Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

आफ्नै विजुली उपयोग गरेर मल कारखाना खोल्न सकिने

आफ्नै विजुली उपयोग गरेर मल कारखाना खोल्न सकिने

समाचार
पूर्णपुष्टि, कात्तिक २४ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशी बिजुली उपयोग गरेर नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने निष्कर्ष निकालेको छ । मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको अध्ययन कार्यदलले कृषिमन्त्री घनश्याम भूसाललाई बुझाएको प्रतिवेदनमा निष्कर्ष निकालिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९८४ र लगानी बोर्डले २०१६ मा गरेको अध्ययनलाई समयनुकुल परिमार्जन गरेर अघि बढे रसायनिक मल कारखाना खोल्न सकिने कार्यदलको सुझाब छ । बायोमास ग्यासिफिकेसन र जलविदुतको हाइब्रिड प्रविधिबाट नेपालमा रासायनिक मल उद्योग सञ्चालन गर्न सकिने सुझाव प्रतिवेदनमा छ । नेपालमा जलविद्युत उत्पादन बढ्ने अवस्थामा उक्त प्रविधिबाट मल उद्योग चलाउने सकिने प्रतिवेदनमा उल्लेख छ । प्रविधि छनोटका लागि भने थप अध्ययन चाहिने कार्यदलले सिफारिस गरेको छ । कतिपय देशले रासायनिक म...
पछिल्लो ४ महिनामा सबैभन्दा बढी चिनबाट वैदेशिक लगानी

पछिल्लो ४ महिनामा सबैभन्दा बढी चिनबाट वैदेशिक लगानी

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २४ चालु आर्थिक वर्षको चार महिनामा चीनले नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जानाएको छ । यस अवधिमा चीनले नेपालमा १ सय ३२ अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र एकदमै प्रभावित भए पनि यस अवधिमा सबैभन्दा बढी एफडीआई प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ । केही वर्षयता निरन्तररुपमा चीन नेपालमा प्रत्यक्ष लगानी गर्ने पहिलो मुलुक बन्दै आएको छ । पर्यटन क्षेत्रमा चीनले ८९ मिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता गरेको संचारमाध्यलहरुले जनाएका छन् । जुन चीनले नेपालमा प्रतिवद्धता गरेको एफडीआइएको ६६ प्रतिशत हुन आउँछ । यस अवधिमा ब्रिटिश भर्जिन आइल्याण्ड, भारत, ब्रिटेन र मेक्सीकोले पनि लगानीको प्रतिवद्धता गरेका छन् ।...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

समाचार
पूर्णपुष्टि, कात्तिक २४  नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल विद्युत प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २४  आज सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ९८ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबारदेखि निरन्तर सुनको भाउ बढिरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजोको तुलनामा चाँदी तोलाको १० रुपैयाँ बढेर आज १२ सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।...
सिन्धुलीगढी विजयोत्सव मनाइँदै

सिन्धुलीगढी विजयोत्सव मनाइँदै

समाचार
पूर्णपुष्टि, कात्तिक २४  सिन्धुलीको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने नगरले जनाएको छ । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने भएको छ । यसअवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको जनाईएको छ । नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने छ । ने...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
झापा, कार्तिक २४  झापाको मेचीनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट लागुऔषध ब्राउनसगुरसहित कुमार विक पक्राउ परेको हो । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर–१४ का ३० बर्षीय विकलाई ३ ग्राम ब्राउसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिकमाथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।...
स्कुटर दुर्घटनामा २ जना घाईते

स्कुटर दुर्घटनामा २ जना घाईते

समाचार
पूर्णपुष्टि, कात्तिक २४ उदयपुरको गाईघाटमा स्कुटर दुर्घटना हुदा दुई जना घाईते भएका छन् । त्रियुगा नगरपालिका–१० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक स्कुटर दुर्घटना हुदा दुई जना घाईते भएका हुन् । राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर विहान करिब ७ बजे दुर्घटना हुँदा त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १३ वर्षिय युनिक बुढाथोकी र १९ वर्षिय प्रिया बुढाथोकी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कुकुरलाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रियाको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पछि थप उपचारको लागी विराटनगर रेफर गरिएको छ भने युनिकको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
चिसोमा हिटर कोइला र दाउरा बाल्न नहुने

चिसोमा हिटर कोइला र दाउरा बाल्न नहुने

समाचार
पूर्णपुष्टि, कात्तिक २४  चिसो मौसममा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । चिसोमा बालबालिकामा विशेषगरी, निमोनिया, रुघाखोकी, सिजनल फ्लू, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन काठमाण्डौ मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागले जनाएको छ । जाडो समयमा रोगप्रतिरोधात्मक क्षमता समेत कम हुन्छ । त्यसैले बालबालिकालाई तातो लुगा लगाइदिने, सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ । चिसो मौसममा फल्ने सुन्तला, जुनारलगायतका फलफूल पनि थोरै मात्रामा खुवाउनु राम्रो हुन्छ । यस्ता फलफूलले उनीहरुको छाला सुख्खा हुन पाउँदैन ।  चिसो भयो भनेर बालबालिकालाई लामो समयसम्म कोठाभित्र हिटर, कोइला वा दाउरा बाल्न नहुने जनाएको छ । लामो समय कोठामा दाउरा, कोइला तथा हिटर बालेर राख्दा अक्सिजनको कमी भएर स्...
देशभर चिसो बढ्दै

देशभर चिसो बढ्दै

समाचार
पूर्णपुष्टि, कात्तिक २४ देशभरको तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको छ । आज बिहान पनि काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८.७ डिग्री सेल्सियससम्म झरेको थियो । केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो । न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि काठमाण्डौमा भने २/३ वर्षको तुलनामा यो वर्ष छिट्टै जाडो महशुस भएको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष आजको दिन काठमाण्डौको  न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८.६ डिग्री सेल्सियस मापन ग...
आज नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आज नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २४  नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ । त्यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ । बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको छ । यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही कात्तिक १७ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।...