Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

उपचार पछि पनि मुकुनाले फेरी एक जनाको ज्यान लियो

उपचार पछि पनि मुकुनाले फेरी एक जनाको ज्यान लियो

समाचार
पूर्णपुष्टि, पौष १४ कोशी टप्पु बन्यजन्तुमा रहेका मुकुना भाले हात्तिले फेरी एक जनाको ज्यान लिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाहिर निस्केको मकुनाले अर्का स्थानीय बासिन्दाको ज्यान लिएको हो । मकुनाले कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २७ वर्षीय मोतीलाल कामतको सोमबार साँझतिर ज्यान लिएको थियो । कामतको शव भने मंगलबार बिहान सोही गाउँपालिकाको वडा ४ कोशीकटान क्षेत्रमा फेला परेका थियो । करिब २५ वर्ष उमेरको मकुना हिंस्रक र आक्रमक हुनुमा यौन ‘माद’ (हर्मोन) को मुख्य भूमिका रहेको निष्कर्ष निकाल्दै डार्ट विधि अपनाएर उपचार भइरहेको थियो । करिब दुईसातासम्म लगातार डार्ट विधिबाट पर्फेनाजिन र जोलाजिन औषधि दिइएको थियो । उक्त औषधिले हात्तीको शरीरमा माद उत्पादनमा कमी ल्याउने र शान्त पार्ने कोषका चिकित्सक डा. अमिर सडौलाले बताएका थिए । उनले मकुना शान्त हुन थालेको र नियन्त्रण उन्मुख रहेको बताएका थिए । यस...
उदयपुरमा प्रचण्ड र माधव समूहको बृहत बिरोध र्याली प्रदर्शन ( फोटो फिचर सहित )

उदयपुरमा प्रचण्ड र माधव समूहको बृहत बिरोध र्याली प्रदर्शन ( फोटो फिचर सहित )

समाचार
पूर्णपुष्टि, पौष १४ असंवैधानिक संसद विघटनको चर्को बिरोध गर्दै उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड – माधव समूहले बृहत बिरोध र्याली प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनअपेक्षा बिपरित संसद विघटन गरेको भन्दै यसलाई तत्काल ख्यारेज गर्न माग सहित मंगलबार गाईघाट बजारमा बिरोध र्याली गरेको हो । प्रधानमन्त्री ओलीको संसद विघटनको कदमले आम जनताहरुको संघर्षलाई प्रहार गरेको उपस्थित नेताहरुले बताएका छन् । आज नेपाली जनताहरुको संघर्षबाट पाएको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग गरेको समेत उनिहरुले बताए । हालै भईरहेको राजनितिक घटनालाई तत्काल सुधार गरी दिगो सरकार जनताहरुको हक अधिकार सेवा सुविधालाई निरन्तर दिन समेत पार्टीले आग्रह गरेको छ । प्रदर्शनमा केन्द्रिय सदस्यहरू सुरेश कुमार राई (हिमाल), जगन्नाथ खतिवडा, बलदेव चाैधरी। प्रदेश सांसद नारायण बुर्जा मगर, सुनीता...
जीपको ठक्करबाट दुईको मृत्यु

जीपको ठक्करबाट दुईको मृत्यु

समाचार
पूर्णपुष्टि,पुष १४  मोरङमा जीपको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुुसार दुर्घटनामा परेर चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको थियो भने पछाडी सवार  विक भने गम्भिर घाइते भएका थिए । गम्भिर घाईते भएका विकको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष १४ सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट सोमवार मृत्यु भएको हो । हिजो राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष १४ झापाको शिवसताक्षी नगरपालिका–१० मा आज बिहान राती १ बजे भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । केरावारी गाऊँपालिका–८ मोरङका ४६ बर्षीय पिकअपका चालक भोजराज आचार्यको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, आचार्यलाई  ठक्कर दिंदा उनी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
 पूर्णपुष्टि, पुष १४ आज सुनको भाउ घटेको छ । आज सुनको भाउ ८ सय रुपैयाँले घटेर तोलाको ९४ हजार १ सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आज चाँदी १३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।...
मन्त्री  साहद्वारा गरिब, दलित ६० परिवारलाई कम्बल बितरण

मन्त्री साहद्वारा गरिब, दलित ६० परिवारलाई कम्बल बितरण

समाचार
पूर्णपुष्टि, पुष १४ सप्तरीमा गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । तराईमा बढिरहेको शितलहरका कारण सबभन्दा बढी कष्ट झेल्नुपरेको दलित,बिपन्न परिवारका सदस्यलाई प्रदेश–२ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कम्बल बितरण गरेको हो । राजविराज स्थित मन्त्री साहको सम्पर्क कार्यालयमा सोमबार आयोजित एक कार्यक्रम बीच ६० जनालाई कम्बल वितरण गरिएको हो । साहले व्यक्तिगत रुपमा महदेवा गाउँपालिकाको ५ वटा वडाका गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल उपलब्ध गराएका हुन् । उक्त गापाको वडा नं.१,२,४,५ र ६ का बिपन्न परिवारका सदस्यलाई बितरण गरिएको हो । जनता समाजवादी पार्टीका महदेवा गाउँपालिका समितिका अध्यक्ष दिपनारायण यादवको समन्वयमा कम्बल वितरण गरिएको पार्टीका युवा नेता लक्ष्मण यादवले बताउनुभयो । उक्त कार्यक्रममा मन्त्री साहले जाडो एवम् शितलहरबाट जोगिनका...
नयाँ तरिका अपनाई उदयपुर भित्राईदैँ गरेको ठुलो मात्राको  लागुऔषाध सहित एक युवा पक्राउ

नयाँ तरिका अपनाई उदयपुर भित्राईदैँ गरेको ठुलो मात्राको लागुऔषाध सहित एक युवा पक्राउ

समाचार
पूणर्पुष्टि, पौष १४ उदयपुरमा लागुऔषाध कारोबारी र प्रयोगकर्ता तिब्र रुपमा बढेको छ । पछिल्लो समय कारोबारी र प्रयोगकर्ताहरुलाई प्रहरीले निगरानीका साथ पक्राउ पनि नगरेको होईन तर पनि यसको कारोबारी भने घट्नुका साटो झन बढ्दै गरेको पाईन्छ । पछिल्लो समय प्रहरीले कडाईका साथ लागुऔषाध कारोवारीलाई धमाधम पक्राउ गर्न थालेपछि जिल्लामा नयाँ नयाँ बिधिबाट लागुऔषाध भित्राउने क्रम बढेको छ । सोमबार त्रियुगा नगरपालिका ६ लालपत्ता बाट नयाँ तरिकाबाट उदयपुरमा लागुऔषाध भित्राउँदै गरेको एक युवालाई प्रहरीले पक्राउ गरेको छ । लालपत्ता प्रहरीले चेकजाँचको क्रममा सिरहा नवराजपुर नगरपालिका ७ भगवतिपुर तामासुइयाका २४ वर्षिय युवक पवन चौधरीलाई ठुलो परिणामको लागुऔषाध पेट भित्र लुकाएर ल्याउने अवस्थामा पक्राउ गरेको हो । प्रहरीले थाहा नपाउने भन्दै पेटको भागमा प्लाष्टिकको टेपले बेरि पेटी बनाएर ल्याउँदै गरेको अवस्थामा चौधरील...
सुखायु आयुर्वेद अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

सुखायु आयुर्वेद अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,पुष १३ सुखायु आयुर्वेद अस्पतालले सोमवार गाईघाटमा निः शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटि जिल्ला कार्य समिति उदयपुरको प्राविधिक सहयोगमा अस्पतालले आयोजना गरेको स्वास्थ्या शिविरमा १ सय जना भन्दा बढीले सेवा लिएका छन् । त्यसका साथै उक्त शिविरमा ३० जना व्यक्तिहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।...
लिमचुङबुङमा ५  नयाँ भवन बन्ने

लिमचुङबुङमा ५ नयाँ भवन बन्ने

समाचार
पूर्णपुष्टि,पुष १३ उदयपुर जिल्लाको विकट मानिएको लिमचुङबुङ गाउँपालिकामा स्वास्थ्य, शिक्षा र प्रशासनिक आदी बिभिन्न प्रयोजनका लागि यस बर्ष ५ नयाँ पक्की भवनहररु बन्ने भएको छ । पालिकाको पारित वार्षिक नीति तथा कार्यक्रम अनुसार स्वास्थ्यचौकी भवन विद्यालय भवन र वडा प्रशासनिक भवन बनाउन लागिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार वडा नं. १ को बाँसबोटेमा स्वास्थ्यचौकी भवन, वडा नं. ३ को बाराहा माविलाई दुईवटा विद्यालय भवन निर्माण गर्न लागिएको हो । त्यसैगरी वडा नं. ४ को बलम्ता माविलाई एउटा भवन र वडा नं. ५ को जाँतेमा वडा प्रशासनिक भवन बनाईने भएको छ । गाउँपालिकाले बाँसबोटे स्वास्थ्यचौकीका लागि ५५ लाख ३६ हजार १ सय ८० रुपैंया ९६ पैसाको लागत इस्टीमेट तयार गरेको छ, भने बाराहा माविको ४ कोठे भवनका लागि २५ लाख ८३ हजार ३ सय ८० रुपैंया ७१ पैसा र अर्को ८ कोठे भवनलाई...