Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु

स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २३ रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१ मा स्कुटर सिक्ने क्रममा दुर्घटना भई आईतबार सह–प्राध्यापकको मृत्यु भएको छ । लुम्बिनी ट्राफिक प्रहरीका अनुसार स्कुटर दुर्घट्नामा मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ का अन्दाजी ५० वर्षीय डा. शिव पौडेल रहेका छन् ।  नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका  पौडेललाई मणिग्रामस्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २३  आज सनुको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि ढाकामा प्रशिक्षण सुरु गर्ने

नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि ढाकामा प्रशिक्षण सुरु गर्ने

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक २३  बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्वीकृति पाएको छ । नेपालले आज शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ । नेपाली फुटबल टिमले आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म प्रशिक्षण गर्नेछ । यो मैत्रीपूर्ण खेलका लागि नेपालबाट २५ खेलाडीसहित ३६ जनाको टोली ढाका पुगेको छ । ढाका पुगेको तीन दिनमा नै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो । प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि दुई दिनको आइसोलेशनमा समय बिताएको थियो । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल नोभेम्बर १३ अर्थात् कात्तिक २८ तथा दोस्रो न...
निरन्तर तापक्रम घट्दै, चिसो बढ्दै

निरन्तर तापक्रम घट्दै, चिसो बढ्दै

समाचार
पूर्णपुष्टि, कात्तिक २३  केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएपछि चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । अस्ति शुक्रबार १०.४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति आकाशमा बादल नलागेकाले न्यूनतम तापक्रम घटेको महाशाखाले जनाएको छ । आज प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ । तर चर्को घाम भने लाग्ने छैन । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने महाशाखाले जनाएको छ ।...
उदयपुरमा सेनासहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा सेनासहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ नेपाली सेनाको रण शार्दुल गण बोक्से उदयपुरका ५ जना सेनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३७, ३६, ३४, ३१, २४, २८, २३, ५४ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमितहरु मध्ये ५ जना नेपाल आर्मी हुन, एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुई जना कटारी नगरपालिकाका सर्वसाधारण रहेको जनाईएको छ ।...
राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरण परिमार्जन

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरण परिमार्जन

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक २३  नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो । नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई हिजो बसेको क्यानको भर्चुअल बैठकले पारित गरेको हो । बलर सोमपाल कामी ’ए’ श्रेणीमा परेका छन् । यसअघि उनी ’बी’ श्रेणीमा परेका थिए । त्यस्तै सी मा रहेका अविनास बोहरालाई ’बी’ मा राखिएको छ । यसअघि सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ’बी’ र सन्दीप जोहरालाई ’सी’ मा राखिएको छ । महिलातर्फ सरस्वती चौधरीलाई ’बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ’सी’ श्रेणीमा राखिएको छ । यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले...
अमेरिकी राष्ट्रपतीमा जो बाइडेन

अमेरिकी राष्ट्रपतीमा जो बाइडेन

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २३ संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा जित हात परेको हो । योसँगै भारतीय मूलकी कमला हसन अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २ सय ७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बन्नुभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै जो बाइडेनले २ सय ७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको जनाईएको छ । बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २ सय १४ इलेक्टोरल भोट परेका छन् । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभे...
कमल दाहाल निर्देशित बजारमा धनले कसलाई पुग्छ र सार्वजानिक

कमल दाहाल निर्देशित बजारमा धनले कसलाई पुग्छ र सार्वजानिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक २२ कलाकार, गायक, गीतकार, निर्देशक कमल दाहालको निर्देशनमा नविनतम गीत ‘धनले कसलाई पुग्छ र ।।। ’ हालै ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । हरिहर तिमल्सिनाको शब्दमा राजु सिंहले भरेकोे संगीतमा उत्कर्ष दाहालले सुमधुर आवाज भरेका छन् । दाहाल निर्देशित  ‘धनले कसलाई पुग्छ र ।।। ’ बोलको भिडियो युवापुस्तालाई स्वाभिमानी बन्न प्रेरित गर्ने खालको रहेको छ । युवापुस्तालाई सन्देश दिने भावको भिडियोले आम नेपाली संगीतप्रेमीको मन जित्ने दाबी निर्माण पक्षको रहेको छ । जीवनमा जस्तो सुकै अवस्था आए पनि आफ्नो स्वाभिमान त्याग्नु हुन्न, आखिर धनले कसलाई पो पुग्छ र भन्ने भाव बोकेको दाहालको निर्देशनमा निर्माण भएको गीतको भिडियो ‘धनले कसलाई पुग्छ र ।।। ’ सार्वजनिक भएसँगै चर्चाको शिखरमा पुगेको छ । भिडियोको पोष्ट प्रोडक्सन भने ड्रिम भिजन इन्टरनेसनल मिडिया प्रा।लि।ले गरेको छ । चर्चित निर्देशक...
घुस लिएको आरोपमा २ जना इन्जिनियर पक्राउ

घुस लिएको आरोपमा २ जना इन्जिनियर पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २२ नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत दुई जना इन्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन् । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा नगरपालिकामा कार्यरत ईन्जिनियर पर्वत पौडेल र उनलाई सहयोग पुर्याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बट्टार बजारबाट पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारमा रहेको एक होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ । सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार रुपैयाँ बरामद भएको जनाईएको छ ।...
नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २२  नेपालमा आज थप दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।...