Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषधसहित १ बालक पक्राउ

लागुऔषधसहित १ बालक पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २१ महोत्तरीमा लागुऔषधसहित एक जना बालक पक्राउ परेको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेका १४ वर्षीय बालकलाई सम्सी गाउँपालिका–६ स्थित बजारबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका बालक गौशाला नगरपालिका–१ को रहेको प्रहरीले जनाएको छ । उनको साथबाट नाइट्रोभेट ट्याब्लेट १० लेखिएको ३० थान, स्पास्मो प्रोक्सोभोन प्लस १६ थान र कोरेक्स १ सय एमएलको ४ बोतल फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका बालकविरुद्व लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
पत्रकार बर्माको निधन

पत्रकार बर्माको निधन

समाचार
पूर्णपुष्टि, कात्तिक २१ धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचारको क्रममा ७९ वर्षका पत्रकार वर्माको निधन भएको हो । उहाँ उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । उहाँ केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो । गोरखा पुर्ख्यौली थलो भएर धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।...
आज सुनको भाउ १ हजारले बढ्यो

आज सुनको भाउ १ हजारले बढ्यो

आर्थिक, समाचार
पुर्णपुष्टि, कात्तिक २१ आज सुनको भाउ तोलाको एक हजार रुपैयाँले बढेको छ । सुन बढेर तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...
झापामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

झापामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २१ झापामा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सबैभन्दा बढी ५ सय ५८ जना कोरोना संक्रमति दमकमा रहेको छन् भने २० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।  ३० हजार ४ सय ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा र् २ हजार ३ सय ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ । तीमध्ये निको भएर १ हजार ४ सय ४२ जना घर फर्किसकेको कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाका भद्रपुर नगरपालिकामा २ सय ९२, मेचीनगरमा २ सय ७८, विर्तामोडमा ३ सय ८७, कनकाईमा १ सय ४१, अर्जुनधारामा ८४, गौरादहमा १ सय ३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १ सय ४८, कमलमा १ सय ५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ जना कोरोना संक्रम...
विराटनगरमा कोरोनाबाट थप २ महिलाको मृत्यु

विराटनगरमा कोरोनाबाट थप २ महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २१ विराटनगरमा कोरोना संक्रमित थप २ महिलाको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया र धनकुटा–४ की ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । विराटनगरकी ५१ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ८ बजे न्युरो अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । धनकुटाकी महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उपचार केन्द्रकाअनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या देखिएको उपचार अस्पतालले जनाएको छ ।...
आजको विनिमय दर

आजको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २१  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३ सय ७ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ६१ पैसा बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा पुगेको छ ।  त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ९० रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३ सय १४ रुपैयाँ ८६ पैसा र बिक्र...
कोरोना संक्रमणबाट १ वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट १ वडाध्यक्षको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २१ कोरोना संक्रमणबाट कैलालीका एक जना वडाध्यक्षको मृत्यु भएको छ । गौरीगंगा नगरपालिकाका–३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६३ वर्षको उमेरमा शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष शाह गत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।...
देशभर चिसो बढ्दै, यस वर्षको सवै भन्दा कम तापक्रम मापन

देशभर चिसो बढ्दै, यस वर्षको सवै भन्दा कम तापक्रम मापन

समाचार
पूर्णपुष्टि, कात्तिक २१  देशभर चिसो बढ्न थालेको छ । यस वर्षको चिसो सुरु भएपछि यस वर्षको सवै भन्दा कम तापक्रम काठमाण्डौमा मापन गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब देशभर चिसो बढ्दै जानेछ । बिहानपख हुस्सु लाग्ने क्रम पनि बढ्दै जाने महाशाखाले जनाएको छ । बादल लाग्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढ्ने भएकाले तुलनात्मक रुपमा केही न्यानो हुन्छ । तर बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ, जसले गर्दा चिसो बढी महशुस हुने जनाईएको छ । अहिले न्यूनतम तापक्रम घटेर चिसो भएको महाशाखाले जनाएको छ । पानी पर्यो भने जाडो अझै बढ्नेछ । तर तत्काल पानी पार्ने कुनै प्रणाली नभएकाले देशको पहाडी भेगमा हल्का बाहेक पानी पर्ने सम्भावना नरहेको जनाईएको छ ।...
नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक २१  सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अहिलेलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशको टुङ्गो नलागेसम्म यो प्रारुप कार्यान्वयन नगर्न आदेश दिएको हो । अदातलको आदेशपछि यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ । यस प्रारुप कार्यान्वयन नगराउन भागवता अर्यालसमेतले पाठ्यक्रम विकास केन्द्र समेतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो । नेपालको संविधान अनुसार विद्यालय तहको शिक्षा पालिकाको एकल अधिकारको कार्यक्षेत्र भएको रिट निवेदनमा जिकिर गरिएको थियो । मुद्दाको सुनुवाइका लागि यही कात्तिक २६ गते पेशी तोकिएको छ । निवेदनकका तर्फबाट अधिवक्ताहरु लीलामणि पौडेल र माधवकुमार बस्नेतले बहस गर्नुभए...
अमेरिकाको राष्ट्रपतीय चुनावमा बाइडेनको अग्रता कायमै

अमेरिकाको राष्ट्रपतीय चुनावमा बाइडेनको अग्रता कायमै

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २१ अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको अग्रता कायमै रहेको छ । दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । जित नजिक पुग्नु भएका डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाउनु भएको छ । उहाँले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाउनु भएको थियो भने अहिले बाइडेनले ७ करोड २७ लाखभन्दा बढी मत पाउनु भएको छ । केही राज्यमा मत गणना भैरहेको छ । फाइनल नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ । राष्ट्रपतिका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि हुनुहुन्छ । पछिल्लो ...