Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

समाचार
  सुनसरी र मोरङको दुई स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बिहिवार अपरान्ह ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान(१० बाट स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान(११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजहरुको घर कोठामा नै लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निजहरुको घर कोठाबाट म्क्ष्ब्ीभ्ह्(म्ऋ ज्ञण्ण् m िलेखिएको ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका(१ बाट सोही गाउँपालिका(३ का २० बर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले नाईट्राभेट ५००...
ब्राउनसुगर सहित २ जना पक्राउ

ब्राउनसुगर सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, मंसिर १९ गते । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहिवार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका(६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको हो । यसैगरी अर्जुनधारा नगरपालिका(९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका(२ का २२ बर्षीय प्रिन्स खनाललाई पनि प्रहरीले गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।  ...
चार बम विष्फाेट भएकाे ठाउँमा थप दुई बम डिस्पोज

चार बम विष्फाेट भएकाे ठाउँमा थप दुई बम डिस्पोज

समाचार
पूर्णपुष्टि, मंसिर १९ । उदयपुरको कटारी ८ भान्टाबारी स्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा गएराती चारवट बम विष्फोट भई क्षती पुगेकोमा थप दुईओटा बम डिस्पोज गरिएको छ । सुरक्षा स्रोतका अनुसार घटनास्थलमा भेटिएका थप दुईओटा बम नेपाली सेनाले डिस्पोज गरेको हो । रणसार्दुल गणबाट खटिएको डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो । दुईओटा बम मध्ये एकओटा बोतलबम र अर्को गिलास बम रहेको जनाइएको छ । अज्ञात समुहले बम विस्फोट तथा आगजनीसमेत गराउदा एउटा मोटरसाईकल पूर्णरुपले जलेर नष्ट भएको छ भने एक स्काईभेटरमा क्षती छ । राती भागदौडमा पाँचजना घाइते भएकोमा उनीहरुको कटारी अस्पतालमा उपचार भएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा कडाइ पार्नुका साथै विस्फोट गराउने समुहको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घटनाकाे जिम्मेवारी कसैले लिएकाे छैन र कारण खुल्न सकेकाे छैन ।...
लिम्चुङबुङमा प्रहरी भवन सिल्यान्यास

लिम्चुङबुङमा प्रहरी भवन सिल्यान्यास

समाचार
पूणर्पुष्टि, मंसिर १९ लिम्चुङबुङमा शुक्रबार इलाका प्रहरी भवन सिल्यान्यास भएको छ । भवन सिल्यान्यास जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम वहादुर दाहालले गर्नुभयो । भवन १ करोड ७१ लाखको लागतमा निर्माण सम्पन्न हुने जनाएको छ । भवन गाइघाटको भुश्राम्छा कन्स्ट्रक्सनले निर्माण गर्ने भएको छ । लिम्चुङबुङमा इलाका कार्यालय भएपनि भाडाको घरमा रहेको अवस्थामा अब आफ्नै प्रहरी भवन हुने एसपी दाहालले बताउनुभयो । अब बन्ने भवनले फिल्डमा खटिने प्रहरीलाई सहज हुने बताउँदै निर्माण कार्यलाई तत्काल र तिब्र बनाउने बताउनुभयो । भवन बन्ने भएपछि प्रहरीहरुलाई जनताको सुरक्षामा खटिन सहज वातावरण हुने  दाहालले बताउनुभयो । गाउँपालिकाको अध्यक्ष मेजर कुमार राईले प्रहरी भवन बन्ने भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले भवन बने सँगै जनताहरुको जिउधन सुरक्षामा प्रहरीलाई सरल हुने बताउनुभयो । उहाँले भवन बनेपछि दरबन्दी अनुसार जनशक...
उदयपुरमा धमाधम गाउँब्लक जग्गाको पुर्जा वितरण हुँदै

उदयपुरमा धमाधम गाउँब्लक जग्गाको पुर्जा वितरण हुँदै

समाचार
 पूणर्पुष्टि, मंसिर १९ शुक्रबार गाईघाटमा ७२ परिवारलाई गाउँब्लक जग्गाको पुर्जा वितरण गरिएको छ । लामो समको संघर्ष पश्चात जग्गाको पुर्जा वितरण गरिएको हो । २८ साल देखि बसोवास गर्दै आएको स्थानीयहरुको पुर्जा विहिन जग्गालाई पुर्जा दिलाएको भुमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताउनुभयो । राईले ६५ साल देखि गाउँब्लक जग्गाको लागि लड्दै आएको बताउनुभयो । पुर्जा पाएपछि स्थानीयहरु खुसि भएका छन् । बेवारीसे बसोबास व्यवस्थित भएको भन्दै उनिहरुले खुसि व्यक्त गरे । त्रियुगा नगरपालिका ५ देउरीका ७२ परिवारलाई पुर्जा वितरण गरिएको संयोजक राईले बताउनुभयो । १ नं नापी टोलीले पुर्जा वितरण कर्यक्रम गरिरहेको छ । हाल अहिले त्रियुगा नगरपालिका चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकामा पुर्जा वितरण हुने भएको छ । पुरोनो बसोवासको रुपमा रहेको गाउँब्लक जग्गाको पुर्जा दिलाउन धेरै संघर्षहरु भएका छन् । बिभिन्न स...
१३ नं. वडामा २ दिने तरकारि खेती तालिम सम्पन्न

१३ नं. वडामा २ दिने तरकारि खेती तालिम सम्पन्न

समाचार
पूर्णपुष्टि,मंसिर १९ त्रियुगा नगरपालिका वडा नं १३ को २  दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । जनजातिहरुलाई आयआर्जन तथा ब्यवसायीक तरकारी खेती सम्बधि २ दिने तालिम बुधबार र बिहिबार वडा कार्यलयमा गराइएको थियो । तालिममा वडका २५ जना सहभागी रहेको थियो । नगरपालिकाको सामाजिक विकास शाखाबाट जनजातिहरुलाई आयआर्जनको लागि व्यावसायीक मुखी बनाउने मुख्या उद्देश्यका साथ कार्याक्रमको आयोजना गरीएको वडा अध्यक्ष पशुपति चौधरीले जानकारी दिनुभयो । व्यवसायीक तरकारी खेती र आत्मानिर्भरमुखि कृषक उत्पादनका निम्ति २ दिने तालिमले ठुलो सहयोग पुराउने अध्यक्ष चौधरीले बताउनुभयो । तालिम सँगै वडाले कृषि सामाग्रीहरु समेत वितरण गरेको छ । कृषकहरुलाई बिउविजन र कृषिका लागि आवश्यक समाग्रीहरु वितरण गरिएको थियो ।...
भापाको प्लाई उद्योगमा आगजनी हुँदा ३० लाख भन्दा बढीको क्षती

भापाको प्लाई उद्योगमा आगजनी हुँदा ३० लाख भन्दा बढीको क्षती

समाचार
पूर्णपुष्टि,मंसिर १९ झापाको एक प्लाई उद्योगमा आगजनी हुँदा ३० लाख भन्दा बढीको क्षती भएको छ । बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित नमस्ते प्लाई उद्योगमा आगजनी भएको हो । शुक्रबार बिहान सवा ७ बजे विद्युत सर्ट भइ आगजनी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार आगजनी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनी, १ नं. प्रदेश विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी र सशस्त्र प्रहरी बेश क्याम्प, शनिश्चरेबाट संयुक्त टोली खटिएको थियो । स्थानीय होमप्रसाद घिमिरेको नमस्ते प्लाई उद्योगमा आगलागी हुँदा अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगो नियन्त्रणमा दमक, भद्रपुर र विर्तामोड नगरपालिकाको दमकल समेत खटिएको थियो । त्यसक्रममा ३ घन्टा बढीको प्रयासपछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।...
उदयपुरमा बम विस्फाेट, साैर्य सिमेन्ट उद्याेगलाई क्षती

उदयपुरमा बम विस्फाेट, साैर्य सिमेन्ट उद्याेगलाई क्षती

समाचार
पूर्णपुष्टि, मंसिर १९ । उदयपुरमा गएराती ४ वटा बम विस्फाेट भएकाे छ । अज्ञात समुहले कटारी नगरपालिकाकाे वडा नं. ८ भन्टाबारी स्थित साैर्य सिमेन्टकाे चुनढुङ्गा खानीमा बम विस्फाेट गराएकाे हाे । खानी क्षेत्रकाे एकै ठाउमा ४ वटा बम विस्फाेट गराएकाे हाे। मध्येराती एक्कासी ठुलाे अावाजमा बम विस्फाेटनकाे अावाज गाउलेहरुले सुनेका थिए । अातंकित हुदै भागदाैड चल्दा चारजना सर्वसाधारण सामान्य घाईते भएका छन् । घाइतेहुनेहरुमा कटारी नपा-७ का अन्दाजी २३ वर्षिय नवीन मगर, २४ वर्षिय बिस्णुबहादुर मगर, उदयपुरगढी गा.पा.-२ का २७ वर्षिय दुर्गाबहादुर तामाङ र मकवानपुर जिल्लाकाे भिमफेदि गापा.-९ का ३० वर्षिय सागर मोक्तान रहेका छन् । उनीहरु सबैकाे खुट्टामा सामान्य चाेट लागेकाे छ । घाईतेहरु उद्याेगकै कामदार रहेकाे बुझिएकाे छ । जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार बम विस्फाेटबाट भाैतिक क्षति छ, मानवीय क्षति भ...
गस्तीमा फेला परेको भरुवा बन्दुक पड्किएर वन रक्षकको मृत्यु

गस्तीमा फेला परेको भरुवा बन्दुक पड्किएर वन रक्षकको मृत्यु

समाचार
उदयपुर, मंसिर १८। भरुवा बन्दुक पड्किएर बुधबार राति उदयपुरमा एक वन रक्षकको मृत्यु भएको छ । सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरी दुहवी घर भएका ४० वार्षीय लेखनाथ वास्तोलको मृत्यु भएको हो ।  जंगल गस्तीमा फेला परेको भरुवा बन्दुक कार्यालय ल्याउने क्रममा पड्किएर वन रक्षक वास्तोलाको मृत्यु भएको वन डिभिजन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेलले जानकारी दिनुभयो ।  प्रमुख पौडेलका अनुसार गस्तीटोलीलाई देखेर सिकारीले छाडेको बन्दुक बारुद भरिएको अवस्थामा थियो । वनकै गाडीमा राखेर ल्याइएको बन्दुक राति पाउने १० ः ०० बजे कार्यालयभित्र लैजान गेट खोल्ने क्रममा पड्किएको र छर्राले लागेर बास्तोलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।  बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालल...
फरार प्रतिबादी १५ बर्ष पक्राउ

फरार प्रतिबादी १५ बर्ष पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर १७  मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ परेको छ । ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा–४ राजमार्गमा दुर्घटना भएको थियो । बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो । बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरी उनि माथि कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...