Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषध कारोवारमा संलग्न १ महिला सहित ४ पक्राउ

लागुऔषध कारोवारमा संलग्न १ महिला सहित ४ पक्राउ

समाचार
पूर्णपुष्टि, पुष १३ लागुऔषधको कारोवारमा संलग्न सुनसरीको ईनरुवा नगरपालिका–३ शिवालय टोलबाट १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका–७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राई रहेका छन् । प्रहरीले उनिहरुको साथबाट लागुऔषध डाइलेक्स–डिसी १०० मि.लि. को ५३ बोतल, लागुऔषध नाइट्रोसन १६० ट्याब्लेट, डाइलेक्स–डिसीको बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोबाईल र प्रदेश १–०२–०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
अबैध औषधी कारोबारी मेडिकल हल सञ्चालक पक्राउ

अबैध औषधी कारोबारी मेडिकल हल सञ्चालक पक्राउ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १३ अनाधिकृत औषधि कारोबार गर्ने सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमलाई प्रहरीले पक्राउ गरेको हो । अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलील आलमलाई पक्राउ गरेको होे । प्रहरीले आलमको मेडिलक हलबाट डाइक्लोमाईन हाइड्रोेक्लोराईड ट्याबलेट आइपि डिकोलाइस; बट्टामा रहेको ७००० ट्याबलेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा ट्रामाडोल हाईड्रोेक्लोराईड क्याप्सुल टीपि ट्रमाडेक्स खुल्ला अबस्थामा रहेको ९८० ट्याबलेट बरामद गरेको छ । प्रहरीका अनुुसार अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको छ ।...
ट्र्याक्टरले किचेर चालकको मृत्यु

ट्र्याक्टरले किचेर चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, १३ पुष खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मा ट्र्याक्टरले किचेर चालकको मृत्यु भएको छ । सो दुर्घटनामा बागमती नगरपालिका–१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्र्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्र्याक्टरले किचेर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
उदयपुरमा नेकपा ओली समूहको जिल्ला संयोजकमा परमेश्वर घिमिरे र सचिवमा कुशलबाबु बस्नेत

उदयपुरमा नेकपा ओली समूहको जिल्ला संयोजकमा परमेश्वर घिमिरे र सचिवमा कुशलबाबु बस्नेत

समाचार
पूणर्पुष्टि, पौष १२  नेकपा ओली निकट केन्द्रिय सदस्यहरु सहित नयाँ जिल्ला संयोजक तोकिएका परमेश्वर घिमिरे र सचिव तोकिएका कुशलबाबु बस्नेतले एक बिज्ञाप्ती जारी गर्दै निर्वाचनमा जाने घोषणाको स्वागत गरेका छन् । एक पत्रकार सम्मेलनको आयोजना गरी बिज्ञप्ती जारी गरिएको हो । प्रम ओलीले गरेको संसद विघटनको कदम तथा आगामी २०७८ बैशाख १७ र २७ गते तोकेको आम निर्वाचनको स्वागत गरेको हो । उनिहरुले प्रधानमन्त्री र सरकारको बिरुद्धमा आह्वान भएका कुनै पनि आन्दोलनमा सहभागी नहुने र अरुलाई नहुन पनि अपिल गरेका छन् । जिल्लामा प्रम ओलीको कदम पछाडी नेकपा भित्र ओली तर्फ र प्रचण्ड - नेपाल समूह तर्फ को कसरी बस्ने भन्ने सन्दर्भमा चर्चा चलिरहेको अवस्थामा यस्तो बिज्ञप्ती आएको हो । पत्रकार सम्मेलन पश्चात नेकपा उदयपुरका कार्यालय सदस्य परमेश्वर घिमिरे, जिल्ला सदस्य कुशलबाबु बस्नेत ओली समूह तर्फ क्रमश जिल्ला संयोजक र सचि...
महिला हिंसा (कविता)

महिला हिंसा (कविता)

मनोरञ्जन, शिक्षा
  पार्वती कार्की, रौतामाई गाउँपालिका– ५  हामी सबै सचेत नागरिक बनौं महिला हिंसा बारे हामी सबैले जानौं यौन, लिङ्गभेद जस्तो केस रोकौं महिला माथि हुने विभेद व्यवहारलाई छेकौं महिला भनि कसैले नगर्नु विभेद महिला हिंसालाई गरौं सबैले खेद नारी पनि पुगी सके अन्तरिक्ष चुल्हो चौकामा मात्र नगरौं सरिक सासु ससुरा, देवर नन्द विभेदकारी व्यवहारलाई गरौं आजै बन्द महिला हिंसाको पात्र पुरुष मात्र हैन महिलाको पिडा बुझ्ने सबै महिला छैन त्यसैले हामी पुरुष महिला एक हौं समाजमा महिला हिंसा अन्त्य गरौं । (लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रौतामाई गाउँपालिका– ५ मा भएकोे वडा स्तरीय कविता प्रतियोगिताको उत्कृष्ट कविता)  ...
उदयपुरमा लागुऔषध सहित १ युवा पक्राउ

उदयपुरमा लागुऔषध सहित १ युवा पक्राउ

समाचार
पूर्णपुष्टि,पुष १२ उदयपुरको कटारी नगरपालिका–३ बाट लागुऔषध सहित एक जना युवा पक्राउ परेको छ । कटारी नगरपालिका–४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रमा लिएको थियो । खत्रीको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डि.सी. बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खत्रीका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।...
कक्षा १२ को परीक्षामा छुटेका विद्यार्थीहरुलाई पुष १६ देखि परीक्षा गराईने बोर्डको सूचना

कक्षा १२ को परीक्षामा छुटेका विद्यार्थीहरुलाई पुष १६ देखि परीक्षा गराईने बोर्डको सूचना

समाचार
पूर्णपुष्टि,पुष १२ कोरोना भाईरसका कारण बिभिन्न समस्यामा परि कक्षा १२ को परीक्षामा सहभागि हुन नसकेका छुट विद्यार्थीहरुलाई राष्ट्रिय परिक्षा बोर्डले पुष १६ देखि परीक्षा गराउने जनाएको छ । नोवेल कोरोना भाइरस कोभिड–१९ संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेहको हो । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको बोर्डको सूचनामा उल्लेख गरिएको छ  । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।...
भारतिय नक्कली नोट सहित २ जना पक्राउ

भारतिय नक्कली नोट सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि,पुष १२ मोरङको रंगेली–८ दर्बैसा स्थितबाट २ जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेको प्रहरीले जनाएको छ । बिआर ३८ एन् ०२५१ नम्बरको मोटरसाईकलमा सवार मण्डल र सिंहलाइ शुक्रबार बेलुका ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु माथि चेकजाँच गर्दा भारतिय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यसरी नक्कली भारतिय रुपैयाँ सहित पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...
पहिलेको भन्दा खतरनाक कोरोना भाईरसको नयाँ प्रकार विश्वभर फैलिन थाल्यो

पहिलेको भन्दा खतरनाक कोरोना भाईरसको नयाँ प्रकार विश्वभर फैलिन थाल्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पौष १२ बेलायत, नाईजेरिया लगाएतका देशमा देखा परेका पहिलेका भन्दा खतरनाक कोरोना भाईरस संसारका बिभिन्न देशहरुमा फैलिन थालेका छन् । ब्रिटिस वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको यो नयाँ प्रकार संसारले हाल सामना गर्दै आएको भाइरसभन्दा बढी संक्रामक भएको पत्ता लगाएका छन् । यो भाइरस यसअघि भेटिएको भाइरसभन्दा ५६ प्रतिशत संक्रामक भएको अनुमान गरिएको छ । जापान, स्पेन, फ्रान्स र क्यानडामा केही मानिसहरूमा पहिले भेटिएभन्दा धेरै संक्रमण जोखिम भएका कोरोना भाइरस फेला पारेको छ । यी मध्ये धेरै संक्रमित बेलायत यात्राबाट आएकाहरूसँग सम्बन्धित छन् । ब्रिटेनमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सोका कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ । नयाँ भाइरस आफ्नो मुलुकमा ब्रिटेनबाट भित्रिएको भन्दै फ्रान्सले बेलायतसँग सीमा जोडिएको इण्लिस च्यानलबाट ...
ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

समाचार
पूर्णपुष्टि,पुष १२ मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–१० का ५२ बर्षीय सन्त बहादुर आले मगरको ट्क्टरको ठक्करबाट मृत्यु भएको हो । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मगर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मगरको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका ४५ बर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।...