Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

काराबाखको १ सहर आफूले कब्जा गरेको अजरबैजानको दाबी

काराबाखको १ सहर आफूले कब्जा गरेको अजरबैजानको दाबी

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २४  अजरबैजानले विवादित नागोर्नो–काराबाखको एक सहर कब्जा गरेको दाबी गरेको छ । अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो–काराबाखको शुशा सहर आफ्नो कब्जामा लिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । अर्मेनियाको भाषामा यो सहरलाई शुशी भन्ने गरिन्छ । अर्मेनियाले भने अजरबैजानको यो दाबीलाई अस्वीकार गर्दै लडाइ अझै जारी भएको जनाएको छ । विवादित नागोर्नो काराबाख ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पहाडी इलाका हो । जुन सोभियत सङ्घ विघटन हुनुभन्दा पहिला स्वायत्त क्षेत्र बनेको थियो । पहिला यसलाई अजरबैजानका हिस्सा मानिन्थ्यो । तर अर्मेनिया र अजरबैजान दुवैले यसलाई आफ्नो क्षेत्र दाबी गर्ने गरेको जनाईएको छ । यो क्षेत्रमा इसाई अर्मेनीयाली र तुर्क मुसलमानको बसोबास रहेको छ । विवादित यो क्षेत्रलाई लिएर अजरबैजान र अर्मेनियाबीच लामो समयदेखि मतभेद हुँदै आएको छ । सन् १९९० दश...
भाइटीकाको उत्तम साइत ११ः३७ बजे

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

समाचार
पूर्णपुष्टि, कात्तिक २४  यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र  सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।...
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ करोड नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ करोड नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघेको छ । दुई सय १६ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म पाँच करोड तीन लाख ५० हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । सङ्क्रमितमध्ये १२ लाख ५७ हजार चार सय भन्दा धेरैको मृत्यु भईसकेको छ भने तीन करोड ५६ लाख भन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले एक करोड ३४ लाख ९१ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा एक करोड एक लाख ८५ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा दुई लाख ४३ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ भने ६४ लाख ४२ हजार भन्दा धेरै निको भएका छन् । विश्वका नौ वटा देशमा १० लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । प्रभावितहरुको दोस्रो सूचीमा रहेको भारतमा ८५ लाख सात हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा...
नेपालमा थप २८१२ जना कोरोना संक्रमण मुक्त

नेपालमा थप २८१२ जना कोरोना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ नेपालमा थप दुई हजार आठ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्ंया एक लाख ९४ हजार चार सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।...
नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ नेपालमा आज थप दुई हजार आठ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्ंया एक लाख ९४ हजार चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।...
दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

समाचार
पूर्णपुष्टि, कात्तिक २३ आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२.४९ अंकले बढेर १ हजार ६ सय ४८.५८ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साढे ३ अर्ब बढी रकमको कारोबार भएको छ । दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ ।...
हतियार देखाएर जुवा खालबाट पैसा लुट्ने ३ जना पक्राउ

हतियार देखाएर जुवा खालबाट पैसा लुट्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २३  कञ्चनपुरमा हतियार देखाएर जुवा खालबाट रकम लुट्ने तीन जना पक्राउ परेका छन् । बुधबार बिहान खेतमा जुवा खेलिरहेका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर तीन लाख ९५ हजार रुपैयाँ लुट्ने तीन जना पक्राउ परेको हो । वेदकोट नगरपालिका–१ पिपलथलाका केदार विष्ट, २ नम्बर वडाका वसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका–५ का २६ वर्षीय दीपक भट्ट पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले बुधबार बेलुका एक थान सेमी अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सात/आठ जनाको समूहमा आएका व्यक्तिहरुले वेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेका व्यक्तिहरुबाट तीन लाख ९५ हजार नगद र तीन थान मोबाइल लुटेर फरार भएका थिए । रकम लुटिएको सूचनापछि घटनाको अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय र अस्थायी प्...
झापामा कोरोनाबाट थप २ जनाको मृत्यु

झापामा कोरोनाबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २३ झापामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–५ का ६२ बर्षीय पुरुष र अर्जुन धारा नगरपालिका–६ की ८१ वर्षीया महिलाको आईतबार मृत्यु भएको हो । ६२ बर्षीय पुरुष पूर्व गाविस सचिव तथा नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष हुन् । मृत पुरुषको कार्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब पठाएको वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । उनको रिर्पोट आज बिहान मात्र पोजेटिभ आएको हो । त्यस्तै ८१ वर्षीया वृद्धामा रुघा र ज्वोरो बढ्दै गएपछि विराट मेडिकल कलेज विराटनगरमा भर्ना भएकी उनको पीसीआर परीक्षणको रिर्पोट हिजो पोजिटिभ आएको थियो । नेपाली सेनाको टोलीले नै दुबैको शव व्यावस्थापन गर्ने भएको छ ।...
महासंघको बन्दमा सार्वजनिक बस संचालन

महासंघको बन्दमा सार्वजनिक बस संचालन

समाचार
पूर्णपुष्टि, कात्तिक २३ प्रदेश १ मा आहृवान गरिएको सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले उल्लङघन गरको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दमा व्यवसायीले यातायात सञ्चालन गरेको हो । प्रदेश सरकारसँग राहत माग गर्दै आजदेखि महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा नेपाल यातायात व्यवसायी महासंघले सहमति जनाएको थिएन् । आज निर्वाधरुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् । लामो समयको बन्दपछि खुलेको सार्वजनिक यातायात बन्द गर्नुपर्ने अवस्था नरहेको नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ । बन्दका बारेमा महासंघलाई कुनै जानकारी नभएको जनाएको छ । लामो सयमसम्म बन्दपछि बल्ल खुलेको सवारी साधन बन्दका नाममा जनतालाई दुःख दिन नमिल्ने जनाएको छ । प्रदेश सरकारले राहत नदिएको विरोधमा सार्वजनिक यातायात केन्द्रीय महासं...
डोल्पाको केहि विद्यालयद्धारा वार्षिक परीक्षाफल सार्वजनिक

डोल्पाको केहि विद्यालयद्धारा वार्षिक परीक्षाफल सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक २३  उपल्लो डोल्पाको केही विद्यालयले बार्षीक परीक्षा सकेर नतिजा सार्वजनिक गरेको छ । उपल्लो डोल्पाको तीन मध्ये दुई वटा पालिकाका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सार्वजनिक गरेको हो । डोल्पोबुद्धका वडा नम्बर २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत बाल विकास केन्द्र र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् । वडा नम्बर ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ । गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ । अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन वटा पालिकाका सबै विद्यालयमा फागुनमा शैक्षिक सत्र शुरु भएर कात्तिकमा सकिने गरेको छ । नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको छ । यो...