उदयपुरका २ स्थानीय तहले उधौली र ल्होछारहको सार्वजानिक विदा दियो
पूर्णपुष्टि, पौष १५
पुष १५ गते पर्न गएको आदिवासी जनजातिहरुको बिभिन्न संस्कार संकृति र चाँडबाँडलाई मध्यनजर गर्दै उदयपुरका दुई स्थानीय तहले बुधबार सार्वजानिक विदा दिएका छन् ।
जिल्लाको चौदण्डीगढी नगरपालिका र लिम्चु«बुङ गाउँपालिकाले बुधबार सार्वजानिक विदा दिएका हुन् । मंगलबार नै एक सूचना प्रकाशित गर्दै किरात समुदायको उधौली, नेवार समुदायको योमरी पुन्ही, गुरुङको तमु ल्होसार, धान्य पूर्णे र ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिइएको हो ।
सूचनामा महान् पर्वको अवसरमा सबै वडा तथा विषयगत कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिइएको छ । साथै कोभिडको जोखिम अझै कायमै रहेकाले सुरक्षा सावधानी अपनाउँदै पर्व मनाउन गाउँ तथा नगरबासीलाई आग्रह गरिएको छ ।
यस अवसरमा इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले पर्वले पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न ...








