Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

सुविधासहित पर्यटक बस सेवा सुरु

सुविधासहित पर्यटक बस सेवा सुरु

समाचार
पूर्णपुष्टि, कात्तिक २२ कोरोनाको बढ्दो संक्रमणको विचमा आजदेखि देशदर्शन बस सेवा प्रा.लि.ले पर्यटक बससेवा सुरु गरेको छ । देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यल सेवा सूचारु गरेको हो । देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सूचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा)ले जनाएको छ । काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–विरगञ्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने जनाईएको छ । कोरोना संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।...
चोक–चोकमा ट्राफिक गीत गाउँदै डमी

चोक–चोकमा ट्राफिक गीत गाउँदै डमी

समाचार
पूर्णपुष्टि, कात्तिक २२ ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ । प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ । गत भदौ १६ देखि महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा उपत्यकाका ४५ स्थानमा डमी ट्राफिक राखेको छ । डमी ट्राफिक सफल भएपछि सांगीतिक अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।...
भालुको आक्रमणबाट १ जना बालक घाइते

भालुको आक्रमणबाट १ जना बालक घाइते

समाचार
पूर्णपुष्टि, कात्तिक २२ डोटीमा भालुको आक्रमणबाट एक जना बालक घाईते भएको छ । दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोलका ९ वर्षीय टेकबहादुर पार्की घाइते भएको हो । घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको जनाईएको छ । पाकरीमा भालुले बर्सेनि आक्रमण गर्ने गरेको छ ।...
निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम मिति तोकियो

निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम मिति तोकियो

समाचार
पूर्णपुष्टि, कात्तिक २२  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समय तोकेको छ । हिजो बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस सम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार अहिलेसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिइसक्नु पर्नेछ । त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित पालिकामा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित पालिकामा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । कार्यावधि नै सकिन लागेकाले यो नै अन्तिम समयसीमा हुने प्राधिकरण...
करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

समाचार
मोरङ, कार्तिक २२ मोरङका छुट्टाछुट्टै दुई ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो पौने ३ बजेको समयमा उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगि उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी पथरीशनिश्चरे–८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी–८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ । हिजो बेलुका ६ बजेको समयमा पथरीशनिश्चरे–८ का राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरीमा उपचारको क्रममा बेलुका साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।...
कोरोनाबाट धरानमा थप १ महिलाको मृत्यु

कोरोनाबाट धरानमा थप १ महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २२ कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।...
देशभरको न्यूनतम तापक्रम ओरालो लाग्दै

देशभरको न्यूनतम तापक्रम ओरालो लाग्दै

समाचार
पूर्णपुष्टि, कात्तिक २२ देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको थियो । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । हिजो जिरीको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, जोमसोमको ३ डिग्री सेल्सियस, ताप्लेजुङको ११,  दिपायलको ९.८ डिग्री सेल्सियस र डडेल्धुराको तापक्रम ९.५ डिग्री सेल्सियसमा झरेको थियो । आज पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम ...
अमेरिकाको जर्जियामा फेरि मतगणना हुने

अमेरिकाको जर्जियामा फेरि मतगणना हुने

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २२  अमेरिकी राष्ट्रपति चुनावको जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरि मतगणना हुने घोषणा गर्नुभएको हो । जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक हजारभन्दा कम मतको अग्रता कायम गर्नुभएको छ । झिनो मतान्तरले निर्णय भएका ठाउँमा फेरि मतगणना हुने गरेको छ । जर्जियाको कानुनअनुसार कुल मतको ०.५ प्रतिशतभन्दा कम अन्तरले निर्णय भएमा हार्ने उम्मेदवारले फेरि मतगणना माग गर्न पाउँछ । त्यस्तो माग नतिजा सार्वजनिक भएको दुई दिनभित्र गर्नुपर्ने हुन्छ । जर्जियामा अझै मतगना चलिरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो मत परिणामअनुसार मतगणना भइरहेका पाँच मध्ये चार राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले मतान्तर बढाउँदै लैजानुभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । बाईडेन नेभाडामा २१ हजा...
एकै दिन ४५०० जना कोरोना मुक्त

एकै दिन ४५०० जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २१ नेपालमा आज थप ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको सख्ंया १ लाख ५२ हजार ९ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार २ सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्य हुनेको सङ्ख्या १ हजार ७० पुगेको छ ।...
नेपालमा थप २९०९ जनामा सङ्क्रमण पुष्टि

नेपालमा थप २९०९ जनामा सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २१ नेपालमा आज थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ । अब नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार २ सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्य हुनेको सङ्ख्या १ हजार ७० पुगेको छ ।...