर्षिय पुरुष रहेका छन् । त्रियुगा नगरपालिका कर्मचारी सहित ७४ जनाको स्वाब परीक्षण गरी मंगलबार कोशि कोरोना अस्पतालमा पठाइएको थियो । बुधबार आएको रिपोर्टमा १० जना संक्रमण पुष्टि देखिएको हो । संक्रमित हुनेमा प्रशासन, प्राविधिक इन्जिनियर, सामाजिक परिचालक देखि इलेक्ट्रिसियनसम्म रहेका छन् । यस्तै १६ वर्षिय बालक त्रियुगा नगरपालिका ११ का जनप्रतिनिधिका छोरा हुन् । भने ३२ वर्षिय महिला एनसिसी बैंकका कर्मचारी हुन् ।...
अतिसबाजीसहित ३ जना पक्राउ

अतिसबाजीसहित ३ जना पक्राउ

समाचार
बिराटनगर, कार्तिक १९ सुनसरीको ईटहरी उप–महानगरपालिका–८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटका सहित ३ जना पक्राउ परेका छन् । इटहरी उप–महानगरपालिका–११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया पक्राउ परेका हुन् । मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार–पसार तथा बिक्रिवितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटका बरामद गरेको प्रहरीले जनाएको छ । पटका सहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा गाँजासहित १ जना पक्राउ

उदयपुरमा गाँजासहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक १९ उदयपुरमा गाँजासहित एक जना पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–७ बाट गाँजासहित दिलबहादुर राई पक्राउ परेको हो । विशेष सुचनाको आधारमा प्रहरी चौकी नेपालटारबाट खटेका प्रहरी टोलीले विक्रि गर्दै गर्दाको अवस्थामा स्थानीय ६२ वर्षीय राईलाई चार सय २५ ग्राम गाँजा र १३ हजार सात सय नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा थप ३३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १९  नेपालमा आज थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको थियो । त्यस्तै गत २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३६ हजार ९ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै १ हजार ३ सय ५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।...
श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै घुस लिने २ जना पक्राउ

श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै घुस लिने २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक १९  काठमाण्डौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसरबाट श्रम स्वीकृति छिटो गरिदिने भन्दै घुस लिने दुई जना पक्राउ परेका छन् । श्रम स्वीकृति लिन कार्यालय पुगेका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै आठ हजार घुस लिदै गरेको अवस्थामा कार्यालयमा करारमा कार्यरत सवारी चालक समिर भन्ने धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरी पक्राउ परेका हुन् । दुवै जनाले काम छिटो गरिदिने भन्दै घुस मागेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाएको छ । रामानन्द चौधरीले सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस लिएर सवारी चालक धनबहादुरलाई दिएको अवस्थामा रकमसहित दुवैलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।...
नोबेल अस्पताल विराटनगरमा २  कोरोना संक्रमितको मृत्यु

नोबेल अस्पताल विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक १९  विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको आज बिहान नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताले जनाएको छ । झापाका ६४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताले जनाएको छ । उनी बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् । उनमा दमको पुरानै समस्या रहेका साथै श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै उनमा  कोरोना पुष्टि भएको थियो । अस्पतालका अनुसार उनीमा दमको पुरानै समस्या रहेको साथै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार भर्ना भएकी थियो । सोही दिन उनमा कोरोना पुष्टि भएको थियो । उक्त वृद्धाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।...
निर्वाचन जितेको ट्रम्पको दावी

निर्वाचन जितेको ट्रम्पको दावी

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक १९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सकिएको निर्वाचन आफूले जितिसकेको दाबी गरेका छन् । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले निर्वाचन जितिसकेको दाबी गरेका हुन् । धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको तर आफूले त्यस्तो हुन नदिने ट्रम्पले बताएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । आफूहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला नै चाल पाइसकेकाले उनीहरु यो मुद्दा अदालतमा लैजाने प्रयासमा रहेको आरोप लगाए जनाईएको छ । नर्थ क्यारोलिनामा आफूले जित हासिल गरिसकेको भन्दै ट्रम्पले आफ्नो जित घोषणा गर्नुपर्ने माग गरेका छन् । ‘यो एक धोका हो, यो लज्जास्पद छ । हामीले चुनाव जितेका छौँ । हाम्रो लक्ष्य यसलाई लागू गर्नु हो । हामी अमेरिकाको सर्वोच्च अदालतमा जान्छौँ । मतदान सकिएपछि पनि भोट हाल्न दिन सकिँदैन ।’ ट्रम्पले भनेको समाचारमा उल्ल...
मर्दी र माछापुच्छ्रे पदयात्राका लागी पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य

मर्दी र माछापुच्छ्रे पदयात्राका लागी पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य

पर्यटन, समाचार
पूर्णपुष्टि, कात्तिक १९ कास्कीको मार्दी र माछापुच्छे पद मार्गमा यात्रा गर्न पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । दशैँ सकिए लगतै पद मार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको हो । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेको हो । माछापुुच्छ्रे गाउँपालिका–७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्ने निर्णय गरिएको माछापुच्छ्रे मोडल ट्रेक व्यवस्था...