नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि
पूर्णपुष्टि, पुष १६
नेपालमा वितेको २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा थप १ सय ९६ महिला र ३ सय ३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९४ पुगेको छ ।
त्यसैगरी हिजो थप ४ सय ४७ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना निको हुनेको दर ९६.८ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ । । बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ
त्यसैगरी अहिले ३ सय ६२ जना क्वारेन्टिन र ६ हजार ३ सय ७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाए...








